BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ३ गते
    Headlines :
    Ad

    काले लाहुर गयो रे

    उत्तम शर्माः पाँचखाल, काभ्रे नेपालभाद्र ९, २०७५

    अनगिन्ति सपनाहरु
    मनभित्र बुन्दै
    त्यो पुरानो झोला
    पछाडि भिरेर
    आमाको माया र प्यारीको प्यार
    पोको पार्दै
    आमा बुवालाई ढोग्दै
    प्यारीलाई एकोहोरो हेर्दै
    भालेको डाकमा
    काले लाहुर गयो रे

    आमाको ममता अनि
    प्यारीको प्यारलाई गाँठो पार्दै
    केही समयकालागि
    थाती राखेर
    हजुरबाको पालामा लिएको
    अलिकति ऋण
    मुखियाको मुखमा
    बुझो लगाउनलाई
    आज मिर्मिरेमै
    काले लाहुर गयो रे

    भोलि लाहुरमा हुने पिडा
    उसलाई के थाहा ?
    बिमार हुँदा पनि आराम गर्न पाइन्न
    भन्ने के थाहा ?
    मिसेन बिग्रँदा तैले भन्दै
    सेलरी काट्छ भन्ने के थाहा ?
    एक् दिन नगए तीन दिनको पैसा
    काट्छ भन्ने के थाहा ?
    यी सबै कुरा थाहा नभएरै
    आज काले लाहुर गयो रे

    आमाको त्यो फाटेको चोली
    फेर्ने रहरले
    प्रियाको मन खुसीले
    भर्छु भन्ने हेतुले
    बाबाले अरुसँग हात थाप्न नपरोस्
    भन्ने चाहनाले
    इज्जतकासाथ
    समाज सेवा गर्ने उदेश्यले
    अब्बल सोच बनाउँदै
    काले लाहुर गयो रे

    हिँड्ने बेलामा
    उसले सानी छोरिको
    त्यो तोते बोलि सुन्दा
    आँखाभरि आँसु पार्दै
    भक्कानिएको मन सम्हाल्दै,
    पियारीका आँखामा आँसु देख्दा
    मन भारी बनाएर
    भुर्इंतिर हेर्द

    आमाले,
    बाबू परदेशमा समयमा खानु
    भोको नबस्नु ल !
    भन्दै गर्दा खसेका
    आँसुले बोल्न नसकेर
    बाबाका दृढ हेराइले केही गर्नु छ
    भन्ने शाहास लिएर
    आज सखारै
    काले लाहुर गयो रे

    इति

    १५० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad