BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ३ गते
    Headlines :
    Ad

    ओझेलमा परेकालाई न्यूयोर्क च्याप्टरद्वारा सम्मान

    संसार न्यूज संवाददाताभाद्र २९, २०७५


    महेश मल्ल, न्यूयोर्क । यही सेप्टेम्बर ९, तारिख २०१८ आईतबारका दिन नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाले न्यूयोर्कको कुईन्स ब्रिज पार्कमा समर BBQ पिकनिक भव्यरूपमा सम्पन्न गरेको छ । छोटो औपचारिक कार्यक्रमबाट थालिएको उक्त बनभोज कार्यक्रममा विभिन्न संस्थाका प्रमुख, प्रतिनिधि,पत्रकार लगायत संस्थाको साधारण एवं कृयाशिल सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो ।

    नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सभापति आनन्द बिष्टले प्रमुख अथितिको र महाबाणिज्यदुतावास न्यूयोर्कका बाणिज्य दुत कृशु छेत्रीले बिशेष अथितिको रूपमा मन्तव्य राखेको उक्त बनभोजको औपचारिक कार्यक्रममा सहभागिलाई च्याप्टरका उपसभापति एवं कार्यक्रमका संयोजक अमर तामाङले स्वागत मन्तव्य राखेका थिए ।

    नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाको सभापति रोशन ढुंगानाको अध्यक्षतामा सम्पन भएको सो औपचारिक कार्यक्रमलाई च्याप्टरका महासचिव महेश मल्लले संचालन गरेका थिए भने, च्याप्टरका सदस्य बृन्दा राई बिवेक पौडेल, नवराज भट्ट, चुण्डी शेर्पा र स्वयमसेवक सुनिता तामाङले खादा लगाएर अथितिलाई सम्मान गरेका थिए ।

    नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङ, केन्द्रीय सदस्य सुवास लामा, आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष मान रानामगर, तरूणदल अमेरिका शाखाका उपसभापति छिरिङ तोप्के लामा, नेबिसंघ अमेरिकाका संयोजक प्रभात सापकोटा, फिप्नाका संघिय परिषदका सभामुख विनोद पोमु, मुस्ताङ किदुकका अध्यक्ष एवं फिप्नाका बरिष्ठ उपाध्यक्ष राजकुमार बिष्ट, नर्थ अमेरिका तामाङ समाज अमेरिकाका अध्यक्ष लक्यान लामा, किरात याक्थुङ चुम्लुङका अध्यक्ष दिपेश लिम्बु, मगर समाज अमेरिकाका केन्द्रीय अध्यक्ष कुल दीप रानामगर,नेपाल कलाकार संघ अमेरिकाका अध्यक्ष सुमन बुढामगर, सुदुर पश्चिम अन्चलका बरिष्ठ उपसभापति राम बहादुर देउबा,तामाङ समाज न्यूयोर्क च्याप्टरका अध्यक्ष गोमा योन्जन, स्पोर्ट एण्ड कल्चर ईक्कका अध्यक्ष मोहन वाईवा, उपाध्यक्ष छेमाङ लामा, एनआरएन आईसिसीका सदस्य बन्दना कोईराला, विष्णुमान प्रधान, एनआरएन अमेरिकाका केन्द्रीय सदस्य आङनिमा शेर्पा, एनआरएन न्यूयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारी, उपाध्यक्ष बिष्णु रानामगर, महासचिव महेश खड्का, पूर्व अध्यक्ष टेम्बा शेर्पा, एकता समाज न्यूयोर्कका महासचिव नवराज खड्का, व्लड डोनर्स अफ अमेरिकाका उपाध्यक्ष संजिव श्रेष्ठ, युनाइटेड किराँत राई सोसाइटी न्यूयोर्क च्याप्टरका अध्यक्ष केशव राम राई,ग्यालसुण्दो सेवा समाज अमेरिकाका अध्यक्ष राप्के लामा, बाग्लुङ समाज न्यूयोर्कका अध्यक्ष चन्द्र जिसी, मिन खड्का,गोरखा समाज अमेरिकाका सल्लाहकार अन्जन श्रेष्ठ, तमुसमाज अमेरिकाका अध्यक्ष डम्बर जङ गुरुङ, किराँत राई समाज अमेरिकाका सल्लाहकार खगेन्द्र राई, शेर्पा संघ अमेरिकाका अध्यक्ष निमा शेर्पा, नेवागुठी अमेरिकाका सल्लाहकार बीरेन्द्र मानन्धर,लङआईल्याण्ड नेपाली समाजका पूर्व अध्यक्ष दुर्गेश कार्की,तामाङ सोसाइटी अमेरिकाका पूर्व अध्यक्ष भरत लामा, सिन्धु सोसाईटीका पेमा डेण्डी शेर्पा र सुर्य खड्का, लायन्स क्लब न्यूयोर्कका उपाध्यक्ष अनु खड्का, प्रवासी मन्चका अच्यूत सिग्देल, संघिय मंन्च अमेरिकाका महासचिव लोक चेम्जोङ,मगरसंघ न्यूयोर्क च्याप्टरका पूर्व अध्यक्ष एवं केन्द्रीय महासचिव सुमन पूनमगर, जनसम्पर्कका सकृय सुरेन सापकोटा, सुवर्ण लामा, सुजन खनाल सो पिकनिकमा अथितिको रूपमा सहभागि भएका थिए ।

