BizPati

आज : २०७५ कार्तिक २९ गते
Headlines :

मुलुकी दण्ड संहितामा चिकित्सकहरुको राजनीति

पुष्पलाल पाण्डेभाद्र १८, २०७५

यो संहिता खाली त्यतिका लागि मात्र हो । चिकित्सक मीत्रहरु ! चोरको खुट्टो काट भन्दा अहिल्यै खुट्टा उचाल्न तिर कम्तिमा नलागौं । पेसागत मर्यादा कायम गरौं । काम बन्द गरेर आफूलाई जीवन दान दिने भगवान मान्ने सर्वसाधारणको समस्यालाई खिल्ली नउडाऔं ।

 

चिकित्सकहरुलाई आम विरामीले भगवान मान्छन् । यसको अर्थ भगवानले गल्ती गर्दैनन् भन्ने नै हो । तर, पछिल्लो समयमा बिरामीका भगवान बन्नुपर्ने चिकित्सकहरु व्यापारी भएका छन् । यसको अर्थ व्यापारीले गल्ती गर्न सक्छन् । गल्ती गर्दा सबै सजायको भागिदार बन्नुपर्छ । हामी गणतन्त्र नेपालका जनता कोहीपनि रैती होइनन् भन्ने ठान्छौं । यसकारण गल्ती गर्दा सबै पेसाका पेशाकर्मीहरुले कारबाहीको भागिदार बन्नु पर्ने तर, चिकित्सक भने कारबाहीको दायरबाट माथि रहनुपर्ने गरी गरिएको आन्दोलन सर्वथा चिकित्सकीय मर्यादा विपरित भएको पाइएको छ ।

हो, फौजदारी न्याय प्रणालीका विविध आयाममा छलफल चर्चा र बहस हुनुपर्दछ । विषयगत सरोकार राख्नेहरुले आफ्ना विषयहरु उठान गर्दै जानुपर्छ । यसो भयो भने मात्रै यावत सुधार सम्भव छ । तर, पछिल्लो समय यो देशमा बिरामीका भगवान बन्नुपर्नेमा अराजक क्रियाकलाप देखाउने कामहरु चिकित्सकहरुबाट हुँदै आएका छन् । आफ्ना माग राख्ने क्रममा अस्पताल बन्द गर्ने, आमसर्वसाधारण विरामीको हक कुन्ठित हुने गरी आन्दोलन गर्ने आदि काम कम्तिमा चिकित्सकहरुलाई सुहाउँदैन ।

डा. केसीको राजनीति
मुलुकी ऐन प्रतिस्थापन भएर नयाँ संहिता (ऐन) आज एक्कासी केपी ओली प्रधानमन्त्री भएपछि उनैले प्रिन्टरको बटन थिचेर धमाधम ल्याएजस्तो गरी चिकित्सकहरु प्रस्तुत भएका छन् । हाम्रा महान विद्धान चिकित्सक मित्रहरुलाई अवस्य थाहा छ यो संहिता विभिन्न आयोगले १० वर्ष लगाएर संसद्मा प्रस्तुत गरेका छन् । अनि संसद्ले विभिन्न बुँदामा दफावार छलफल गरेर पारीत गरेको हो । यस संहितामा २०७४ असोज ३० गते राष्ट्रपतिबाट लालमोहर लागेको हो । र भदौ १, २०७५ बाट कार्यान्यवयनमा आएको हो । यो एकवर्ष हाम्रा चिकित्सक मीत्रहरु निद्रामा हुनुहुन्थ्यो यो भन्दिन ।

तर, यर्थाथ, के हो भने अहिले चिकित्सहरु प्रयोजित भएको हो कि, भन्ने आशंका भने गर्न सकिन्छ । उहाँहरुलाई केपी ओली र राम बहादुर थापाको पाइलो गन्हाउँछ । यसमा मलजल पश्चिमतिरका हरुको गरिरहेका हुन भन्दा फरक नपर्ला । किन कि यहाँ विगतमा पनि बहुमतको सरकारका गन्हाएका हुन् । विगतमा आफ्नैले खुट्टा काट्दा सबैलाई हाइसन्चो हुन्थ्यो । अहिले त्यो सम्भव भएन अनि डा. साहबहरु कहिले जुम्ला पुगेर संग्राम गर्नुहुन्छ त कहिले काठमाडौंमै बिरामीको विचल्ली बनाएर मार्चपासमा लाग्नुहुन्छ ।

हाम्रा महान चिकित्सिकहरुलाई थाहा छ, यो संहिता नराम्रो कामगर्नेहरुका लागि मात्र हो । आम चिकित्सकहरुका लागि होइन । यति थाहाँ हुँदा हुँदै पनि चिकित्सक मीत्रहरु अबुझ जस्तो बनेको देखिन्छ । उहाँहरुलाई यी संहिताका कारण साच्चीकै कामगर्न नसकिएको भए उहाँहरुले सक्कली प्रमाणपत्र बुझाइ सक्नुहुन्थ्यो । तर, अहिले प्रतिलिपि बुझाउने उहाँहरु बुझेर पनि बुझपचाएको अभिनय गरिरहनु भएको छ भन्ने बुझ्न सकिन्छ । र, यो खाली राजनीति गर्ने र रिमोट कन्ट्रोल थिच्नेहरुको इसारामा नाटक गर्नमात्र चालिएको कदम हो भनेर बुझ्न सकिन्छ । अहिले नेपाल चिकित्सक संघ, सुद्ध चिकित्सकहरुको संगठन होइन एटा पार्टीको भगिनी संगठन जस्तै भएको छ । र यसले राजनीतिक स्पेस मात्रै खोजिरहेको छ ।

संसोधनमा मुलुकी ऐन
मुलुकी ऐन विगतमा पटक–पटक संसोधन भएको छ । विं.स २०२० मा यसको व्यापक संशोधन भएको हो । बिं.स २०५८ मा गौरी बहादुर कार्की नेतृत्वको कार्यदलले व्यापक मस्यौदा बनाएर प्रकाशन गरेको थियो । यसमा व्यापक छलफल भएको थियो । वि.स ०५७ मा यसले संसद्मा प्रवेश पायो । त्यतिबेला सरोकारवालाहरुसँग छलफल चलाइए पनि अहिले उठाइएका विषयमा चिकित्सहरु मौन बस्नु भयो या बोल्दै बोल्नु भएन । तर, अहिले एक्कासी चिकित्सक मीत्रहरु सपनाबाट ब्युँझिए जसरी झल्यास्स भएजस्तो गर्नु चिकित्सकीय मर्यादा अनुकुल पटक्कै छैन ।

डा. ले लापरवाही गर्छन, कल्पनै नगरौं
हो, म फेरि दोहो¥याउन चाहान्छु चिकित्सहरुले उपचारमा लापरवाही गर्दै गर्नुहुन्न । विरामीको उपचारमा उहाँहरुले बदनियत राख्दै राख्नुहुन्न । चिकित्सक मीत्रहरुले बदनियत राखेर, लापरवाहीपूर्ण तरिकाले उपचार गर्नुहुन्न । यतातिर कसैले सोच्दै नसोचौं । तर, लाखौ, हजारौं र सयौमा कसैले यस्तो गर्यो भने कारबाहीको भागिदार त बन्नु पर्ला नि ! पेसालाई अमर्यादित बनाउनेलाई कारबाही त हुनु पर्ला नि । त्यस्तो बेला दण्ड सजाय त हुनै पर्यो ।

यो संहिता खाली त्यतिका लागि मात्र हो । चिकित्सक मीत्रहरु ! चोरको खुट्टो काट भन्दा अहिल्यै खुट्टा उचाल्न तिर कम्तिमा नलागौं । पेसागत मर्यादा कायम गरौं । काम बन्द गरेर आफूलाई जीवन दान दिने भगवान मान्ने सर्वसाधारणको समस्यालाई खिल्ली नउडाऔं  ।

२७९ पटक
प्रतिकृया दिनुहोस्