BizPati

  • Ad
  • आज : २०७५ आश्विन ३१ गते
    Headlines :

    दास बनेर गुट हुइँया गर्ने कि, एकतालाई बलियो पार्ने ?

    नीलकण्ठ तिवारीआश्विन १४, २०७५

    आलोचना, आत्मालोचना र रुपान्तरणको पद्दतिलाई धेरै पर धकेलेपछि न नेता ठेगानमा बस्ने, नत नीति सहि बनाउन सकिने । अहिले यो रोग भाइरस बनेर सर्न थालेको छ । पद भनेको अहंकार गर्ने औजारजस्तो ठान्ने, कुर्सी भनेको डण्डा र आदेशको श्रोत मान्ने र हैसियत भनेको पुरानै राजकिय ठांटबाट सम्झने आदतले हाम्रो नेतृत्व पंक्ति प्रभावित छ र यो भाइरस पनि विभिन्न तहमा मनोबृत्ति बनेरै सल्किरहेको छ । अहिलेको वर्तमान अवस्थाको प्रमुख कारक नै यहि हो भन्नुमा  दुईमत छैन होला ।

                               ……………………………………………………………….

    पार्टीलाई देश र जनताको हितमा डो¥याउने हो भने विधि, निधि र पद्दतिमा चल्ने बनाइनु पर्दछ । यसरी चलाउन सकियो भने गुट भत्केर रुपान्तरणमा जान बाध्य हुन्छन् । आफ्नो व्यक्तिगत स्वार्थ छैन भने विधिमा बाँधिएर चल्न नेताहरु तयार हुनै पर्दछ । वरिष्ठ नेता कमरेडले भनेजस्तो ‘सहमति र समझदारी लत्याएर एकलौटी गर्ने स्थितिको अन्त्य’ हुन सक्छ भने ‘दुई चार दिन पनि धैर्य गर्न नसकेर बहाउका अभिव्यक्ति दिने’ स्वयम कमरेड माधबकै प्रवृत्ति पनि रुपान्तरण हुन सक्छ । यतिबेलाको बहकाउ र उत्तेजनाले आखिर कसलाई फाइदा गर्छ !

     

    ‘नेकपामा एकता नटुगिंदै विवाद,’ ‘नेकपा लगभग फुटको संघारमा’ ‘संसदमा जुहारी–न्युयोर्कबाट दोहोरी’ ‘घोषित प्रदेश कमिटी अमान्य’, ‘पार्टीभित्र चर्काचर्की’, लगायतका शिर्षकहरुमा ठूला अखबार र अनलाइनहरुले यतिबेला अनेपक्षित हौवा बढाइरहेका छन् । देशभित्र परिवर्तन संस्थागत गर्न नचाहेको पुरानो शक्ति र सत्ताबाहिर थुक निलेर बसेको अर्को शक्तिको विचमा जसरी पनि दुईतिहाई भाँड्न घोषित र अघोषित समझदारी यतिबेलै देखिएको छ । सामाजिक संजालमा उत्तेजनात्मक अभिव्यक्तिमा लाइक बढाउने, कानेखुसी सल्काएर रोमान्सको अनुभुति गर्ने प्रवृति एकातिर देखापरेका छन भने अर्कातिर एकताको टुसामै धमिरो पस्यो भनेर आत्मरती गर्ने, एकता भाँड्नका लागि न्वारानदेखिको बल लगाएर हम हम गर्ने र अन्तत एकता टुटाउने प्रयासहरु सोचेभन्दा बढी संगठीत भएका छन् । यो भन्दा पनि अघि बढेर पुरानो खुकुरी दल नयाँ र सुसुस्त पाराले आएको हो कि भन्ने छनक बलत्कार र एसीड काण्डहरुले दिइरहेकै पनि छन् ।

    हाम्रो नेपाली राजनीति सहमतिका हिसावले समाजवादतर्फ प्रतिबद्ध भनिएको हो र प्रमुख दलहरुले संविधानमै यो शब्द लेखेका पनि हुन तर अर्थ राजनीतिको बर्तमान संरचना प्रगतिशिल पुँजीवादीे आधार तयगर्न लायक समेत बनाउन सकिएको छैन । राजनैतिक नेतृत्वको मानसिकतामा गणतान्त्रिक संस्कृति देखापर्न नसकेका कारण अर्थ व्यवस्थापनको पुरानो चक्र डगमग हुन सकेको छैन । नेपाल कम्युनिष्ट पार्टीले क्रान्तिको बाँकी कार्यभारलाई पुरा गर्दै अघि बढ्ने कुरा भनिरहेकालनैे जनतामा आशाबादीता देखीएको हो । २००६ सालदेखि थाँती रहेको राष्ट्रियता, जनतन्त्र, र जनजीविकाका आधारहरुलाई सुदृढ बनाउन नसकिएको परिस्थितिमा नेकपा नेतृत्वको दुई तिहाइ बहुमतको सरकारलाई यी आधारभूत पक्षको साथै जनचाहनालाई सम्बोधन गर्ने ऐतिहासिक अबसर अहिले प्राप्त भएको छ । यो अवस्थामा नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रिया नै धरापमा पर्न थालेको खबरले तमाम प्रगतिशिल, देशभक्त आम जनसमुदायलाई चिन्तित तुल्याएको छ ।

    व्यवस्था वदलिए पनि अवस्था बदलिएन, नेतृत्व नयाढंगले आएपनि कार्यशैली परिवर्तन भएन, दलहरु बलिया छौं भनेपनि जनताको मनोबल कमजोर रह्यो । यो टिप्पणी आम रुपमा आइरहेको छ । वास्तवमा यहि सत्यलाई चुनौतीको रुपमा लिदैं नेपालको कायापलट परिवर्तनका लागि जनताले ‘अभिमतको क्रान्ति’ सम्पन्न गरी झण्डै दुई तिहाई मत दिएका हुन् । नेतृत्वमा पुगेपछि आधार, सतह र प्रतिबद्धता बिर्सने पुरानो रोगले नेकपाका नेताहरु गाँजिनु हुँदैनथ्यो । त्याग, निष्ठा, बलिदानी र समपर्णका मुल मान्यतामा नीति, विधि र पद्दति बनाएर नेतृत्व चयन गर्ने संस्कार बसालिनु पर्दथ्यो । यद्यपी एकताको अनिवार्य आवश्यकता यी सबै कुरा नापेर, तौलेर, जोखेर भनेजस्तो हुन सम्भव भने थिएन । तर, आवस्यकता परिहाल्यो भन्ने बहानामा आफूलाई केन्द्र बनाएर उपकेन्द्र र सहकेन्द्रहरु संचालन हुने स्थितिबाट मुक्त पार्न नसकिएको छर्लगंै भएको छ ।

    आलोचना, आत्मालोचना र रुपान्तरणको पद्दतिलाई धेरै पर धकेलेपछि न नेता ठेगानमा बस्ने, नत नीति सहि बनाउन सकिने । अहिले यो रोग भाइरस बनेर सर्न थालेको छ । पद भनेको अहंकार गर्ने औजारजस्तो ठान्ने, कुर्सी भनेको डण्डा र आदेशको श्रोत मान्ने र हैसियत भनेको पुरानै राजकिय ठांटबाट सम्झने आदतले हाम्रो नेतृत्व पंक्ति प्रभावित छ र यो भाइरस पनि विभिन्न तहमा मनोबृत्ति बनेरै सल्किरहेको छ । अहिलेको वर्तमान अवस्थाको प्रमुख कारक नै यहि हो भन्नुमा दुईमत छैन होला ।

    पार्टी अध्यक्षद्धय विदेशबाट फर्केपछि सचिवालय बस्ने र स्थायी समितिमार्फत जिम्मेवारी तोक्ने भनेर विदेश गएका बेला एक व्यक्ति दुई प्रमुख जिम्मेवारी कसैलाई नदिने, विधि, नीति र पद्दति भन्दा कोही माथि नरहने तथा प्रदेश र जिल्लामा प्राकृतिक वरिष्ठलाई स्वत जिम्मेवारी दिने भन्ने नेतृत्वतहको समझदारी विपरीत सचिवालयबाटै प्रदेशको कार्यविभाजन गर्ने हतारोले पार्टी एकता सुदृढ नहुने कुरो वरिष्ठ नेता कमरेडले बताएको विषय बाहिर सार्वजनिक भएका छन् । वरिष्ठ नेता विदेशबाट फर्के लगत्तै उहाँले आयोजना गरेको दसैं नआइसक्दैको चियापानलाई ‘निकै हतारो’ भन्ने विश्लेषण पनि आइरहेका छन् । त्यतिमात्र होइन, प्रधानमन्त्री तथा पार्टीअध्यक्ष निकट जिम्मेवार कमरेडहरुले वरिष्ठ नेता कमरेडलाई लक्षित गर्दै ‘पतन निम्त्याउन चाहेको’ टिप्पणी गरीएको छ । सामाजिक संजालहरु शत्रु हसाउने हिसाबले उग्रभाषामा देखा परेका छन् । जनताको मनोबल गिर्दा कस्तो समस्या आइपर्छ भन्ने कुराको कुनै प्रवाह, हेक्का, र ख्याल गरिएको देखिदैन ।

    नेकपामा गुटैगुट भनेर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको गुट, कमरेड प्रचण्डको गुट, कमरेड माधवको गुट, कमरेड वामदेवको गुट, कमरेड नारायणकाजीको गुट र कमरेड रामबहादुर (बादल) को गुट भनेर केही दिनदेखि अखबारहरु रंगिइरहेका छन् । पार्टीलाई देश र जनताको हितमा डो¥याउने हो भने विधि, निधि र पद्दतिमा चल्ने बनाइनु पर्दछ । यसरी चलाउन सकियो भने गुट भत्केर रुपान्तरणमा जान बाध्य हुन्छन् । आफ्नो व्यक्तिगत स्वार्थ छैन भने विधिमा बाँधिएर चल्न नेताहरु तयार हुनै पर्दछ । वरिष्ठ नेता कमरेडले भनेजस्तो ‘सहमति र समझदारी लत्याएर एकलौटी गर्ने स्थितिको अन्त्य’ हुन सक्छ भने ‘दुई चार दिन पनि धैर्य गर्न नसकेर बहाउका अभिव्यक्ति दिने’ स्वयम  वरिष्ठ कमरेडकै प्रवृत्ति पनि रुपान्तरण हुन सक्छ । यतिबेलाको बहकाउ र उत्तेजनाले आखिर कसलाई फाइदा गर्छ ! प्रमुख नेताहरुका सचिवालय र भित्री सल्लाहकारहरुको भूमिका के हो ? शंसय पैदा हुन थालेको छ । यो बेला ठाउ कि ठाउ ! गर्ने बेला हो त ? के का लागि यस्तो हुँदैछ ? प्रश्न अहम र संवेदनशील बनेको छ ।

    यदि हाम्रा नेताहरु देश र जनताप्रति जिम्मेवार छौ भन्ने हो र साँच्चिकै एकताबद्ध पार्टी निर्माणमा लागेको भन्नेहो भने, आफ्ना कमजोरीमा आत्मालोचित हुनै पर्दछ । द्वयअध्यक्षले वरिष्ठ नेतालाई ढाँटेर काम गरेका हुन भने परिस्थितिजन्य हिसाबकोे आत्मालोचना गर्न किन नसक्नु पर्यो ? सचिवालयको आगामी बैठकमा तथ्य र तर्क राखेर आवश्यक निर्णय लिनु विधिसम्मत हुनेछ वा स्थायी समितिको बैठकमा छलफलको विषय बन्नेछ भनेर पूर्व सन्तुलनमा सम्हालिन नसकेको हदसम्म कमरेड माधवले आत्मालोचना गर्नु पर्दैन र ? संसदमा गएर ‘देश डुब्न लाग्यो माझी बचाइदेउ न ’ भनेर सम्झाउने तहसम्म पुग्नु बढि भएको भन्न सक्नु पर्छ की पर्दैन् ? आज नेपाल कम्युनिष्ट पार्टीका तमाम कार्यकर्ता, मतदाता, र शुभचिन्तकलाई शिर निहु¥याउन पार्ने गरी अश्लिल दोहोरी सुन्न बाध्य पारिएको छ ।

    अझै पनि सबै कुरो बिग्रीएको छैन् र देश डुबिहालेको पनि छैन् । नेतृत्वमा गणतन्त्रकैे चेत छ भने, विधि नीति र पद्दतिमा चल्न तयार हुनैपर्छ अनि भावना, उत्तेजना र उद्धेलनलाई सम्हाल्न सक्नै पर्दछ । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारबाट जनताले राहतको अनुभुति गर्न पाएनन् भन्ने सत्य कुराका विचमै पार्टीको नेतृत्वबाट अरिंगाल र मौरीको विम्वहरु सार्वजनिक भए तर पार्टी प्रणालीमा यो आदेशको विषय भन्दा पनि बढि रमाइलो बनाउन खोजियो । गएको बर्षमा भएका संस्थागत प्रयास र उपलब्धिलाइ संप्रेषण किन भैरहेको छैन ? यसको आन्तरिक खोजी घनिभुत पार्ने दायित्व एकातिर छ भने अर्कातिर समाजवादको आधारका लागि पुँजीको न्यायिक वितरण,न्यायिक वितरणका लागि स्वाधीन र आत्मनिर्भर पुँजी निर्माण, पुँजि निर्माणका लागि उत्पादन र उत्पादनका लागि उत्पादनका अबरोधहरु छिचोल्दै त्यसको वातावरण निर्माणमा हाम्रो ध्यान कति पुगेको छ त्यसतर्फ नेतृत्व गंभिर हुने की नहुने घरको मुलीबाबु थाकेर फर्केपछि छोरो र छोरो थाकेर फर्केपछि नाति विदेश जानैपर्ने बाध्यता, बाँच्नकै लागि पसिना, बैश र रगतको पुस्तौनी संझौता गरिरहने क्रुर नियतिलाई शत्रु ठानेर र कम्युनिष्ट पार्टीका ५–७ लाख कार्यकर्तालाइ मात्र होइन आमजनतालाई उद्यमशील र व्यवसायिक बनाउन कसरी सकिन्छ भन्दै पार्टीका सबै तहमा छलफल चलाएर अघि बढनुपर्ने बेला यो गन्गन्था सहिरहनु परेको छ ।

    नेताहरुमार्फत हामीले जनतालाई बाडेको आश्वासनको हिसावले पनि हामी घेराबन्दीमा परिसकेका छौ । पार्टी एकता मार्फत मुलुकको रुपान्तरण चाहेका आफुलाइ द्धन्दबादी ठान्ने हामीहरु निश्चित नेताहरुको दास बनेर गुट हुइयामा नलाग्ने तथा विधि, नीति र पद्दति निर्माणमा जोड दिदैं एकतालाई बलियो पार्न अझैबढी जरुरी भएको छ ।

    १०४६ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad