BizPati

  • आज : २०७५ चैत्र १० गते
    Headlines :

    गजल ८४

    राधा पाण्डेः गान्तोक सिक्किम भारतभाद्र ६, २०७५

     

    हेर्दै थिएँ बगैँचामा घुम्दै सुनाखरी
    हाँस्दै थिइन मेरो गजल सुन्दै सुनाखरी

    फुलिरहिन् आँगनीमा जुनेलीको राती
    पिरतिको जाली रुमाल बुन्दै सुनाखरी

    माया भन्नु कामनाको भेलजस्तो रै’छ
    सताइरह्यो भमराले चुम्दै सुनाखरी

    प्रकृतिको सुन्दरता सापटीमा लिई
    शिरमाथि सजाई रहुँ झुम्दै सुनाखरी

    वातावरण बिग्रिएर पहाड रुन लाग्यो
    प्रदुषणले अचेल छ गुम्दै सुनाखरी

    इति

    ४७६ पटक
    प्रतिकृया दिनुहोस्