BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ३० गते
    Headlines :

    अमेरिकामा रहेका नेपालीसँग के भने संयोजक डा भट्टराईले ?

    संसार न्यूज संवाददाताभाद्र २९, २०७५

     

    विजय थापा डिसी । नेपालका पूर्वप्रधान मन्त्री डा बाबुराम भट्टराईसँग अमेरिकामा रहेका नेपाली समुदायले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेका छन् । डा भट्टराई नेपालबाट अमेरिका आई डिसी क्षेत्रको मेरिल्याण्ड राज्यमा नेपाली समुदायको पहलमा राखिएको अन्तरक्रियामा सहभागी भएका थिए ।

    डा.भट्टराईले पहिलो उदार प्रजातन्त्र तथा साम्यवाद भएका विश्वका विभिन्न राष्ट्रहरुमा संकटका मूल कारण के हुन् ? कसरी प्रजातन्त्रलाई नेपाल जस्तो मुलुकका अझ सहभागिता मूलक ,जिम्मेबार तथा समाबेसी बनाउन सकिन्छ भन्ने कुरा राखेका थिए । उनले नेपाल जस्तो मुलकले कसरी द्रुत गतिमा विकास गर्न सकिन्छ भन्ने उद्धेश्य सहित अमेरिकामा रहेका नेपाली समुदायसँग सुझाव सल्लाह र परामर्श लिनु रहेको बताएका थिए ।

    जीवन संगीनी तथा नेतृ हिसीला यमीसँगै अमेरिका भ्रमणमा रहेका डा. भट्टराईले नेपालको विकासको लागि रचनात्मक सल्लाह ,सुझावको अपेक्षा गर्दै आफ्नो जन्मथलोका लागि ज्ञान ,शिप, धन लगायतको लगानी गरेर देशको विकासमा सहयोग गर्न आग्रह गरेका थिए ।
    डा. भट्टराईले आफ्ना भनाई राख्ने क्रममा मातृभूमिप्रति अमेरिकाका नेपाली समुदायले गरेको माया र राष्ट्रप्रति देखाएको चासो को प्रसंसा गरेका थिए । छिमेकि मुलुकले द्रुत गतिमा विकास गरेको सन्दर्भ ल्याउदै अब सबै मिलेर समग्र देश विकासमा लाग्नु पर्ने विचार राखेका थिए ।

    डा. भट्टराईले आफ्ना कुराहरु राख्दै अहिलेको जस्तो विकास नभई नेपालले द्रुत गतिमा विकास चाहेको र आफूले पनि त्यस्तै विकास हेर्न चाहेको बताउँदै करिव एक महिने अमेरिका यात्रा रहने जानकारी गराएका थिए ।
    अमेरिकाको राजधानी वासिगटन डिसीबाट अमेरिकाको प्रथम यात्रा सुरु गरेर नेपालीहरुको जन घनत्व ज्यादा भएको शहर न्यूयोर्क, टेक्सास, बोस्टन लगायत राज्यहरुमा सम्भव भए सम्म पुग्ने बताएका छन् ।

    सोहि कार्यक्रममा राजदुत डा अर्जुन कुमार कार्की, महाबाणिज्यदूत प्रेम राजा महत, अमेरिका नेपाल सोसाइटी ,एनपीपीए, अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा) का अध्यक्ष गुणराज लुईटेल, खसोखासका प्रधानसम्पादक किशोर पन्थी, प्रा डा गोपी उप्रेती, बैज्ञानिकहरु, बिश्व बैंकमा कार्यरत नेपालीहरु, संचारकर्मी ,अमेरिकाका रहेको नेपाली इन्जिनियर्स संघका अभियन्ताहरु, बुद्धिजीवी, विभिन्न संघरसंस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

    समाजसेवी तथा व्यवसायी लोकनाथ तिवारीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रको समापन राजदुत डा कार्कीले गरेका थिए भने कार्यक्रममा डा भट्टराई ले आफ्ना कुराहरु राखेपछि सहभागीहरुले जिज्ञासा समेत राखेका थिए ।
    कार्यक्रम संचालन पत्रकार किशोर पन्थील गरेका थिए ।

     

    ७१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad