BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ३ गते
    Headlines :
    Ad

    उर्मिला

    मणिराम शर्मा "दीपित" टेक्सास अमेरिकाभाद्र २४, २०७५

    नयन लठ्ठ छ विमुक्त उर्मिला
    अधर भन्दछ सुषुप्त उर्मिला ।
    कउल कञ्चन म स्वर्ण कङ्कण
    अनिल भन्दछ छ बैंश उर्मिला ।।

    कलप केश छ स्निग्ध पालुवा
    ललित रश्मि उ भरेर आउला ।
    महक अत्तर घसेर उर्मिला
    नबस बैंश छ भनेर उर्मिला ।।

    नरम बात छ छ जाँदु मोहनी
    अलक चाल छ छ आत्म बैमनी ।
    क्षणिक जीवन छ जल्छ आखिर
    अहम रत्न छ किरीट उर्मिला ।।

    मनुज किस्मत न दोष जन्मको
    फजुल वाद छ अघोष कर्मको ।
    अचल द्रव्य र मणिभ पत्थर
    पतित साधन कलङ्क उर्मिला ।।

    इति

    छन्दः प्रियम्वदा

    २१२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad