BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ३ गते
    Headlines :
    Ad

    कर तिर्ने प्रयोजनले मात्र व्यवसाय घाटामा देखाउनु भएन नि !

    संसार न्यूज संवाददाताभाद्र १४, २०७५

    व्यवसायी बाचेमा मात्र हामी बाच्ने हो । हामीले व्यवसायीलाई ऋण दिएका हुन्छौ त्यो ऋणको ब्याज र किस्ता तिरेपछि बैंकले नाफा कमाउने हो ।

    अहिले बैंकले अत्याधिक नाफा गरे भन्ने सुनिन्छ । सबैले बैंकले अर्ब नाफा कमाए भन्ने मात्र चर्चा गरेका छन् । २८ वटा वाणिज्य बैंकले कमाएको नाफा ५४ अर्ब रुपैयाँ हो । तर,यसमा कति लगानी भएको छ त्यो हेर्नुपर्छ ।

    बैंकको चुक्ता पूँजी मात्रै ८ खर्ब छ । रिजर्बपनि त्यस्तै छ । यस आधारमा औसतमा बैंकले लगानी गरे अनुसारको आधारमा गरेको रिर्टन भनेको १६ प्रतिशत हो । मेरो बैंकको कुरा गर्ने हो भने ९ प्रतिशत रिर्टन छ । २ अर्ब रुपैयाँ बैंक ८ अर्बको भएको छ । त्यो अनुसारको बैंकले नाफा गर्न सकेका छैनन् । १४÷१५ अर्ब लगानी गरेर २ अर्ब नाफा कमाउदा धेरै देख्न भएन नि

    यो पटक नेपाल राष्ट्र बैंकले प्याराडाइम सिफ्ट हुने गरेर मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले स्प्रेडलाई पनि साढे ४ प्रतिशतमा राख्नुपर्ने व्यवस्था गरेको छ ।

    अहिले बैंकहरुमा कर्जा लगानी गर्नको लागि आवश्यक पर्ने फण्डको अभाव छैन । अहिलेको अवस्था रहेमा पहिलो त्रैमासपछि कर्जाको ब्याजदर डेढ देखि २ प्रतिशतसम्म घट्ने देखिन्छ ।

    बजारमा निक्षेपको ब्याजदरमा बैंकर्स संघले भद्र सहमति गरेर कार्टेलिङ गरेको आरोप लाग्छ । यहापनि निक्षेपको ब्याजदरमा सिमा तोकिएको विषयमा प्रश्न उठ्यो ।

    हामीले निक्षेपको ब्याजदरमा सिमा तोक्दा फाइदा हुने भनेको ऋण लिनेलाई हो । ऋण धेरै लिने भनेको उद्योगी व्यवसायीले हो । त्यो व्यवस्थालाई तपाईहरुले स्वागत गर्नुपर्ने हो । हामीले ब्याजदर घटाउन भद्र सहमति गर्दा कार्टेलिङ भन्ने अनि बैंकले ब्याज पनि घटाएनन् भनेर आलोचना पनि गर्ने । व्यवसायीहरु दोहोरो भुमिकामा देखिन् भएन नि ।

    हामीले भद्र जतिपनि ब्याजदरमा निक्षेप उठाउन पाउने व्यवस्था लागु गर्न सक्छौ । १५ प्रतिशत ब्याजदरमा निक्षेप उठाएर २० प्रतिशत ब्याजदर कर्जामा लिन सक्छौ ।

    यदी तपाईहरु २० प्रतिशत ब्याजदरमा ऋण लिन तयार हो भने निक्षेपको ब्याजदर १५ प्रतिशत पुग्छ । निक्षेपको ब्याजदर अत्याधिक बढ्दा समस्या उद्योगी र व्यवसायीलाई हुन्छ त्यो कुरा बुझ्नुपर्यो ।

    केही वर्ष अगाडि ७ प्रतिशत ब्याजदरमा कर्जा पाइन्थ्यो । यस्तो अवस्थामा निक्षेपकर्ता मारमा थिए । एक पटक ७ प्रतिशत ब्याजदरमा ऋण पाइयो भन्दैमा सधै त्यही ब्याजदरमा पाइने अवस्था होइन ।

    बैंकमा आउने निक्षेपको स्रोत भनेको सरकारी खर्च र रेमिटेन्स हो । सरकारले समयमा पैसा खर्च गर्ने र रेमिटेन्स बढ्ने हो भने बैंकमा निक्षेपको ब्याजदर बढ्छ । अघिल्लो वर्ष सरकारी खर्च समयमा भएन तथा रेमिटेन्सको बृद्धिदरपनि घट्यो । जसले गर्दा निक्षेपको अभाव भयो ।

    अहिले सरकारले करको विवरणको आधारमा व्यवसायिक फर्म र कम्पनीलाई ऋण दिने व्यवस्था गरेको छ । व्यवसायपनि गर्ने र सो अनुसारको करपनि तिर्नुपर्यो ।
    कुनैपनि व्यवसाय सुरु गरेको एक देखि दुईवर्षसम्म नोक्सान होला ।

    तर,१५ वर्षसम्म व्यवसाय नोक्सान हुने र बैंकबाट ऋण लिन पाउनुपर्छ भन्ने हुँदैन । १५ वर्षसम्म कसैले घाटामा व्यवसाय संचालन गर्न सक्दैन । यस्तो प्रोजेक्टमा बैंकले ऋण दिन सक्दैन । कर तिर्ने प्रयोजनले मात्र व्यवसाय घाटामा देखाउनु भएन ।

    (नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ईकोटकमा राखेको विचार, यस अघि उद्योगीहरुले बैंकको ब्याज अत्यधिक हुँदा व्यवसायी पलायन हुने आएको स्थिती आएको बताएका थिए )

    ८३ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad