BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ३ गते
    Headlines :
    Ad

    तीज गीत भिडियो (सहित)

    चन्दा थापा,(चन्द्रिका),हाल काठमाडौं । भाद्र २७, २०७५

    नेपाली जाति हामी संसारभरी पुगेका
    लाखौं लाख नेपाली छौं बिश्व घुमेका
    जहिले पनि आफ्नो देश गरिव छ भनेर
    कतिपुस्ता गुर्जाने हो, टाउको छामेर ।।

    के छैन र हाम्रो देशमा हामी गरिव भएको
    खोज्ने काम अहिले पनि थाँती रहेको
    आश्वासन र भाषणले हामी धेरै माथि छौं
    व्यवहार जाँचील्याउदा, उहि ठाउँमा छौं ।।

    राजनीतिक परिवर्तन पटक–पटक गरीयो
    दुःख र बलिदानका गाथा कोरियो
    राणा–राजा–पंचायत, बहुदल हेरियो
    संसारै हल्लाएको, युद्ध भोगियो ।।

    सात सालपछि दुईचारसय, मान्छे धनी भएछन
    १७ सालमा बत्ति बाल्ने, जिम्दार बनेछन्
    २८ साल, ३६ साल, आन्दोलन सल्केको
    हरीयो घासमा पंचायतको, ढोका उघ्रेको ।।

    छ्यालीसको प्रजातन्त्र, नेपालमा आउँदा
    दुई चार हजार कार्यकर्ताले, घर बनाउदा
    फेरि पछि जनयुद्ध, दोश्रो जनआन्दोलन
    पाँचसात हजारअगुवाको, बढयो ठुलो शान ।।

    गरिव र निमुखा जनतालाई, उस्तै भो
    पुस्तौपुस्ता विदेश जान, कस्ले रोक्ने हो ?
    कामपाइएन देशमा भन्दै, युवा सधै विदेश
    अझै पनि बल्झिराछ, पीडा सकस ।।

    उत्पादन विना पुँजी, हाम्रो देशमा बनेन्
    स्वाधीनता र समृद्धि, कसले भनेन्
    जे गरे नी भएन्, किसान छन् घाटामा
    यहि पाराले पुगिन्नकी, चौडा बाटोमा ।।

    समाजवादको कुरो मिठो, भोगाइ र व्यवहार
    समृद्धिको सहि पहिचानमा, गरौं छलफल
    भगवानले बनाइदेला, सोच्नु अहिले व्यर्थ छ
    आफ्नै श्रोत र साधनको बल्ल अर्थ छ ।।

    नेता र सरकारलाई, मात्रैकति धारे हात
    विदेशीले च्याँखे थाप्छन्, गरौ कति वात
    व्यवसायी–कर्मचारी, सबका आफ्नै तुनेला
    समृद्धिको माला उनौ , सबै जुटेर ।।

    मिठो सपना देख्नुपर्छ, लक्ष अघि राखेर
    सहि सत्य छान्नुपर्छ, दुरदर्शी बनेर
    राजनीतिलाई पेशा होइन, सेवानै बनाईदेउ
    गाउँकसरी बनाउने हो, बहश चलाइदेउ ।।

    आफ्ना श्रोत र साधनको, पहिचान गरेर
    सूची बनाउ कला सिपको, एक–एक गरेर
    पानी कति, जंगल र जमिनको हिसाव
    मौलिक छन् जडिबुटी, सहि निसाफ ।।

    आफ्नो ठाउको नक्सा कोरौं, सबैजना मिलेर
    आवश्यकता पहिल्याउँ, सम्भावना राखेर
    सीप कला प्रविधिको, तालिम वृत्ति गराइ
    आफ्नै ठाउँमा हुन्छ भन्दै मनोबल भराइ ।।

    उत्पादनलाई सुहाउँदो, नीति बनाउं पहिला
    आशावादी बढदै जान्छन्, हट्छन् रोइला
    खेतका गरा, बारी पाटा, कान्ला र भीर पनि
    व्यवसायीक प्रयोगको, नीति ल्याउने ।।

    हातमुख जोर्नै विदेशीने,बाध्यतालाइ हटाउ
    आफ्नै देशको माटोमा, रम्ने बनाउ
    बल्ल हुन्छ उत्पादन्, अनि आत्मनिर्भर
    स्वाधीनता र समृदिको आउछ लहर ।।

    ३६२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad