BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ३ गते
    Headlines :
    Ad

    कहिल्यै रित्तिएन थापा दम्पत्तीको मनको भकारी

    संसार न्यूज संवाददाताभाद्र २८, २०७५

    इलाम माइ नगरपालिकाका प्रेम राईको जीवन बचाउनका लागि उनीहरूले पाँच लाख रुपैयाँ व्यक्तिगत सहयोग गरे । डेढवर्षदेखि साउदीकै जेलमा कठोर जीवन बिताइरहेका गोर्खाका कुमार राना मगरलाई उनको रिहाइका लागि भन्दै साउन ३१ गते रु २ लाख रुपैयाँ सहयोग पठाए । काठमाडौँ र धादिङका भूकम्प पीडितका लागि राहतस्वरुप ५ लाख पठाए । बाढीपीडितका लागि दिदीमार्फत ५ लाख पठाए । पर्साको दलित विद्यालयलाई पुनः निर्माणका लागि रु ५ लाख पठाए । थापा दम्पत्तीले व्यक्तिगत रुपमा गरेको समाजसेवाको केही फेहरिस्त हुन् यी ।

    तेह्रथुम मोराहाङ ९ सिकदेम घर भइ हाल अमेरिकामा कार्यरत हेम थापा र तेजमाया थापा हरदम समाजसेवामै रमाउँछन् । बुबा दीर्घबहादुर थापा र आमा लक्ष्मी थापाको कोखबाट जन्मिएका हेम थापाले ३३ भयो वर्ष भयो समाजसेवा गर्र्दै आएको । सानैदेखि कसैको पनि दुःख देख्न नचाहने, दुःखी गरिवका लागि बाबुआमाको आँखा छलेर चामल कुटुरो पारेर दिने गरेका हेम थापा भन्छन् ‘म कसैको पनि दुःख देख्न चाहान्न अनि दुःख पाएको सुन्न पनि चाहान्न ।’ उनले समाजसेवा गर्न लागेको ३३ वर्ष भयो । सन् २००६ मा अमेरिका पुगेका उनले हालसम्म १ करोड भन्दा बढी रुपैयाँ समाजसेवामा लगाएका छन् ।

    नेपालमा चलेको शसस्त्र द्वन्द्धको मारमा सबै नेपाली  झैँ उनी पनि परे । आर्मीमा जागिर खाएका उनले १ वर्षपनि नबित्दै छोडे । त्यसपछि उनी देश छोडेर बैदेशिक रोजगारका लागि विदेशीए । उनको बैदेशिक रोजगारका लागि पहिलो गन्तव्य बन्यो कतार । त्यहाँ उनले ८ वर्ष बिताए । दुबईमा ३ वर्ष र इजरायलमा ३ वर्ष बिताए । पछिल्लो समय १२ वर्षदेखि अमेरिकामा रहेका छन् उनी । उनले अमेरिकामा रहेको १२ वर्षको अवधिमा उक्त १ करोड बढी रकम समाजसेवाका लागि खर्चिएका हुन् । उनकै भनाईमा यस अबधिमा उनले प्रेम राई, कुमार राना, भूकम्प पीडित, बाढीपीडित र हालसालै कुमार रानालाई मात्र सहयोग गरेनन्, काठमाडौँमा ७, पोखरामा ३ र धरानमा २ जना गरेर १२ जना मिर्गौला रोगले पीडितहरूलाई २० हजार देखि २ लाख सम्म आर्थिक सहयोग गरे ।

    त्यस्तै क्यान्सर पीडित लगायतका विभिन्न रोगका बिरामीहरूलाई पनि उनले सहयोग गर्दै आएका छन् । त्यतिमात्र नभएर बैदेशिक रोजगारको २६ वर्षको अवधिमा उनले आफ्नै गाउँका लागि पनि धेरै सहयोग गरेका छन् । ‘मैले गाउँका दलित युवाहरूलाई केही काम गरुन भनेर २० देखि २५ लाख आर्थिक सहयोग गरेको छु ।’

    गाउँमा रहँदा श्रीमतीको आठ तोला सुन समेत बेचेर गाउँका युवालाई सहयोग गरेको बताउने थापालाई समाजसेवाको  रोग बुबा दिर्घबहादुर थापाबाट सरेको हो । समाजका लागि सधै अग्रणी भूमिका खेल्ने बुबाबाट सिकेको संस्कारले अहिले थापा देश तथा विदेशमा रहेका नेपालीबीच वरिष्ठ समाजसेवी बनेर सबैको मनमा छाएका छन् ।

