BizPati

आज : २०७५ कार्तिक २९ गते
Headlines :

गजल ८९

डियर जीन्दगी, अर्थात राज गुरुङ, सिड्नी अष्ट्रेलियाभाद्र १५, २०७५

 

कहाँ मिल्छ र यस्तो जीन्दगी बारबार
आँफैले गर्नुपर्छ भाग्यको आबिस्कार

बाटोले बाटो छेक्दै सवालहरु गर्छन्
मलाई बाटो बनाई कहाँ जान्छस् यार

छुरा भन्दा धारिलो र तेजीलो लाग्छ
मलाई ती आभाबहरुको कडा प्राहार

राहादानी थमाएर नौजवान बिक्री गर्दै
आरामले निदाउँछ मेरो भ्रस्ट सरकार

धेरै भयो छ्मेकीले मिचेको सिमाना
उध्याउनु छ सबैले खुकुरी र तरवार

इति

५५५ पटक
प्रतिकृया दिनुहोस्