BizPati

आज : २०७५ कार्तिक २९ गते
Headlines :

नर्वेको ओस्लोमा तिज धमाका

संसार न्यूज संवाददाताभाद्र २५, २०७५

प्रेम परियार ओस्लो, नर्वे । नेपाली महिलाहरुको महान चाड हरितालिका तिज नर्वेको ओस्लोस्थित ROMMEN हलमा भब्य रुपमा सम्पन्न भएको छ ।
गैरआबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नर्वेको आयोजनामा सेप्टेम्बर ८ शनिबारका दिन नेपाली राष्ट्रियगान बजाएर शुरु गरिएको उक्त भव्य तिज कार्यक्रमको परिषद्का महासचिव राजु अर्यालको संचालन गरेका थिए ।

नर्वेमा बस्ने सम्पूर्ण नेपालीहरुलाई सामुहिक रुपमा समेटेर तिजको दर खाने कार्यक्रममा उपस्थित सबैलाई आयोजकको तर्फबाट कार्यक्रम संयोजक उपाध्यक्ष्य सुरेन्द्र के.सी.ले नेपालीहरु विश्वको जुनसुकै कुनामा भए पनि आफ्नो कला र संस्कृति लाई जगेर्ना गर्नु सबै नेपालीको दायित्व रहेको बताउँदै यसलाई हृदयदेखिनै मनन गरि एकजुट हुनुपर्ने भन्दै स्वागत मन्तब्य राखेका थिए ।

सोहि सांगीतिक साँझमा क्रमश चर्चित कलाकार बिष्णु क्षेत्री, रीता केसी र मिलन लामाको जोडदार प्रस्तुतिले कार्यक्रमस्थल खुबै तातेको थियो ।

नेपाली नेपालीहरुको पारस्पारिक सम्बन्धलाई अझै मजबुत र फराकिलो पार्ने उद्धेश्यले सामुहिक रुपमा दर खाने र तिज बिशेष बनाई मनाउने उद्धेश्यले आयोजना गरिएको सो हलमा नेपालबाट आमन्त्रित चर्चित गायिका रिता केसी, चर्चित लोक गायक मिलन लामाको साथमा चर्चित कलाकार बिष्णु क्षेत्री द्वारा लोक तथा तिज गित प्रस्तुत गरिएको थियो ।

उक्त अवसरमा तिजमा बनाइने नेपाली परिकारको खाना (दर) तथा बिदेशी भूमिमा रातो साडी र गुन्यू चोलीको पहिरनमा सजिएका चेलीहरुको उल्लेख्य उपस्थितले हल गुन्जायमान हुनुका साथै मातृभूमिमै रहेको स्मरण गराएको थियो ।

कार्यक्रममा परिषद्का अध्यक्ष संजीव कुमार थापाले सम्मानपत्र, वरिष्ठ उपाध्यक्ष सालिग्राम अर्यालले खादा एवं उपाध्यक्ष सुरेन्द्र केसीद्धारा मायाको चिनो प्रदान गरेर कलाकारहरु तथा फोटोग्राफर  शरद राईलाई सम्मान गरिएको थियो ।


सो मन्चमा एनआरएनए नर्वेका पदाधिकारी,  सल्लाहाकार र नर्वेमा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष थापाले तीज कार्यक्रम सफल पार्न विभिन्न किसिमले योगदान गर्नु हुने महानुभावहरुलाई धन्यवाद ज्ञापन सहित उपस्थित सबैलाई तीजको शुभकामना दिदैं विधिवत रुपमा कार्यक्रमको समाप्त भएको घोषणा गरेका थिए ।

६०६ पटक
प्रतिकृया दिनुहोस्