BizPati

आज : २०७५ कार्तिक २९ गते
Headlines :

ओस्लोमा नेपोसको तेश्रो अधिवेशन भब्यरुपमा सम्पन्न

संसार न्यूज संवाददाताभाद्र २१, २०७५

 

नेपाली पोर्तुगिज समाज नर्वेको तेश्रो अधिवेशन २ सेप्टेम्बर २०१८ आईतबारको दिन Restaurant Hereford Qmeak House को हलमा भब्य रुपमा सम्पन्न भएको छ ।

एनआरएनए नर्वेका अध्यक्ष्य संजिव कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनले सहमतिको प्रक्रियाबाट आगामी २ बर्षको कार्यकालको लागि रत्न प्रसाद सापकोटाको अध्यक्ष्यतामा १० सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

त्यसैगरी  बरिष्ठ उपाध्यक्ष्यमा चन्द्र प्रसाद गिरी, उपाध्यक्ष्यमा जीवन उप्रेती, महासचिवमा नारायण सिंह थापा ,सचिबमा राम बहादुर गुरुङ, कोषाध्यक्ष अभिषेक आचार्य, युवासंयोजक राजन गौचन रहेका छन् भने सदस्यमा पछि बिस्तार गर्ने गरि हाल महेन्द्र खड्का,पूर्ण शाही, दिपक पौडेल रहेका छन् ।


त्यसैगरि संरक्षक समितिमा ३ सदस्य रहने गरि हरि बहादुर बानिया, सालिग्राम अर्याल र संयोजकमा प्रेम परियारलाई चयन गरिएको बताइएको छ ।

सस्थाका निबर्तावान अध्यक्ष हरि बहादुर बानिया तथा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नर्वेका अध्यक्ष्य संजिव कुमार थापा द्वारा पानसमा बत्ति बालेर संयुक्त रुपमा उद्दघाटन गरिएको सो अधिबेशनमा उद्घाटन र बन्द सत्र गरि दुई चरणमा बिभाजन गरीएको थियो ।

अधिबेशनमा नेपोसको तर्फबाट सदस्य जयप्रसाद मैनालीले उपस्थित सबैलाई सवागत गर्दै आगामी दिनमा आपसी सद्भाव र सम्बन्ध अझ मजबुत बनाउदै संस्थालाई एक ढिक्का बनाई लैजानु पर्नेमा जोड दिदै अगाडी बढ्न सबैलाई आग्रह गरेका थिए ।

अधिबेशनमा आमन्त्रित एनआरएनए, जेएसएस, पिएनएफएन, इएससीओ, हेल्पिङ हेण्डस्, सद्भाव समुह, रागोस नर्वेका प्रतिनिधिहरुले मन्तब्यको क्रममा अधिबेशन भब्य सफलताको शुभ कामना ब्यक्त गरेका थिए ।

सस्थाका महासचिब नारायण सिंह थापाले संचालन गरेको पहिलो चरणको उद्घाटन सत्रको अन्त्यमा हरी बहादुर बानियाले तेश्रो अधिवेशन सफल पार्न गठित बिभिन्न उपसमिति र अहोरात्र खटेर सहयोग गर्ने सबै दाजुभाई दिदिबहिनी तथा उपस्थित जनसमुदाय सबैमा धन्यबाद तथा आभार ब्यक्त गरेका थिए ।


सभापतिको हैसियतले निबर्तमान कार्यसमितिलाई भङ्ग भएको घोषणा गरि दोश्रो चरणमा प्रबेश गरेको सो कार्यक्रममा नेपाली जन समुदायको बाक्लो उपस्थिति रहेको थियो ।

त्यसैगरि बन्दसत्र कार्यक्रममा महासचिव नारायणसिंह थापाले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिबेदन तथा कोषाध्यक्षको तर्फबाट प्रेम परियारले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सर्वसम्मतिले पारित गरिएको थियो । त्यस्तै विधान संशोधन समितिका संयोजक प्रेम परियारले प्रस्तुत गरेको बिधान बन्द सत्रले आंशिक संशोधन गर्दै पारित गरेको थियो ।

कार्यक्रममा वर्ष ्रमुख अतिथि थापा र नेपोसका निबर्तमान अध्यक्ष हरि बानियाले २०१७÷१८ नर्वेमा आयोजित बिभिन्न खेलहरूमा सहभागी खेलाडिहरूलाई सम्मानपत्र वितरण गरेका थिए ।

निर्बाचन कमिटिको तर्फबाट जय प्रसाद मैनाली, सालिग्राम अर्याल र संयोजक बिष्णु गौतमले नवनिर्बाचित कमिटिलाई शुभकामना दिदै प्रमाणपत्र वितरणपछि सोहि हलमा महिलाहरूको महान चाड तीजको बिशेष दरखाने कार्यक्रमका साथ गायक बिष्णु क्षेत्रीको बिभिन्न सांगितिक प्रस्तुति रहेको थियो ।


त्यस्तै स्थानीय रितिशा गौचन र रेशुमा मैनालीले बिशेष नृत्य प्रस्तुत गरेको सो कार्यक्रममा महिला दिदि बहिनिहरूको बाक्लो उपस्थितिले अधिबेशन भब्य सफलताका साथ सम्पन्न भएको छ । सो हलमा करिव १५० जनाको उपस्थित रहेको थियो ।

नेपोस पोर्तुगललाई आफ्नो कर्मथलो बनाई पोर्तुगलको बिभिन्न सहरबाट नर्वे पुगेका नेपाली पोर्तुगिजहरुको संस्था (नेपोस) ले ‘जन्मभूमि र कर्मभूमिको बिशेष पहिचान’ सबै मिलि समाजको सेवा गर्ने हाम्रो अभियान’ भन्ने मूलनाराका साथ नेपालीहरुबीच भाईचारको सम्बन्ध स्थापित गर्दै सामाजिक सेवा गर्ने उद्धेश्यले स्थापना भएको संस्था हो ।

 

३२१ पटक
प्रतिकृया दिनुहोस्