BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ३ गते
    Headlines :

    मन्त्री लालबाबुलाई बुद्धि नभएको मन्त्री भनेपछि

    संसार न्यूज संवाददाताआश्विन २, २०७५


    सन्तोष न्यौपाने,बेल्जियम

    “त्यो हाम्रो बुद्धि नभएको छ नि एउटा मन्त्री,के रे नाम ?
    उपस्थितले “लालबाबु पण्डित” भनेर चिच्यार भन्छन्
    ” त्यो पण्डित, त्यो कम्निस्ट, म त्यस्ताको पक्षमा छैन।”

    नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बेल्जियममा हिजो आयोजित कार्यक्रममा दिएको मन्तव्य हो यो। जुन निकै तल्लो स्तरको र अनादर गरेर बोलिएको तुच्छ शब्द हो।

    नेपाली कांग्रेसका वरिष्ठ मानिएका नेता रामचन्द्र पौडेलले आफ्नै उमेरका अर्को पार्टीका नेतालाई यसरी सार्वजनिक रूपमा बोल्नाले पौडेलको राजनैतिक स्तरलाई प्रस्ट पारेको छ। उनले यो बोल्नु हुन्थ्यो वा हुन्थेन त्यो बहसको विषय बन्नुपर्दछ ।अझ नया मुलुकी एनको मातहतमा जाने हो भने यसरी गाली गर्न पनि पाइँदैन।तर पौडेलले मन्त्री पण्डितलाई सार्वजनिक रुपमा यसरी नै अपच शब्द सहित गाली दिए।

    नेपाली जनसम्पर्क समिति बेल्जियमले आयोजना गरेको १०५औं बिपि जयन्ति तथा अन्तरक्रिया कार्यक्रममा पौडेलले मन्त्री पण्डितको खिल्ली उडाएका थिए। जुननिकै लज्जास्पद र हास्यास्पद देखियो । एउटा छवि बनाएको नेताले यसरी बोल्नाले नेपाली कांग्रेसको शाख पक्का कमजोर हुनेछ।

    मन्त्री पण्डितले विदेशमा बसेर उतैको नागरिक बन्ने हरुलाई नेपालको नागरिकता प्रदान गर्न नहुने तर्क दिँदै आयका थिए। देशको नागरिकता त्याग गर्नेहरू प्रति बेला बेलामा उनी निकै रुष्ट नी हुने गर्दछन्। केही हदसम्म राष्ट्रवादको विषयमा यो सही पनि हुन आउँदछ । तर अर्को पार्टीको नेताले मन परेन भन्दैमा तथानाम गालि गर्न पक्का पनी अनुमति छैन।

    मन्त्री पण्डित कै कारण युरोपमा बसेर नेपालको पेन्सन पूरा गरेका वा गर्दै गरेकाहरुलाई झड्का दिएको थियो। त्यसबखत धेरैले उताको जागिर बाट बीचमै राजीनामा दिए।राजनैतिक पहुंच हुने र पेन्सन सुविधा लिन नजिक हुनेहरूले आफ्नो ब्यबस्था गरे।तर मन्त्री पण्डितको अडानले धेरैलाई जागिर छाड्न बाध्य चाहिँ बनायो जुन सम्मानजनक कार्य हो। यो कार्यको सबै नेताहरुले दिल खोलेर प्रसंसा गर्नु जरुरी देखिन्छ ताकि उनको खेदो खन्ने काम गरेर होइन।

    जनसम्पर्क समिति बेल्जियमको चरम गुटबन्दी भुमरीमा नेता पौडेल फसेका छन्।जसको उदारहण लक्जेम्बर्ग को कार्यक्रम लाई लिन सकिन्छ।नेपाली कांग्रेस केन्द्रको पत्रलाई पौडेलले मान्यता दिएनन्। जुन विवादको विषय बन्यो। पत्रमा समितिका पूर्व अध्यक्ष गंगाधर गौतम लाई केन्द्रिय प्रतिनिधि तोकेर युरोप महामन्त्री लेखिएको थियो।यही पत्र विवादको विषय बन्यो।तर पौडेलले गतिलो भूमिका खेल्न सकेनन। जसको फलस्वरूप वर्तमान महासचिव सुबास गुरुङ लगाएको देव पक्ष गुटले कार्यक्रम पूर्ण बहिष्कार गर्यो।

    विगतमा भाँडिएको समितिलाई एकतामा गाँस्ने काम गरेका पौडेल यो पाली भने चुके। आखिर विवाद केन्द्रित प्रतिनिधि तोकिएकोमा थिएन ।केवल थियो त युरोप महामन्त्री पद दिएकोमा थियो।

    मन्त्रीलाई अपशब्द बोल्ने र कार्यकर्ता मिलाउन नसक्ने नेता पौडेलले केन्द्रमा कस्तो भूमिका खेल्लानरुरुसहजै अनुमान लगाउन सकिन्छ ।उनको भूमिका सोचे भन्दा अवस्य फरक रहन्छ।पौडेल जस्ता नेताहरुलाई अब नेपाली कांग्रेसले आराम गर्न मौका दिनुपर्दछ। कांग्रेस भित्र रहेका थुप्रै पौडेल जस्तै नेताहरु अब बुढ्यौली जीवन आनंद संग बिताउनुपर्छ र बिताउनुपर्छ।

    नेता पौडेलले मन्तव्य दिँदा धेरै केपी ओलिको झल्को आउँथ्यो। लाग्थ्यो ओली को पनि ३ ओली पौडेल छन्।ओली टुक्का बढी गास्छन् तर पौडेल त्यो पारा ल्याउँदैनन्।तर गफको बाढीले ओली भन्दा पौडेल नै अगाडि देखिन्छन् ।जुन गफले नेपाल बन्दैन।नयाँ पिढी अगाडि बढ्दैन।यो बुढ्यौली लागेको पूर्ण संकेत हो।अब उहाँहरूले विश्राम लिएर नयाँ युवालाई पार्टीमा अगाडि सार्नुपर्दछ।

    नेपाली कांग्रेस अब पनि फिल्टर नहुने हो भने यस्तै वृद्ध नेताहरुले पार्टी सही दिशामा लैजान सक्दैनन। उनीहरूको सल्लाह लिँदै युवा पंक्तिले नेपाली कांग्रेस हाक्नुपर्दछ। आगामी महाधिवेशनबाट उमेर पुगेका नेताहरुले पार्टीबाट पेन्सन लिनुपर्दछ। तबमात्र नेपाली कांग्रेस केंद्र देखि विदेश स्थित शाखा सम्म सम्मानजनक र औचित्यसहितको हुनेमा दुइमत छैन।

    १६१ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad