BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ३० गते
    Headlines :

    ‘दुई वर्षमा नेपाल समाजवादी कोर्षमा प्रवेश गर्नेछ’

    संसार न्यूज संवाददाताभाद्र २०, २०७५

    नेपालको इतिहासमा पहिलोपटक कम्युनिष्ट पार्टीको  एकल बहुमतको सरकार छ । अझ सहयोगी दलको  साथले यो सरकारसँग दुई तिहाइ  मत छ ।  यस्तो ऐतिहासिक  सरकारसँग  जनताका व्यापक अपेक्षा छन् । लामो समय पछि देशमा  बहुमतको सकार बनेको छ । यो सरकारले आफ्नो  पहिलो अर्धबार्षिक  काल समेत बिताइसकेको छ । सरकारको  ६ महिने कार्यकाल, यसको गति र जनताको सम्मति, विमतिका विषयमा नेकपा राष्ट्रियसभाका मुख्य सचेतक खिमलाल भट्टराईसँग  संसारन्युजका लागि पुष्पलाल पाण्डेले गरेको छोटो कुराकानी :

     यो सरकारको ६ महिने कार्यकाल र पार्टीको चुनावमा जाँदै गर्दाको घोषणापत्रमा तालमेल नभएको, सरकार ससक्त बन्न नसकेको भन्ने आरोप लागिरहेको छ नि ?

    हामीले निर्वाचनमा भागलिदै गर्दा जनताको बिचमा जुन प्रतिवद्धता व्यक्त गरेका थियौं, समृद नेपाल सुखी नेपालीको  ु  सरकार बनाउदै गर्दा र यो ६ महिना व्यतित गर्दा  हामीले हाम्रो घोषणापत्र र हाम्रा प्रतिबद्धतालाई नै कार्यान्वयन गर्ने गरी  काम गरेका छौं । आदरणीय केपी ओली प्रधानमन्त्री  बनिरहदा  र त्यसपछिको अवस्थामा तात्विक परिवर्तन आएको छ ।

    यस विचमा नेपालले अन्तराष्ट्रिय  क्षेत्रमा आफ्नो प्रभावशाली उपस्थिति देखाएको छ । क्षेत्रियस्तरको सीखर सम्मेलन  भर्खरमात्र सम्पन्न गरेको छ ।  दक्षिणी र उत्तरी छिमेकीलाई हाम्रो समृद्धिसँग जोड्न सफल भएको छ । हामी सत्तासीन बनिरहँदा देशको ढुकुटी रित्तो थियो । अघिल्लो सरकारले जानाजान हामीलाई अप्ठ्यारोमा पार्नेगरी ढुकुटी रित्याएर छाडेको थियो ।  हाम्रो पहिलो काम त्यो ढुकुटीको व्यवस्थापन र जनचाहनाको सम्बोधन थियो । यो काममा  हामी सफल भएका छौं ।

    तर,यो सरकारले प्रस्तुत गरेको बजेटले त जनतामा र स्वयम् पार्टीमा समेत निराशा ल्याएको छ नि त ?

    सर्वप्रथम त  हामीले के बुझ्नु पर्छ भने  कमरेड केपी ओली नेतृत्वको सरकार छोटो आयुको सरकार होइन ।  यो सरकार पूरा ५ वर्ष चल्छ र अर्को निर्वाचनपछिको पनि लोकप्रिय  मत सहितको सरकार नेकपाकै बन्छ । यसकारण यो सरकारले रित्तो ढुकुटीबाट जनताका असिमित  चाहाना पूरा गर्ने अत्यन्तै कठिन बाटो हिड्ने निश्चय गरेको छ ।

     यो बजेटमा हामिले विगतमा जस्तो विना पैसा योजना बनाउने र पुँजी विनियोज गर्ने काम गरेनौं ।  यो सरकारले पूर्व–पश्चिम रेल मार्ग, पूर्व–पश्चिम  राजमार्गको  स्तरीकरण,  सिगात्से काठमाडौं रेलमार्ग,  दक्षिण रेल मार्गका प्रसस्त  ठूला योजनालाई  बजेट  विनियोजन गरेका छ । मध्यपहाडी पुष्पलाल राजमार्ग, विभिन्न हुलाकी मार्ग निर्माणमा ध्यान दिएका छौं । मलाई लाग्छ हाम्रा यी ठूला  परियोजनाले जनतालाई  दिर्घकालिन राहत दिनेछ ।

    तर, घोषणापत्रमा जेष्ठ नागरिक लगायतका अन्य सामाजिक कल्याणका घोषणा गरेपनि कार्यान्वयन त गर्न  सकेको देखिएन नि ?

