BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ३ गते
    Headlines :

    कहिले नउदाउने गरी साउदीमै अस्ताए कर्ण बहादुर

    तेज थापा, साउदी अरब भाद्र १८, २०७५

    साउदी अरब । देशमा बढ्दो बेरोजगारका कारण नेपालबाट लाखौं युवाहरू दिनानु विदेश पलायन भइरहेका छन् । सुन्दर भविष्यको सपना साँचेर प्रवास पलायन हुने सबैको सपना साकार नहुने रहेछ ।

    स्वदेश मै परिवारसँग रमाइ वस्ने चाहना कस्लाइ पो हुदैन र ! वाध्यता र विवशताको जातो मुनि पिधिएका नेपाली यूवाहरूको जोश, जागर, रगत र पसिना बिदेशी भूमिमा वगिरहेको त छदैछ । त्यसमा पनि ति मध्य कहिले स्वदेश नफर्कने गरि उतै अस्ताएका थुप्रै दुःखद समाचारहरु छन् ।

    विभिन्न देशबाट पैसासँग साटिएका धेरै नेपाली कामदारहरूको लास काठको वाकसमा बन्द भएर नेपाल फर्कने गरेका छन् । यस्तै घटनाका वास्तविक पात्र हुन् ४६ बर्षिय कर्ण बहादुर कार्की ।

    उदयपुर जिल्ला त्रियुगानगरपालिका वार्ड न ११ शिबालय टोल स्थायी घर भएका कर्ण बहादुर र्काी छोराछोरीक सुनौलो भविष्यको परिकल्पना सहित लामो समयदेखि साउदीमा श्रम बेचिरहेका थिए । तर, विडम्वना नियतिले उनको सारा सपना चकनाचुर पारीदिएको छ । दिनभरको काम सकि साझ पसलबाट सर–सामान किनि कोठामा फर्कदै गर्दा चल्ति गाडिको ठक्कर दिदा उनको घटनास्थल मै मृत्यु भएको छ ।

    जिजान मै अर्को कम्पनिमा कार्यरत टेक नारायण श्रेष्ठबाट घटनाको जानकारी प्राप्त हुनसाथ मेलमिलाप प्रबासिय संघका अध्यक्ष लिला (बिचरी) बहादुर बुढाथोकी तत्काल दुर्घटनास्थल पुगेका थिए । बिचारीले दिएको जानकारी अनुसार मृतक कार्कीलाइ रोड क्रश गर्दै गर्दा बिहिबार साँझ ७स्३० बजे साउदी नागरिकको गाडिले ठक्कर दिएको थियो । बुढाथोकी थप जानकारी हासिल गर्न सनिबार मृतक कार्कीको रोजगारदाता कम्पनिमा पुगेका थिए ।

    कम्पनिले क्षतिपूर्ति सहित मृतक कार्कीको शब नेपाल फर्काउने आश्वान दिएको छ । आइतबारदेखि पक्रिया अघि बढेको र ठक्कर दिने साउदी नागरिक र निजको गाडी समेत स्थानिय प्रहरीले नियन्त्रणमा लिएको बुढाथोकीले संसारन्युजलाई जानकारी दिएका छन् ।

    साउदी अरबको जिजान स्थित अल्हाद्र्द बथान नजिकै आहामद याहया खुबरानी बल्दियामा काम गर्दै गरेका मृतक कार्किको शब अहिले जिजान नजिकैको आर्दह हस्पिटलमा राखिएको छ । उनको परिवामा श्रीमति सहित ३ छोरी सहित १ छोरा छन् ।

    १३१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad