BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ३ गते
    Headlines :
    Ad

    रेडक्रसप्रति सदैव विश्वास र भरोसा छ – प्रधानमन्त्री

    संसार न्यूज संवाददाताभाद्र २२, २०७५

    २२ भाद्र ,काठमाडौँ । प्रधानमन्त्री के.पी. शर्मा ओलीले नेपाल रेडक्रसप्रति नेपाल सरकारको सदैव विश्वास र भरोसा रहेको बताएका छन् ।
    प्रधानमन्त्री के पी शर्मा ओली र रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव एल्हाद एस सीबीच बिहिबार प्रधानमन्त्री कार्यालयमा भएको औपचारिक भेटघाटमा प्रधानमन्त्री ओलीले भने “विपद् र अफठ्यारो परेको जुनसुकै समयमा सबैले रेडक्रसलाई पहिले सम्झन्छन् ।

    रेडक्रसका कार्यहरूले नेपाल सरकारका धेरै कार्यक्रमहरूमा सहयोग पुगेको छ ।”प्रधानमन्त्री ओलीले भने “कतिपय अवस्थामा रेडक्रसले अगाडी पुगेर मानवीय सेवा पुर्याएको छ, आगामी दिनमा यसको निरन्तरता रहने विश्वास व्यक्त गर्दछु ।”

    रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव एल्हाद एस सीले आफूले नेपालको गाँऊमा गएर भूकम्प प्रतिकार्यका गतिविधिले लाभान्वितहरूमा आएको खुशी हेर्न पाउँदा सन्तोष मिलेको बताए । उनले भने, “नेपाल सरकारले अन्तर्राष्ट्रिय रेडक्रसलाई काम गर्ने वातावरण तयार गरिदिएको कारण आफूहरूले समयमा नै भूकम्प प्रभावितहरूको उद्दार राहत तथा प्रतिकार्यमा काम गर्न सक्यौँ, नेपाल सरकारप्रति अन्तर्राष्ट्रिय रेडक्रस आभारी छ ।”

    नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापासहित महासचिव एस सीले बुधबार सिन्धुली जिल्लाको सित्तलपाटीमा भुकम्प प्रभावित मानिसहरुसँग प्रत्यक्ष भेटघाट र रेडक्रसका सेवा गतिविधिहरुको अवलोकन गरेको जानकारी नेपाल रेडक्रसका निर्देशक दिव्यराज पौडेलले दिए। महासचिवले सिन्धुलीमा स्थानीय तहका प्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी सहित नेपाल सरकारका विभिन्न निकायका जिल्लास्थित उच्च अधिकारीहरुसँग मानवीय सेवा र रेडक्रसका गतिविधिहरुबारे अन्तरक्रिया गरेका थिए ।

    आजै, महासचिव एस सीले गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँग पनि औपचारिक भेटघाट गरे । द्वीपक्षीय सहयोग र सहकार्यका विषयमा छलफल भएको ती भेटपछि महासचिवले भने, यी भेटघाटहरू र रेडक्रसमार्फत् फिल्डमा भएको काम तथा लाभान्वितहरूसँगको अन्तरक्रियाबाट अत्यन्तै प्रभावित भएको छु ।

    उच्च स्तरीय भेटघाटमा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापा, महामन्त्री देवरत्न धाख्वा, रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घका नेपाल प्रतिनिधि जुजा किम तथा नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालका साथै नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो ।

    नेपाल रेडक्रसको ५६ औँ स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा महासचिव सरिक भएका थिए । नेरेसो कर्मचारी कल्याण कोषको आयोजनामा २५ वर्ष सेवा गरिसकेका कर्मचारीहरुको सम्मान, कोषका सदस्यका छोरा छोरीहरुका लागि शैक्षिक प्रोत्साहन पुरस्कार र बिभिन्न खेल प्रतियोगिताका विजयीहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । उनले अन्तरकर्मचारी फुटवल फाइनल खेलको समुदघाट्न पनि गरेका थिए।

    रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव एल्हाद एस सीले चारदिने नेपाल भ्रमणको सकि बिहिबार रातीनै फर्किएका छन् ।

    ४४८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad