BizPati

  • Ad
  • आज : २०७५ कार्तिक १ गते
    Headlines :

    फोनको घण्टी

    शेखर ढुंगेल, अमेरिकाआश्विन ८, २०७५

    मध्य रातमा ट्रिरिङ…ट्रिरिङ… फोनको घण्टी बज्यो । दिनभरको थकाइले चूर भएर मस्त निन्द्रामा परेको किरणका लागि त त्यो बमको धमाका जस्तै लाग्यो । मनमा धेरै आशङ्काहरूले परेड खेल्न थाले । हुन पनि सुखको खेती गर्न परदेशमा बसेको बिचरो किरणका लागि मध्य रातमा बजेका हरेक घण्टीले अशुभ समाचार मात्र सुनाउँदै आएका छन् ।

    दशक बितिसक्यो किरण लाहुरे बनेको । निम्न वर्गीय परिवारमा सानै छँदा बाबु गुमाएको किरणले आवश्यक शिक्षा पाउन सकेन । परिवारको जेठो छोरो थियो ऊ— तीन भाइ र दुई बहिनीहरूको शिक्षा, विवाह अनि विधवा आमाको रेखदेखमा भएको जग्गाजमिन केही बेच्यो त केही जमिनदारकोमा चर्को ब्याजमा धितो राखेको थियो । जागिर खोज्ने प्रयास शिक्षाको अभावमा सफल भएन । भारतीय र बेलाइती पल्टनमा कोसिस ग¥यो, सफल भएन । हुर्कंदै गरेका दुई सन्तानको खर्च पनि बढ्दै थियो । पहुँच, सिफारिस, कोसेली केही पनि जुटाउन नसक्ने किरणका मनमा भविष्यमा सुख पाउने र वर्तमानको माग पूरा गर्ने एउटै मात्र उपाय विदेश गएर मजदुरी गर्न जु¥यो ।

    निक्कै प्रयासपछि बल्ल अरबमा एउटा काम मिलेको थियो— भेडाका बथानसित लाप्पा खेल्दाखेल्दै दशक बितेको उसलाई पत्तै भएन । तर उसको शारीरिक, मानसिक र पारिवारिक अवस्थामा आएको उथलपुथलले भने किरणको जीवनले धेरै सुनामी पार गरिसकेको छ । धेरै आँधीका धक्काले किरणका आँसु सुकाइसकेको छ । कमजोर, शिथिल अनि नीरस किरण कसैको आशाको त्यान्द्रो मात्र भए पनि ऊ आफ्नै लागि आशावादी छैन । समयान्तरले उसका सपनाहरू बदलिएका छन् । उसका बाटाहरू भत्किसकेका छन्, उसको गन्तव्य अन्धकारतर्पm धकेलिएको छ ।

    यो घण्टीले पनि अशुभ समाचार नै लिएर आएको त होला नि ! उसमा फोन उठाउने चाहना रहेन । बरु प्रत्येक घण्टीसँगै ऊ अतीतमा फर्कियो ।
    लाहुर हिँडेको तेस्रो वर्षको एक रात बजेको घण्टीसँगै ‘घरको फोन आयो’ भनेर खुसीले उफ्रेर फोन उठाएको मात्र के थियो उताबाट किरणकी आमाले रुँदै सुनाइन्— जीवनमा सँगै बाँच्ने सँगै मर्ने बाचासहित सिन्दुर लाएकी किरणकी पत्नी सीताले किरणसित अब आशाभरोसा नरहेको भन्दै दुई नाबालक बच्चालाई सासूको जिम्मा लगाएर सुख खोज्न अर्कै पुरुषको हात समाती हिँडेको समाचार सुनाएकी थिइन् । त्यो रात पहिलो चोटि विदेशमा खुबै रोएको थियो किरण । उनीहरूकै सुख खोज्न आफ्नो जवानी धितो राखी मुग्लान पसेको किरणको भक्कानो छुटेको थियो त्यो रात । त्यसपछिका दिनहरू न निन्द्रा न भोकमा बित्तै गएका थिए । चाँडै घर फर्कने विचारले किरण अधिक काममा खट्न थालेकाले कमजोर बन्दै गएको थियो ।

    फर्कने इच्छा नगरेको होइन किरणले तर के गरोस् ? उसको लाहुर आउँदा लागेको ऋण तिर्दै थियो । कमाएजति साहूको ब्याज र स्याज अनि बच्चा र जीवनसँगिनीको खुसका लागि खर्चंदै किरण खाली हात थियो । खाली हात लिएर कसरी फर्कने ? केही कमाउने अनि स्वदेश गएर केही गर्ने सोचेर किरण मरुभूमिको रापमा पिल्सिएर काम गर्दै जीवनयात्रा लम्ब्याउँदै थियो— आफ्ना सबै खुसी, यौवन र उमङ्गलाई खरानी बनाएर ।
    केही महिनापछि एक रात यसरी नै आफ्नी जन्म दिने आमा र मातृभूमि सम्झेर आँसु झार्दाझार्दै निदाएको थियो ऊ । ट्रिरिङ…ट्रिरिङ… को आवाजसँगै उसले झम्टेर फोन उठायो । उताबाट आएको भाइको आवाजमा ‘दाइ, आमाले तपाईंको बाटो हेर्दाहेर्दै यो संसार छोडेर जानुभयो आज… …’ भत्रे बाक्य के सुनेथ्यो थप सुत्रे र सोध्ने साहस भएन । उसका आँखाबाट बलिन्द्र आँसु टप्किन थाले, हात–खुट्टा कामे, रातभर रोयो, छटपटायो । मरुभूमिको गोठमा उसको रोदन सुत्रे अनि सान्त्वना दिने को थियो र ? जीवनको बाँकी यात्रा अब पूरा भएजस्तो लाग्यो किरणलाई । ऊ काममा पनि गएन त्यो दिन । साहूले नोकरीबाट निकालिदियो । उसलाई बिस्मात लागेन किञ्चित् पनि । घर फर्कने सोचेको थियो तर के गरोस्— भएको पैसा अस्ति मात्र आमालाई दशैँ मनाउन पठाएको थियो । हवाईखर्चसमेत थिएन । चिनेका साथीहरूसित बिन्ती ग¥यो, साथीहरूको पनि व्यथा उस्तै थियो ।

    फर्कने खर्चकै लागि किरण फेरि अर्को ठाउँमा काम गर्न थाल्यो । आमालाई सम्झेर घरीघरी रोइरहन्थ्यो किरण ।

    दिन साहूको ऋणको हिसाब ग¥यो— सावाँ जति त ब्याजमै तिरिसकेको रहेछ किरणले । आफ्नो बास भएको घरजग्गा मात्र फिर्ता पाए पनि गाउँ फर्कने र त्यहीँ मर्ने इच्छा सुनाएको थियो केही दिनपहिले साहूलाई फोन गरेर किरणले । साहूले कुनै जबाफ नदिई फोन राखेको थियो । किरण विक्षिप्त हुँदै ‘मरुभूमिमै मरिने हो कि, बालबच्चाको के हाल होला’ भनी सोच्दै पिल्सिरहेको थियो । दिनप्रतिदिन अशक्त पनि हुँदै गएको किरणको निन्द्रामा समेत आशावादी हुने सपनाहरू आउन छाडिसकेका थिए ।

    ट्रिरिङ…ट्रिरिङ… घण्टी बजि नै रहेको थियो । किरणको मस्तिष्कमा अनेकौँ अशुभ कुरा खेलिरहेका थिए । एउटा ट्रिरिङ…ट्रिरिङ… नसकिँदै अर्को पटक फेरि बज्न थाल्यो । किरण झन् अत्तालियो— पक्कै केही अशुभ भयो र त्यसको खबर आयो भनेर । मनले नमानीनमानी फोनमा हात पु¥यायो किरणले ‘हेल्लो’ भत्र भ्याएको थिएन, उताबाट कुरो सुरु भइहाल्यो— … । यस्तो खबर आउला भनेर त किरणले कल्पनासमेत गरेको थिएन । फेरि एक पटक किरणका आँखाबाट तरर आँसु बगे । …साहूजी, साहूजी । …किरण बोल्न सकिराखेको थिएन । उताबाट साहूजी बोल्दै थिए… । जिज्ञासा नै जिज्ञासाले किरणका मनमा प्रश्नहरूको बाढी ल्याएको थियो । आज पनि उसको निन्द्राले बिदा लियो ।

    किरण आफ्नो गुन्टा बाँध्न थाल्यो । आँखाबाट आँसु बग्न रोकिएको थिएन । … बिहान सबेरै राताराता आँखा लिएर ऊ साथीको कोठामा पुग्यो । सबैसित अङ्कमाल गरेर बिदा माग्यो । साथीहरूलाई विश्वासै भएन किरणको कुरामा, उनीहरूले शुभयात्राको कामना गरे । धेरै वर्षपछि किरणको आँखाबाट खुसीको आँसु झरेको थियो । किनकि किरणको साहूले उसको परिवारको बेहाल देखेर किरणलाई ‘स्वदेश फर्कोस्’ भनेर घरजग्गा फिर्ता मात्र पठाएका थिएनन्, मरुभूमिको पोस्ट बक्समा हवाईजहाजको टिकटसमेत पु¥याइदिएका थिए ।

    १६५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad