BizPati

  • आज : २०७५ पौष ३ गते
    Headlines :

    लोक गायिका बन्जाडेको ‘खुशियाली दशै’ सार्वजनिक (भिडियोसहित)

    संसार न्यूज संवाददाताआश्विन ९, २०७५

    लोक गायिका तथा रचनाकार शुसिला बन्जाडेको दशै गीत‘खुशियाली दशै’ बोलको भिडियो बजारमा सार्वजनिक भएको छ ।
    बन्जाडेको आफनै शब्द रचना रहेको गीतमा लोकगायिका शुसिला बन्जाडे र मधुसूदन बन्जाडेको स्वर रहेको छ ।
    ‘खुशियाली दशै’ बोलको गीती एल्बम ‘जनता डिजिटल एन्ड फिल्म’ दशैको भावलाई समेटेर तयार पारिएको हो ।

    साझा संगीत प्रस्तुति मार्फत बजारमा सार्वजनिक भएको उक्त भिडीयोलाई निर्देशन निर्मल क्षेत्रि, र दिपक गिरीले भिडियो छायांकन गरेका छन भने एरेन्जमा सुदिप सागर, अभिनय तर्फ निर्मल क्षेत्री, सृजना रेश्मी मगर , तिलक र बालकलाकार आयम लम्साल रहेका छन् भने अमृत चापागाईंले सम्पादन गरेका छन ।

    बन्जाडेले विगतका दिनमा पनि आफ्ना धेरै लोक गितहरु बजारमा सार्वजनिक गर्दै आईरहेका छन ।

    सुशीला बन्जाडेको खुसियाली दशै, यसपालीको दशै गीत बजारमा आइसकेको छ जुन गीतले लाखौं लाख नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको मर्म ,पिडा दुःखका भावनालाई समेट्ने प्रयास गरिएको छ सबै हेरेर भरपुर आनन्द लिनुहुने छ अनि लाइक र शस्क्राइब तथा शेयर गर्न नभुल्नु होला ।

    ३९७ पटक
    प्रतिकृया दिनुहोस्