BizPati

आज : २०७५ कार्तिक २९ गते
Headlines :

गजल ८७

डिल्लीराम शर्मा अाचार्य, नर्वेभाद्र १२, २०७५

मैले धोका खाको छैन अरूलाई दिएँ होला
कहिले पोका लाको छैन मन दुख्ता पिएँ होला

अरू दिन्छन् अरूलाई यिनै आँखा सामू आई
देको धोका पाको छैन बरू मैले लिएँ होला

कता–कता अँधेरोमा एक्लै डुले जस्तो लाग्छ
कुनै झोँका आको छैन बास बस्ता थिएँ होला

सबै मर्छन् एकफेरा कुनै बाँच्छन् फेरिफेरि
फेरी पाको गाको छैन साथीसँग जीएँ होला

इति

३१८ पटक
प्रतिकृया दिनुहोस्