    नेजाका पूर्व अध्यक्ष एवं एभरेष्ट टायमका प्रधान सम्पादक आङ छिरिङ शेर्पा, नेजाका वर्तमान कोषाध्यक्ष मछे गुरुङ, नेपालयका प्रधान सम्पादक बिष्णु पौडेल, घटना र विचारका पत्रकार मुकुन्द सुवेदी, पत्रकार सोमनाथ हुँमागाई लगायत अन्य पत्रकारहरू पनि बनभोजमा अथितिको रूपमा सहभागि बनेका थिए ।

    उक्त समर पिकनिकमा जनसम्पर्क न्यूयोर्कको संगठनमा दुस्ख गरेका र ओझेलमा परेका पुराना सकृय सदस्यहरू शारदा छेत्री, जनेश गुरुङ, गोम्बे लामा, छिरिङ शेर्पा र पिजि शेर्पालाई सम्मान(पत्र वितरण गर्नुका साथै, विभिन्न समयमा च्याप्टरले आयोजना गर्दा संयोजकको भुमिकामा रहेर जिम्मेवारी निभएकाहरू, च्याप्टरका उपसभापति अमर तामाङ, सचिव अनिल पाण्डे र सदस्य उमेश थापा लगायत दर्जनौं स्वयमसेवकलाई च्याप्टरद्वारा प्रमाणप्रत्र वितरण गरेका थिए । उक्त सम्मानपत्र र प्रमाणपत्रलाई कार्यक्रमका प्रमुख अथिति र अथितिहरूबाट अन्ततिर बितरण गरिएको थियो ।बनभोजको अन्त्य तिर जनसम्पर्क समितिका सकृय पुनम राणामगरले आकर्षक ढंगले बिङगो खेलाउँदा सहभागिहरू उत्साहित बन्दै बिङगो खेल्दै रमाएका थिए ।

    अन्यमा नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरका सभापति रोशन ढुंगाना र च्याप्टरका उपसभापति एवं यस कार्यक्रमका संयोजक अमर तामाङले तीजको समय र बुवाको मुखहेर्ने दिनमा परेको बनभोजमा सबै महिला दिदीबहिनी र सम्पूर्ण बुवाहरू प्रति सम्मान र शुभकामना व्यक्त गरेका थिए । साथै यस BBQ समर पिकनिक सफल बनाउँनका निमित्त सहयोग गर्नुहुने सबै सहयोग दाता, जनसम्पर्क समितिका अग्रज नेता एवं सबै कृयाशिल तथा साधारण सदस्यहरू , विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरू, प्रतेक स्वयमसेवक लगायत सहभागि सबैप्रति आभार प्रकट गर्दै, धेरै धेरै धन्यवाद व्यक्त गरेका थिए ।

    १५४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad