BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ३ गते
    Headlines :
    Ad

    अमेरिकी पुस्तकालयमा नेपाली उपन्यास ‘राधा’

    संसार न्यूज संवाददाताभाद्र २२, २०७५

    विजय थापा । साहित्यकार तथा उपन्यासकार कृष्ण धरावासीले लेखेको चर्चित उपन्यास ‘राधा’ अमेरिकाको पुस्तकालयमा उपलब्ध हुन थालेको छ । उनले लेखेको राधा उपन्यासको अंग्रेजीमा अनुबाद गरिएको राधा अमेरिकाको मेरिल्याण्ड राज्यको एक पुस्तकालयले राख्न प्रारम्भ गरेको छ ।

    सेप्टेम्बर ६ तारिख देखि उनको अंग्रेजी राधा उपन्यास मेरिल्याण्ड राज्यको चाल्र्स काउन्टीको वालडोर्फ पश्चिम शाखामा राखिएको छ । धरावसी केहि बर्ष अमेरिका बसेर हालै नेपाल फर्किएका छन् ।

    धेरै किताव लेखियो ,बजारमा प्रसस्त आए ,तर वजनदार किताव जसको महत्व पूर्वी तथा पश्चिमी समाजमा उत्तैको महत्व राख्ने पुस्तक लेखिएको छैन । राधा एक अपबाद भएर निस्केको छ ।

    यस अघि प्रा सम्राट उपाध्यायले लेखेको पुस्तक ‘एरेस्टिंग गड इन काठमाडौ’ सन् २००१ देखि यता खासै अरु पुस्तक चर्चामा आएका थिएन । यो पुस्तकले अब अमेरिका जस्तो ठाउँमा सार्बजनिक पुस्तकालयले किनेर आफ्नो संकलनमा राख्नु नेपाली लेखकका लागि ठूलो महत्व राख्दछ ।

    अनेसासका शाखाहरु बिश्व भर बर्गेल्ति भएता पनि अन्तर्राष्ट्रिय साहित्यिक उपलब्धिको नाममा खासै केहि देखाउन नसकिएको अवस्था रहेको छ । उनीहरुले कि, बिश्वविख्यात साहित्यिक पुस्तकहरु उल्था गरेर नेपाली भाषामा छाप्न सक्नु पर्यो कि त नेपाली साहित्यका संख्यात्मक भन्दा गुणात्मक पुस्तकहरु छापेर बिश्व भरि फैलाउनु लाग्नुपर्ने सरोकारवालाहरुको भनाइ छ ।

    धरावासी कथा विधामा र उपन्यासमा कलम चलाउन रूचाउँछन्। उनले वि।सं। २०६२ सालमा राधा उपन्यासको निम्ति मदन पुरस्कार पाएका थिए ।

    ४२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad