BizPati

आज : २०७५ कार्तिक २९ गते
Headlines :

मलेसियामा ट्यासीको ठक्करबाट गम्भीर रहेका बोहोराको मृत्यु

संसार न्यूज संवाददाताभाद्र २९, २०७५

२९ भदौ, बैतडी । सडक दुर्घटनामा परी मलेसियामा शुक्रबार (१४ सेप्टेम्बर) का दिन एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङ्गको केदारस्युँ गाउँपालिका– ५ बाँझका ३० वर्षीय मानबहादुर बोहोरा रहेका छन् ।

कोठाबाट कामका लागि कम्पनीतिर गइरहेका बेला जोहोरबारुमा सडक पार गर्ने क्रममा ट्याक्सीले ठक्कर दिएर गम्भीर भएका बोहोराको उपचारका क्रममा आज बिहान ७ बजे एक स्थानीय अस्पतालमा मृत्यु भएको मलेसियाबाट रमेश साउदले जानकारी दिएका छन् । बोहोरा विगत सात वर्षदेखि मलेसियाको सिनामो (सोफा) कम्पनीमा कार्यरत थिए । मृतक बोहोराको शव नेपाल ल्याउने तयारी गरिएको छ । मलेसियामा सडक पार गर्ने क्रममा धेरै नेपालीले अकालमै ज्यान गुमाउननुपरेको छ ।

८८ पटक
प्रतिकृया दिनुहोस्