    हो, तपाइले भनेको साँचो हो । तर, यसमा हामी मिहिन तरिकाले लागेका छौं । यो बजेटमा हामिले जेष्ठ नागरिकको बीमा गरिदिने व्यवस्था गरेका छौं ।  जेष्ठ नागरिक भत्ता  भन्दा त्यो  धेरै  गुणा लाभदायी  थियो । तर, यसको जनपक्षीय प्रचार हुन सकेन ।

    हामीले आउदो बजेटसम्म देशको ढुकुटीलाई समृद्ध बनाएर यस्ता सामाजिक कल्याणका कामलाई तिब्र बनाउँदै लग्ने छौं ।  अहिले त रित्तो ढुकुटीले हाम्रो हात बाधिदिएको अवस्था रहेकोले यो काम गर्न सकिरहेका छैनौं ।

     के यहि गतिले तपाइहरुले भनेजस्तो समृद्ध नेपाल, सुखी नेपाली र संघीयताले परिकल्पना गरेजस्तो समाजवादको गन्तव्य भेटिएला त ?

    पक्कै ! हामीले लिएको गति बाहिर देखिएजस्तो धीमा होइन ।  घर बनाउँदा  जगमा जति, समय माथि पुग्दा लाग्दैन् ।  हामी समाजवादी  नेपालको ‘जग’ बनाउने काममा लागेका छौं । यो अत्यन्तै महत्वपूर्ण काम हो । जग जति बलियो हुन्छ, घर त्यति नै टिकाउ हुन्छ । अहिले हामीले सडक, जलविद्युत्, रेलमार्ग, जलमार्ग, बिमानस्थल निर्माणमा विशेष ध्यान दिएका छौ । यि विकास र समृद्धिका  महत्वपूर्ण आधार हुन् ।  यस्ता संरचनाले नै देशमा समृद्धि ल्याउने हुन । अब हाम्रो ध्यान त्यस्ता संरचनाबाट प्राप्त हुने आम्दानी र सुविधाको समन्यायीक  वितरणमा जानुपर्दछ ।  समन्यायीक  वितरणले समाजवादको बाटो तय गर्दछ ।

     यो देशमा अब समाजवादको सपना देख्ने बेला आएको हो त ?

    अब सपना होइन,  समाजवाद विपनामै हाम्रो घरदैलोमा आउने क्रममा छ । मलाई लाग्छ, आउने  २ वर्षमा  देशका धेरै क्षेत्रमा कायापलट हुनेछ । समृद्धिले फड्को मारी सक्ने छ र समाजवाद टुप्लुक्क हामीसँग यात्रा गर्न आइपुग्ने छ ।

     समाजवाद टुपुल्क जनताको घरदैलोमा आइपुग्ने आधार के हुन् ?

    अबस्य हामीले पाएको रित्तो ढुकुटी भरिने क्रममा छ ।  विग्रीएका अन्तराष्ट्रिय सम्बन्ध सुधारतर्फ अगाडि बढेका छन् ।  निकटका  दुई छिमेकी देशहरु हाम्रो समृद्धिको यात्राका सहयात्री  बनेका छन् ।  विश्व बैंक, मुद्रा कोष हामीसँग  काँधमा काध जोडेर  हिड्न तयार छन् ।  स्वदेशभित्र उत्साहजनक तरिकाले  निर्माणका काम भएको छ । अनेकखाले एकाधिकार तोडिदै छन् । जनतामा व्यापक उत्साह सिर्जना भएको छ । तपाई ढुक्क हुनुहोस् २ वर्षमा  नेपाल समाजवादको चरणमा प्रवेश गर्नेछ ।

    २९७ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad