BizPati

  • आज : २०७५ पौष ३ गते
    Headlines :

    हृदयघातबाट साउदीमा एक नेपालीको निधन

    तेज थापा,साउदी अरबभाद्र २२, २०७५

     साउदि अरबको जिजानमा २५ बर्षिय उमेश कुमार यादवको दुःखद निधन भएको छ । रोजगारीका सिलसलामा करिव २ बर्ष पहिले साउदी छिरेका यादवको हृदयघातका कारण निधन भएको हो । उनी जिजान स्थित सराको कम्पनिमा क्लिनर पेशामा कार्यरत थिए ।

    प्रत्यक्ष दर्शीका अनुसार ५ सेप्टेम्वरका दिन कार्यस्थलमै अचानक ढलेपछि यादवलाइ नजिकैको अस्पतालमा लैजादै गर्दा बाटोमै निधन भएको हो । घटनाको जानकारी प्राप्त भएसँगै एनआरएनए क्षेत्रीय समन्वय समिति जिजानका अध्यक्ष समेत रहेका कृष्ण श्रेष्ठले मृतकको कम्पनीमा पुगेर वास्तविक जानकारी हासिल गरेका थिए ।

    अक्सफोर्ड इन्टरनेशनल मेनपावरबाट साउदी आएका मृतक यादव सुरूङ्ग नगरपालिका ७, पाखरिया सप्तरि वासी हुन् । बिहे गरि भविष्यको सुन्दर सपना साच्दै साउदीमा श्रम बेच्न हिडेका अर्का नेपाली फेरि कहिले नेपाल नफर्कने गरि प्रवास मै अस्ताएका छन् ।

    स्मरणरहोस् गत हप्ता मात्रै जिजान मै सडक दुर्घटनामा परि कर्ण बहादुरको मृत्यु भएको थियो ।

    ३०० पटक
    प्रतिकृया दिनुहोस्