BizPati

  • आज : २०७५ पौष ३ गते
    Headlines :

    अनुराग, छिरीङ र कथा काठमाडौंमा कसले तान्ला दर्शकको मन ?

    संसार न्यूज संवाददाताआश्विन १२, २०७५

    सधैको शुक्रबार भन्दा अलि विशेष ठानिएको असोज महिनामा पछिल्ला शुक्रबार ‘चलचित्र रिलिज’ हुने चाप अति नै बढि नै हुन्छ । यो शुक्रबार पनि नेपाली सीने नगरीका तीन रचना दर्शकका लागि सार्वजनिक भएका छन् ।

    केहि महिनादेखि नै विभिन्न कोणबाट बहसमा रहेको प्रियंका कार्की अभिनित ‘कथा काठमाडौं’ पनि सुक्रबार सार्वजनिक भएको छ । श्रीमती तथा नायिका एलिजा गौतमको अन्तवार्ता आफै लिएर पत्रकार ऋषि धमलाले पृथक प्रचार गरेको अनुरागले प्रियंकाको ‘कथा काठमाडौं’ सँग प्रतिश्पर्धा गर्ने मन बनाएको छ ।

    नयाँ निर्देशकका रुपमा ‘डेब्यु’ गरेका गायक यस कुमारले निर्देशन गरेको ‘छिरीङ’ पनि ‘कथा काठमाडौं’ र ‘अनुराग’ सँगसँगै हलमा प्रवेश गरेको छ ।

    ‘ रातका कुरा गरेर प्रियंका कार्कीले दर्शकलाई हलसम्म तान्ने प्रयोग गरेको ‘कथा काठमाडौं’ शुक्रबारको दुईवटा सो मा हल ‘हाउस फुल’ भएको बताइएको छ । रीयल लाइफमा हिरो आयुश्मान देशराजसँग रील लाइफमा प्रिंयंकाले गरेको स्क्रिन सेयर कति फलदायी होला हेर्न साता कुनै पर्छ ।


    उता ‘मैले छोएको पानी चल्दैन्’ जस्ता मीठा सदाबहार गीत गाएर मनमनमा बसेका यस कुमार ‘छिरीङ’ मार्फत जनजनको मनमा बस्न सक्लान् नसक्लान आजै भन्न सकिन्न ।

    १५९ पटक
    प्रतिकृया दिनुहोस्