BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ३ गते
    Headlines :
    Ad

    हरित उद्यमशीलता कार्यक्रममा अष्ट्रेलियाले सघाउने

    संसार न्यूज संवाददाताभाद्र २९, २०७५

    २९ भदौ, काठमाडौँ (रासस) । वन तथा वातावरण मन्त्रालयको हरित उद्यमशीलतामार्फत जीविकोपार्जन कार्यक्रममा अष्ट्रेलिया सरकारले आर्थिक तथा प्राविधिक सहयोग गर्ने भएको छ ।

    वनमन्त्री शक्तिबहादुर बस्नेतसँग आज भएको भेटमा नेपालका लागि अष्ट्रेलियाली राजदूत पिटर बडले उक्त प्रस्ताव राखेको मन्त्रालयले जनाएको छ ।

    यसअघि मन्त्री र राजदूतको भेटमा मन्त्री बस्नेतले जनताको जीवनस्तरमा सुधार गर्ने प्रकृतिका कार्यक्रम सञ्चालनका लागि सहयोगको आग्रह गरेका थिए । अष्ट्रेलियाले पहिलो चरणमा प्रदेश नं ३ र कर्णाली प्रदेशमा उक्त कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने जनाएको छ ।

    सो अवसरमा मन्त्री बस्नेतले स्थानीय तह, प्रदेश र सङ्घीय सरकारका बीचमा समन्वयमै काम भइरहेको बताउनुभएको उनका प्रेस संयोजक दयानिधिले भट्टले जानकारी दिए । मन्त्री बस्नेतले जीविकोपार्जनका लागि हरित उद्यमशीलता कार्यक्रमका लागि सङ्घीय सरकारका तर्फबाट आवश्यक समन्वय हुने विश्वास दिलाए ।

    मन्त्री बस्नेतले सरकार वन क्षेत्रबाट मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रमा प्रत्यक्ष योगदान पुग्ने गरी काम गर्ने दिशामा अघि बढेको पनि उल्लेख गर्दै वैज्ञानिक वन व्यवस्थापनमार्फत वन क्षेत्रको दिगो उपयोग गर्ने पक्षमा सरकार रहेको धारणा व्यक्त गरेका थिए ।

    भेटमा राजदूत बडले पहिलो चरणमा प्रदेश नं ३ र कर्णालीमा उक्त कार्यक्रम सञ्चालन गर्न चाहेको बताउँदै कर्णाली प्रदेशमा असोजको पहिलो हप्तासम्ममा अध्ययनका लागि टोली पठाउने बताए ।
    उनले नेपालमा भर्खरै मात्र सङ्घीयता कार्यान्वयनमा आएको भन्दै सङ्घीयताको संवेदनशीलता बुझेर सङ्घ, प्रदेश तथा स्थानीय तहका सरकारसँगको समन्वयमा कार्यक्रम सञ्चालन गरिने बर्ताका थिए ।

    ६५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad