BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ६ गते
    Headlines :

    विद्युत्गृहको कुलो बगाउँदा दुई सय घर अन्धकारमा

    (रासस)आश्विन २, २०७५

    २ असोज, भोजपुर  । पहिरोले विद्युत्गृहको कुलो बगाउँदा दुई सय घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन् ।

    भोजपुरको दक्षिणी भेगमा रहेका हतुवागढी गाउँपालिका–३ सिन्द्राङको छिरालिङ खोलाको २६ किलोवाट क्षमताको लघु जलविद्युत् आयोजनाको कुलो पहिरोले बगाउँदा गाउँ नै अन्धकार बनेको हो ।

    गत भदौं २९ गतेको अविरल वर्षाका कारण आएको पहिरोले करीब ५० मिटर कुलो बगाएको स्थानीयवासीको भनाइ छ । प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय घोडेटारको प्रहरी टोली त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । पहिरोमा कुनै पनि मानवीय क्षति नभएको पनि प्रहरीले जनाएको छ ।

    ५४ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad