BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ३० गते
    Headlines :

    वाल्मीकि

    जनार्धन अधिकारी, काठमाण्डाै नेपालभाद्र २०, २०७५

    डाका जंगलका थिए अति ठुला, चोर्ने र ढाँट्ने थिए
    ती रत्नाकर नाम थ्यो अबुझ थे, मार्ने र काट्ने थिए ।
    यस्तै काम थिए घमण्ड पनि थ्यो, तर्बार हात्मा थिए
    आतंकी गुणका थिए दुःख दिए, बेकार आत्मा थिए ।।

    बस्थे जंगलमा ढुकेर जनमा, लुट्ने र कुट्ने थिए
    अर्काको पसिना कमाइ धनमा, एेस्वर्यझैं ठान्दथे ।
    जम्का भेट भएछ एक दिन लौ, त्यै मार्ग जाँदै थिए
    देखे नारद हर्ष भो मन मनै, लुट्ने इराधा लिए ।।

    कस्दै गर्दनमा रबाफ सहितै, थाल्दै थिए लुट्न ता
    रोके नारदले लुटिन्छु पहिला, यौटा कुरा सोध्नुछ ।
    लुट्छौ जंगलमा बसेर दिनहुँ, ती धर्म पत्नी पनि
    उन्को मन्जुर के रहेछ बुझ लौ, सोधेर आउ भनि ।।

    देखे जंगलमा नभै डर कतै, त्यो सिष्ट भाषा गरे
    त्यो डाका अतिनै अचम्मित हुँदै, सोध्छु भनेका अरे ।
    आफैंलाइ अचम्म भो घर पुगे, पत्नी भएका जहाँ
    मेरो कर्म छ चोर ढांट छलमा, छौ साथ यो कर्ममा ।

    सुन्दैमा पनि क्रोधले अति ठुला, गाली गरे आखिर
    मेरो साथ सधैं रहन्छ बुझ लौ, सत्कर्म मात्रै गर ।
    पस्चाताप भएछ कर्म गतिलो, गर्नेछु मैले पनि
    त्यागे पुर्व कृया कलापहरुमा, गल्ती भयो लौ भनी ।

    आए नारदका परे चरणमा, चिन्ता गरे कर्मको
    लज्जा बोध र कर्म बोध मनमा, उद्धेश्य नै मोडियो ।
    थाले चिन्तन ज्ञान कर्महरुका, गर्दै गए मन्थन
    वाल्मीकि बनिए धुरन्धर ठुला, यो लोक ब्युँझाउन ।।

    ती रामायण ग्रन्थका गहकिला, श्रस्टा स्वयं पो भए
    वाल्मीकि ऋषि पो भए भुवनमा, तारा बनी चम्किए ।
    पस्चाताप र प्रेरणा अधिकले, सुध्रन्छ मान्छे पनि
    डाकानै ऋषि बन्न सक्छ गतिलो, निस्ठा भए सक्छ नि ।।

    इति

    ३२८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad