BizPati

  • Ad
  • आज : २०७५ आश्विन ३१ गते
    Headlines :

    ‘मौरीको घार लगेर सिंहदरबारमा छोड्ने अवस्था आएको छ’

    संसार न्यूज संवाददाताआश्विन १३, २०७५

    कालोबजारी गरिएको मलखाद किनेर उत्पादन गर्ने कृषक कसरी प्रतिस्प्रर्धा गर्न सक्छ ? यदि युवालाई कृषि पेशामा टिकाइ राख्ने हो भने यस्ता वस्तुहरूको आयात रोक्नु पर्दछ र किसानलाई बिना झन्झट सहुलियत दरमा ऋण दिनुपर्छ । तर अहिलेको अवस्थामा कृषि पेशा भनेपछि बैंकहरूले ऋण दिन मान्दैनन् ।

    कैलाली, गौरीगंगा नगरपालिका वडा नं ९ का मोहनराज खनाल एकदशक देखि मौरीपालन व्यवसायमा लाग्दै आएका छन् । १० वर्षदेखि मौरीपालनमा लाग्दै आएका ३४ वर्षे उनी सुरुका ५ वर्ष मौरीपालन सम्बन्धी अध्ययन अनुसन्धानमा लागे । त्यसपछि व्यवसायिक रुपमा मह उत्पादन गर्दै आएका छन् । कैलालीको मसुरियामा रहेको उनको मौरी फार्ममा हाल ५० लाख लगानी पुगिसकेको छ भने मौरी पालन व्यवसायबाट बार्षिक १० लाखको मह उत्पादन हुने खनाल बताउँछन् ।

    मौरीपालन व्यवसाय गर्दा सबैभन्दा पहिला व्यवसाय गर्ने इच्छा र चाहना हुनुपर्ने र दोश्रो कृषि पेशाप्रति सन्तुष्ट र समर्पित हुँदै त्यसैलाई उद्देश्य बनाएर अघि बढ्दा सफल हुन सकिने उनी बताउँछन् । मौरीपालक महासंघका केन्द्रीय महासचिवसमेत रहेका खनालसँग ऐक्यबद्धताका लागि चन्दा थापाले गरेको कुराकानी :

    मौरीपालन व्यवसाय कसरी सुरु गर्नुभयो ?
    सबैभन्दा पहिलो कुरा त व्यवसाय गर्ने इच्छा र चाहना हुनुपर्दछ । त्यसपछि कृषि पेशाप्रति सन्तुष्ट बनेर लागि पर्नु पर्दछ । मैले त्यसरीनै व्यवसाय सुरु गरेको हुँ । केहि वर्ष मौरीको बारेमा अध्ययनमै सिमित रहेँ । ५ वर्षदेखि व्यवसायिक रुपमा फाइदा लिइरहेको छु । हाल ५० लाख लगानी पुगिसकेको र बार्षिक १० लाख जति आम्दानी गरेको छु ।


    मौरीपालक महासंघमा कति मौरीपालक किसान आबद्ध छन्, मौरीपालक कृषकहरूका साझा समस्या के पाउनुभएको छ ?

    हामी महासंघमा ५२ सय मौरीपालक कृषक रहेका छौँ । मुख्य समस्याहरू भनेको सरकारी तथा गैरसरकारी संस्थाबाट हुने गरेको मौरी पालन कार्यहरू व्यवसाय उन्मुख छ्रैनन् र लक्षित वर्गको पहुँच नै छैन । साथै धेरै सरकारी कार्यक्रमहरू कागजमै मिलाएर खाने, अनुदानमा वितरण गरिने मौरी गोला तथा घारहरू गुणस्तरीय नहुने, मौरी सकिनु, अनुदानका कार्यक्रमहरू समयमा नहुनु र बेमौसममा कार्यक्रम हुनु, मौरी चरनका लागि उचित यातायातको व्यवस्था नहुनु, छिमेकी राष्ट्रबाट भित्रने गुणस्तरहीन मौरी घार तथा महका कारण नेपालका कृषक मारमा पर्नु, मौरी घार बनाउन प्रयोग गरिने काठ सर्वसुलभ रुपमा नपाउने र महँगो रहेको, सरकारी क्षेत्रबाट मौरीपालनमा लगानी न्यून हुनु, तोरीको फूलमा जथाभावी विषादी प्रयोग गरिनुका साथै गुणस्तरीय रानी उत्पादन नहुनु लगायतका यावत समस्या रहेका छन् ।

    यो व्यवसायको मुख्य समस्या तथा चुनौती के हुन् र संघले कसरी त्यसको समाधान गर्ने प्रयास गरेको छ ?
    हामीले पटक–पटक मन्त्रालय, विभाग लगायतका सम्बन्धीत निकायमा मौरीपालक किसानका समस्याहरू पु¥याउने गरेका छौं । तर सुनुवाइ नहुँदा अब यहि अवस्था रहेको खण्डमा मौरीको घार बोकेर सिंहदरबारमा लगेर छोड्ने अवस्था आएको छ ।


    उत्पादन गरेर बिक्रि नहुँदा मह फाल्नु परेको, मौरीलाई नै खुवाउनु परेको अवस्था आएको पनि बताइन्छ नी ?
    नेपालमा उत्पादन हुने भन्दा बढी मह भारतबाट आउँछ । त्यहि भएर पनि नेपाली महले बजार नपाउने समस्या भएको छ । भारत सरकारले कृषिका हरेक क्षेत्रमा ५० देखि १०० प्रतिशत सम्म अनुदान दिने गरेको छ । हाम्रो यहाँ अनुदान लिनका लागि २५÷३० प्रतिशत सम्म घुस खुवाउनु पर्छ । उत्पादन खर्च बढ्छ र मुल्य पनि बढी पर्छ । त्यसैले कहिलेकाहिँ बिक्रि गर्न गा¥हो हुन्छ । त्यसबाहेक मह बिक्रिमा खासै समस्या छैन । नेपाली मह राम्रो भनेर बुझेका उपभोक्ताले हाम्रो मह ५ सय देखि १ हजार रुपैयाँ सम्ममा किनेर खाने गरेका छन् । हामी सुदुरपश्चिमको मह बजारमा पु¥याउन सक्दैनौँ ।


    कुन–कुन जिल्लामा मौरी पालक किसान बढी छन् ?
    सबैभन्दा बढी मौरीपालन चितवन, दाङ, नवलपरासी, सर्लाही, कैलाली, कपिलवस्तु, रुपन्देही लगायतका जिल्लामा हुने गरेको छ । मेलीफेरी भन्ने र सेराना मौरी डडेल्धुरा, बैतडी, स्याङ्जा, पाल्पा, धादिङ, लगायतका जिल्लाहरूमा बढी छ ।

    मौरीपालकका लागि सरकारले के गरिदिएमा यो व्यवसाय फस्टाउने थियो, होला ?
    सबैभन्दा पहिला त सरकारले मौरीपालनको सम्भाव्यता अध्ययन गर्नुप¥यो । दोश्रोकुरा चरन यात्राको निर्माण गरी कहाँ कति मौरीलाई पाल्न सकिन्छ भन्ने अध्ययन हुुनुप¥यो । मौरीघार उत्पादन गर्ने फर्महरूलाई घार बनाउन आवश्यक पर्ने काठ सरकारी मूल्यमा उपलब्ध गराउनु पर्छ । हाल एउटा घार खरिद गर्दा ३ हजार देखि ३५ सय सम्म पर्छ । सरकारी मूल्यमा काठमाडौँमा २ हजार २५ सयमा पाइन्छ । भारतबाट आउने मौरी घार तथा मह लगायतका सामग्री रोक्नुपर्ने र रोक्न नसके भन्सार कर बढाउनु पर्दछ । प्रत्येक प्रदेशमा एउटा गुणस्तरीय रानी उत्पादन केन्द्र बनाउन जरुरी छ । सरकारी तथा गैरसरकारी क्षेत्रबाट हुने कार्मक्रमको महासंघ सम्मिलित अनुगमन समिति बनाई अनुगमन गर्नुपर्छ । नेपालमा गुणस्तरीय महका लागि ल्याब सञ्चालन गर्नुपर्छ ।

    अहिले देशभरीका मौरीपालक किसानले कति मह उत्पादन गरेको तथ्याङ्क महासंघसँग छ ?
    मैले बार्षिक २५ देखि ३० क्विन्टल उत्पादन गर्छु भने देशभरी २ हजार २५ सय मेट्रिक टन मह उत्पादन हुने तथ्याङ्क रहेको छ ।

    महको बजार कहाँ कहाँ छ र यसको अन्तर्राष्ट्रिय बजारका लागि संघले केही पहल गरेको छ की ?
    सबैभन्दा ठूलो महको बजार भनेको काठमाडौँ नै हो । त्यसपछि पोखरा लगायतमा हाम्रो मह बिक्रि हुने गरेको छ । हाल नेपालमा उत्पादन भएको महको विदेश निर्यात गर्नुपर्ने अवस्था नरहेको तथा नेपालको महले नपुगेर भारतबाट आयात हुने गरेको छ । र, अन्तर्राष्ट्रिय बजारमा नेपाली महको माग आएपनि हामीसँग प्रर्याप्त मात्रामा मह उत्पादन भइनसकेको अवस्था छ । विदेश निर्यात गर्नका लागि मापदण्ड पूरा गर्न हामीसँग ल्याब समेत नरहेकाले त्यसका लागि पनि पहल गरिरहेका छौँ ।

    रोजगारीको अवस्था नभएको भन्दै युवा विदेश जाने क्रम बढीरहेको बेला तपाईलाई विदेश जान मन लाग्दैन् ?
    म सँगैका साथीहरू विदेश गएर धेरै पैसा कमाइसकेका छन् । तर, म भने फाइदा नहुने कृषि पेशामा लागेको छु । मेरो फर्ममा काम गर्ने हाल ३ जना प्राविधिक छन् र मैले उनीहरूलाई सबैजनाको लागि प्रतिमहिना ५० हजार तलब दिन्छु । आफूलाई थोरै पैसा कमाए पनि उनीहरूको रोजीरोटी चलेको छ । र म त्यसमै सन्तुष्ट छु । देशभरका कृषकसँग चिनजान भएको छ । विदेश गएर श्रम गर्ने साथीहरूले पैसा त कमाएका छन् । तर, तिनीहरूमा कसैमा मानसिक तनाब, कसैको पारिवारिक तनाब, कसैको घरवार भताभुङ्ग भएका छन् । त्यसैले पैसाले सबैथोक किन्न सकिदैँन । यस्ता पीडाबाट मुक्त छु । विदेश जाने मोह मैले राखेको छैन् ।

    तपाई जस्तै देशमा रहेका र विदेशबाट फर्केका युवाहरूले गर्न सक्ने व्यवसायहरू के के छन् र सम्भावना के के देख्नुहुन्छ ?
    सम्भावना त कति छ, कति । त्यो काम पूरा गर्नका लागि मुख्य जिम्मेवार सरकार हुनुपर्छ । कुनैपनि कृषि पेशा भारतीय बजारमा भरपरेको अवस्था छ । नेपालमा मौरीपालन, केरा खेती, माछापालन, तरकारी खेती लगायतको पेशामा राम्रो उत्पादन लिन सकिन्छ । तर, नेपालमा उत्पादन हुने बस्तुहरूको लागत खर्च बढी हुन्छ र महँगोमा बेच्नुपर्ने अवस्था छ । तिनै उत्पादनहरू भारतबाट विना भन्सार प्रवेश गर्छ र सस्तोमा बिक्रि हुन्छ । अब तपाई आफै भन्नुस्, ५० देखि १०० प्रतिशत अनुदान दिने ठाउँमा उत्पादन भएको वस्तु र अनुदान त के कालोबजारी गरिएको मलखाद किनेर उत्पादन गर्ने कृषक कसरी प्रतिस्प्रर्धा गर्न सक्छ ? यदि युवालाई कृषि पेशामा टिकाइ राख्ने हो भने यस्ता वस्तुहरूको आयात रोक्नु पर्दछ र किसानलाई बिना झन्झट सहुलियत दरमा ऋण दिनुपर्छ । तर अहिलेको अवस्थामा कृषि पेशा भनेपछि बैंकहरूले ऋण दिन मान्दैनन् ।

    स्थानीय सरकारले तपाईजस्तै पेशा व्यवसाय गरेर बसेका युवालाई कस्तो सहयोग गर्दै आएको छ ?
    यतिबेला देश संघीतामा गइसकेको अवस्थामा जनप्रतिनिधिहरू नयाँ आएका र कसैले राम्रो सहयोग गर्ने गरेको पाइन्छ भने कसैले कृषिको ‘क’ पनि नसुन्ने गरेको पाइएको छ । मेरो स्थानीयतहको कुरा गर्दा कृषिमा खासै चासो नभएको देखिन्छ । जनप्रतिनिधिहरू व्यापारी प्रवृत्तिका रहेका छन् ।

    ३१९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad