BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ३ गते
    Headlines :

    जापान र मलेसियाबाट फर्केर भैसीपालनमा रेग्मी र हमाल

    संसार न्यूज संवाददाताआश्विन २, २०७५

     

    पहिलो त देशमा अब आधुनिक प्रविधि भित्र्याउनतिर सरकार लाग्नु पर्दछ । तर, सम्बन्धीत निकाय प्राय मौनजस्तै नै छ । देशमा संघीयता लागू भयो । स्थानीय सरकारहरू बनेका छन् । तर, स्थानीय सरकार र केन्द्र सरकारमा अधिकार कस्ले लिने भन्ने लगायतका अन्यौलमा रहेको देखिन्छ । केन्द्र सरकारले स्थानीय सरकारलाई अधिकार दिन जरुरी छ । स्थानीय सरकारले अधिकार पाएमा विकास अगाडि बढ्छ भन्ने मेरो सोचाइ हो ।

    जापानमा रहेका शुरेस रेग्मी र मलेसियाबाट ८ वर्ष अघि फर्केका नवराज हमालले व्यवसायिक रुपमा भैसीपालन सुरु गरेका छन् । जापानको टोकियोमा २ वटा रेष्टुरेण्ट सञ्चालन गर्दै आएका स्याङजा पुतलीबजार नगरपालिका वडा नं ५ का २७ वर्षीय शुरेस रेग्मी र ढडुवा ३ का ३१ वर्षे नवराज हमालले पुतलीबजार वडा नं ३ ढडुवामा २ करोड लगानीमा भैसी तथा गाईपालन व्यवसाय सुरु गरेका हुन् ।

    एनआरएन अभियन्ता तथा स्याङजा समाज जापानका वरिष्ठ उपाध्यक्ष समेत रहेका स्याङ्जा एग्रो रिसर्च सेन्टरका सञ्चालक शुरेश रेग्मीसँग गरिएको कुराकानी :

    भैसीपालन व्यवसाय नै किन, अन्य पनि गर्न सकिन्थ्यो नी ?
    हो, अन्य धेरै व्यवसाय छन् । तर, हामीले यहाँको सम्भावना र कृषि तथा पशुपालन पेशामा परिवर्तन ल्याउनुपर्छ भन्ने सोचेर लागेका हौँ । अबको युग भनेको आधुनिक प्रविधिको युग हो । परम्परागतलाई छोडेर आधुनिक र व्यवसायी बनौँ भन्ने हाम्रो प्रयास हो । अर्को कुरा यहाँको सम्भावना हेरेर यहि वरिपरिको क्षेत्रमा एग्रो टुरिजमको सोच पनि हामीले बनाएका छौँ । यसका लागि योजना र पूर्वाधारहरूको तयारी गर्ने क्रममा छौँ ।

    तपाईको फार्ममा कतिको संख्यामा भैसी र गाई रहेका छन् ?
    अहिले ९४ वटा उन्नत जातका गाई, भैसी र ४४ वटा पाडापाडी तथा बाच्छा बाच्छी छन् । धेरै दूध दिने भँैसीमा १५ लिटर र गाईहरू २० लिटरसम्म दूध दिने रहेका छन् । यसमा २ लाखसम्म पर्ने गाईभँैसी छन् । जसमा ५ वटा होलस्टेन गाई र ४५ वटा मुर्रा जातका दुहुना भैसी रहेका छन् ।


    हाल कति दूध उत्पादन गर्नुभएको छ र यसको बजार कहाँ हो ?
    हाल दैनिक ५ सय लिटर दूध उत्पादन गरिरहका छौँ । सुरु गरेको ९ महिना पछि पूर्वाधारहरू तयार गर्दा समय लागेकोले दुई महिना मात्र भयो दूध उत्पादन गर्न थालेको । हामीले उत्पादन गरेको दूध अन्यत्र दिन पाउँदैनौँ । दुईवटा डेरीलाई मात्र दिन सकेका छौँ । एउटा बाँडखोला प्रगतिनगरमा रहेको सुर्योदय सहकारीको अगाडि रहेको डेरी र अर्को स्याङ्जा भुम्तीमा रहेको रानाभाट डेरीलाई दिएका छौँ । बाँकी रहने केही दूध लोकल बजारमै लिटरको १ सय रुपैयाँमा बिक्रि गर्ने गरेका छौँ । डेरीलाई ९० रुपैयाँ लिटरमा दिएका छौँ । हाल दूध बिक्रि गरेर ३० प्रतिशत खुद मुनाफा गरिरहेका छौँ ।

    यत्तिमै सिमित रहनुहुन्छ की फार्म विस्तार गर्दै लैजानुहुन्छ ?

    होइन, हामीले अबको ३ देखि ५ वर्षको अवधिमा ५ सय गाईभैसी पु¥याउने लक्ष्य लिएका छौँ । त्यसबाट ५ हजार लिटर दूध उत्पादन गर्ने तथा त्यतिबेलासम्म १७ करोड लगानी पु¥याउने लक्ष्य रहेको छ । अहिले हामीले २ करोड मात्र लगानी गरेका छौँ । पछि नश्ल सुधार गरेर यहिबाट उन्नत जातका भैसीगाई उत्पादन गर्ने लक्ष्य लिएका छौँ । यसको नाम पनि रिर्सच सेन्टरनै भएकोले यसलाई अध्ययन अनुसन्धानस्थलको रुपमा विकास गर्दै लैजाने सोच बनाएका छौँ ।

    तपाईको फार्ममा कतिले रोजगारी पाएका छन् ?
    अहिले हामीले स्थानीय तथा विभिन्न जिल्लाका गरी १४ जना दाजुभाइलाई रोजगारी दिएका छौँ । अब फार्म क्षमता बढेसँगै रोजगारी पनि बढाउँदै लगिने छ । अबको ५ वर्षभिमा १५० जनालाई रोजगारी दिने हाम्रो लक्ष्य छ । हाल कार्यरत उहाँहरूले नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक देखि २५ हजार सम्म तलब खानु भएको छ ।

    सरकारी सहयोग पनि लिनुभएको छ कि ?
    छैन, अहिले हामीलाई कुनै सहयोग पनि छैन । हामीले गरेको मेहनत देखेर सरकारले आफैं मूल्यांकन गर्छ भन्ने विश्वास हामीलाई छ । हामीले केही समयमै जापानबाट उन्नत प्रविधि, जस्तै आधुनिक दूध प्याकिङ मशिन लगायतका प्रविधि भित्र्याउने साँेच बनाएका छौँ । अहिले दुई दिन राख्दा दूध फाट्ने अवस्था रहेकोले हामीले कम्तिमा १० दिन दूध प्याकिङ गरेर राख्न मिल्ने प्रविधि भित्र्याउन लागेका छौँ । त्यसमा सरकारले सहयोग गरिदिओस् भन्ने आशा राखेका छौँ ।


    कृषि तथा पशुपालन क्षेत्रमा कस्ता अप्ठ्यारा पाउनुभएको छ ?
    हामीले सुरु गर्दा त्यस्ता समस्या त पाएका छैनौँ । तर, कृषिमा सरकारका योजना सहि छैनन् । कृषिमा आएको रकम सहि ठाउँमा लगानी हुनसकेको छैन । पहुँच भएकाले मात्र पाएको जस्तो लाग्छ । आशालाई निराशामा लैजाने काम सरकारबाट भएको देखिन्छ । सम्बन्धीत निकायले यस्ता कुरामा ध्यान दिन जरुरी छ भन्ने लाग्छ ।

    देशमा सम्भावना छैन, काम गर्ने वातावरण छैन भन्ने गुनासाहरू भन्दै गर्दा तपाईहरूले यति ठूलो काम आँट्नु भएछ नी ?

    हामीले जहिले पनि अरुलाई दोष दिए मात्र हुँदैन । कृषिलाई दुःखी पेशा भनेर चित्रित गरिएको छ, समाजमा । हामी जस्तो व्यक्तिहरूले पनि यो पेशा गर्नुपर्छ भनेर लागेका हौँ । यहाँ सम्भावना धेरै छ । पहिलो, इच्छा हुनुप¥यो । दोश्रो त्यस सम्बन्धी ज्ञान हुनुप¥यो, तेश्रो योजना पनि चाहिन्छ । हचुवाका भरमा लगानी गर्दा सफल भइँदैन् लगानी मात्र डुब्छ । अहिले शान्ति सुरक्षा भएको अवस्था छ, देशमा । कुनै पनि अप्ठ्यारो छ, जस्तो लाग्दैन् । मैले व्यवसाय सुरु गर्नुभन्दा पहिले बुटवल, भैरहवा, चितवन, पोखरा लगायतका ठाउँमा खुलेका नाम चलेका गाई तथा भैसी फार्महरू अवलोकन पनि गरेको छु ।

    विदेशबाट फर्किएका युवाको शीप, पुँजी प्रयोग गर्न सरकारले के गर्नु पर्ला ?
    पहिलो त देशमा अब आधुनिक प्रविधि भित्र्याउनतिर सरकार लाग्नु पर्दछ । तर, सम्बन्धीत निकाय प्राय मौनजस्तै नै छ । देशमा संघीयता लागू भयो । स्थानीय सरकारहरू बनेका छन् । तर, स्थानीय सरकार र केन्द्र सरकारमा अधिकार कस्ले लिने भन्ने लगायतका अन्यौलमा रहेको देखिन्छ । केन्द्र सरकारले स्थानीय सरकारलाई अधिकार दिन जरुरी छ । स्थानीय सरकारले अधिकार पाएमा विकास अगाडि बढ्छ भन्ने मेरो सोचाइ हो । स्थानीय सरकारले अधिकार पाएसँगै स्थानीय जनताहरू त्यसै लाभान्वित हुन्छन् । उनीहरूका काममा बाधा आउँदैनन् । सबै क्षेत्रलाई सहज हुन्छ जस्तो लाग्छ । आफ्नै ठाउँमा बसेर सरकारको अभिवावकत्व पाएमा स्थानीय युवाहरूले देशको आर्थिक विकासमा ठूलो योगदान गर्न सक्छन्÷सक्छौँ भन्ने हाम्रो ठम्याइ हो ।

    ६९८ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad