BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ६ गते
    Headlines :

    अफगानिस्तानमा पोलियो देखा प¥यो

    संसार न्यूज संवाददाताआश्विन २, २०७५

    २ असोज, कान्दाहार (रासस/एपी) । अफगानिस्तानमा एक चौध महिने बालकमा पोलियो रोग देखा परेको छ । अफगानिस्तानको दक्षिण प्रान्त कान्दाहारको प्रान्तीय राजधानी कान्दाहार शहरबाट कैयौँ किलोमिटर उत्तरमा पर्ने इलाकामा एक बालकमा पोलियोको भाइरस रहेको देखिएको हो ।

    अफगानिस्तानमा यस वर्षको सुरुदेखि हालसम्म ११ जनामा पोलियो रोगको भाइरस देखापरेको सार्वजनिक स्वास्थ्य अधिकारीले मङ्गलबार जानकारी दिएका छन् ।

    प्रान्तीय राजधानी कान्हादार सहरकबाट उत्तरमा पर्ने एक क्षेत्र लोया वियालीमा एघार महिनै एक बालकमा सो रोग देखापरेको प्रान्तीय स्वास्थ्य निर्देशक अब्दुल कयुम पाख्लाले जानकारी दिएका छन् ।

    कान्दाहार शहरबाट कैयौँ किलोमिटर उत्तरमा पर्ने लोया वियालीमा खुल्ला शौचालयको प्रयोग हुने र सफा पानीको पनि अभाव भएको कारण सो रोग देखापरेको सरकारी अधिकारी जानकारी दिएका छन् ।

    गत अगस्तको सुरुमा नै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र युनिसेफको अफगानिस्तानभरी सुरु गरेको पोलिया विरुद्धको खोपकोे अभियानमा अफगान सार्वजनिक स्वास्थ्य मन्त्रालयले पनि सहयोग गरेको थियो ।

    पाँच दिनसम्म चलेको यस अभियानमा पाँच वर्षभन्दा मुनिका नौ लाख ९० बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइएको थियो ।

    ६० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad