BizPati

आज : २०७५ कार्तिक २९ गते
Headlines :

एनएमवीको ‘तलब खाता’ लोकप्रिय बन्दै

संसार न्यूज संवाददाताभाद्र २६, २०७५

२६ भदौ, काठमाडौं । एनएमबि बैंकले ल्याएको ‘एनएमबि तलब खाता’  मा ठूलो आकर्षण बढ्दै गएको छ । बैंकका अनुसार सरकारी क्षेत्रका कर्मचारीहरुले खाता खोल्ने संख्या बढिरहेको छ ।

५ लाख रुपैयाँसम्मको दुर्घटना विमा सहित कुनै पनि ठाउँका मेशिनबाट कुनै पनि समय पैसा झिक्दा निःशुल्क हुने डिलाइट कार्डका कारण पनि ग्राहकहरु आकर्षित भएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीका अनुसार ७ प्रतिशत व्याजदर सहित थप सुविधाहरु दिइएकाले सरकारी कर्मचारीको ठूलो हिस्सा एनएमबी बैंकतर्फ आकर्षित भएको हो ।

नेपाल सरकारले नै कर्मचारीको तलब खाता अनिवार्य बनाउँदै लगेको परिप्रेक्षमा एनएमबी बैंकले नयाँ योजना सार्वजनिक गरेको हो ।

१३५ पटक
प्रतिकृया दिनुहोस्