    थापाले नेपालमा समस्यामा परेकालाई मात्र होइन, इजरायलमा कार्यरत रहँदा पनि जेल परेका तीन नेपालीलाई १–१ हजार डलर तिरिदिएर जेलमुक्त बनाएको बताउँछन् । अहिले तल्लोबाटो हुदै अमेरिका पुगेका ६ नेपालीको उद्धार गरेको बताउँछन् उनी

    ‘नाम त नभनौ ६ महिना भयो तीन नेपाली दाजुभाइ मेरै संरक्षणमा हुनुहुन्छ, अरु तीन जना जानुभयो, उनी थप्छन्, ‘समस्यामा परेकाहरूलाई कतिपयले मेरो नम्बर दिँदा रहेछन्, उहाँहरूले फोन गर्नुहुन्छ, उद्धार गरेर ल्याउँछु, काम मिलाइदिन्छु, आफ्नै कारबाट लाने ल्याउने समेत गर्छु ।’

    थापा, उद्धारमा मात्र होइन, अमेरिकामा विभिन्न रोग लागेर उपचारमा समस्या भएका नेपालीको उपचारका लागि पनि त्यहाँका नेपाली संघ संस्थासँग मिलेर आर्थिक सहयोग गर्ने गरेको बताउँछन् ।

    यतिधेरै समाज सेवामा आर्थिक रकम लगाउनु भएको छ कसरी पु¥याउनु हुन्छ भन्ने ऐक्यबद्धताको प्रश्नमा थापा भन्छन्, ‘मैले यहाँ उर्वर (ट्याक्सी) चलाउँछु । १८ घण्टा खट्छु, यो सबै मेरो रगत र पसिना बगाएर कमाएको पैसा हो । पुगेन भनेपनि म गासैं कटाएर पनि सहयोग गर्न तयार हुन्छु ।’

    समाजसेवालाई आत्मासन्तुष्टि बताउने उनले आफूले पढेको स्कुल सिट्विम निमाविका लागि ३ लाख, गौपुरी मावि (जहाँबाट उनले एसएलसी दिएका थिए) लाई ५ लाख, जिरिखिम्तीमा रहेको बुद्धाआश्रमलाई २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको बताए ।
    उनलाई श्रीमती तेजमायाको पनि त्यतिकै साथ छ । आफूले दुःख गरेर कमाएको पैसा समाजसेवामा लगाउने भन्दै परिवारमा झगडा त हुँदैन् ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘उनी पनि त्यत्तिकै सहयोगी र दयालु छिन्, सहयोग गर्नुपर्छ भन्ने भावना छ उनको पनि त्यसैले त मैले हरेक कुरामा सहयोग पाएको छु ।’

    सपरिवार न्यूयोर्कमा बस्दै आएका थापा दम्पत्तिका २ छोरा र एक छोरी छन् । सानो छोराले भर्खरै स्कुल लेवल सकेको तथा अर्का छोरा र छोरीले डाक्टर पढ्दै गरेको बताउछन् हेम । छोराछोरीले तपाइले गरेको समाजसेवाको बाटो पछ्याउलान् त भन्ने प्रश्नमा उनी भन्छन्, ‘छोराहरूलाई त्यति वास्ता छैन । तर, छोरीले भने यहाँ डाक्टर सकाएर नेपालको दुर्गम क्षेत्रमा गएर क्लिनक खोलेर बिरामीहरूको सेवा गर्छु भनेकी छन् ।’

    समाजसेवी थापाले ड्राइभर पेशा मात्र गर्दैनन्, उनको साथ र सहयोगमा श्रीमती तेजमाया थापाको नेतृत्वमा न्यूयोर्कमा दुईवटा ब्युटिपार्लर पनि सञ्चालनमा छन् । भविष्यमा थापा फाउन्डेशन खोलेर नेपाल र नेपालीका लागि धेरै काम गर्ने बताउने थापाका फाउन्डेशन खोल्ने सपना साकार बनोस् भन्ने कामना गर्दछौं ।

    हालैमात्र थापा दम्पत्तीले गरिवीका कारण पढ्न नपाएर विद्यालयको रजिष्टरबाट आफ्नो नाम हटाइदिन भन्दै प्रधानाध्यापकलाई मार्मिक पत्र लेखेकी म्याग्दीकी बालिका पुजा खत्री तथा उनका भाइबहिनीको शिक्षाका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

    थापा दम्पत्तीले लिए पुजा खत्रीको उच्च शिक्षाको जिम्मा

    २०० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad