BizPati

  • आज : २०७५ चैत्र १२ गते
    Headlines :

    गजल ८५

    कृतिशेष राकेश काफ्लेभाद्र १०, २०७५

    शाषकद्वारा देशका सपूत भुटिएको गजल हो यो
    बाबु सामु निर्दोष छोरी लुटिएको गजल हो यो

    दन्किदो त्यो ज्वालामा सल्किरहे दौराशुराल
    आवाज बन्दा भनी मुखै खुटिएको गजल हो यो

    पौरख गरी रातोदिन देश बनाउने देशभक्तलाई
    हतकडी लगाई कोदोझैं कुटिएको गजल हो यो

    यौन-पिपासु तानाशाहको भार थाम्न नसक्दा
    अकालमै सुत्केरी प्राण चुटिएको गजल हो यो

    सम्झिदा नि काहाली लाग्ने नब्बेको ज्वालामुखी
    जन्मभूमिबाटा सदासदा छुटिएको गजल हो यो

    इति

    ७५५ पटक
    प्रतिकृया दिनुहोस्