BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ३ गते
    Headlines :

    महिला भलिबल प्रतियोगिताको उपाधि चितवन टाइसर्गलाई

    संसार न्यूज संवाददाताआश्विन १८, २०७५

    १८ असोज, काठमाडौँ । सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिताको उपाधि चितवन टाइगर्सले जितेको छ ।

    नेपाल भलिबल सङ्घ र भारतको आधिअवाधी फाउण्डेशनको संयुक्त आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कबर्ड हलमा बुधबार सम्पन्न फाइलनमा चितवनले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

    चितवनले एपिएफलाई २५–२०, २५–१७ र २५–११ को सेटमा पराजित ग¥यो । तीन विदेशी खेलाडीसहित प्रतिस्पर्धामा उत्रेको चितवनसामु सशस्त्र कमजोर देखियो । उपाधिसँगै चितवनले रु छ लाख, उपविजेता एपिएफले रु तीन लाख र तेस्रो भएको न्यू डायमण्डले रु एक लाख ५० हजार प्राप्त ग¥यो ।

    उत्कृष्ट खेलाडीमा शाही

    प्रतियोगितामा चितवन टाइगर्सकी अरुणा शाही उत्कृष्ट खेलाडी घोषित भइन् । उत्कृष्ट हुँदै अरुणाले एक थान स्कुटर र रु ५० हजार प्राप्त गरिन् । यसअघि सेमिफाइनलमा चितवनले नेपाल पुलिस क्लब र एपिएफले न्यू डायमण्डलाई हराएर फाइनल पुगेका थिए ।

    यसैबीच विहिबारै भएको पहिलो खेलमा न्यू डायमण्डले नेपाल प्रहरीलाई २५–१८, २५–२१ र २५–१९ को सोझो सेटमा पराजित गरी तेस्रो भएको थियो । विजेतालाई पूर्वकानूनमन्त्री शेरबहादुर तामाङ, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमण शर्मा, महासचिव जितेन्द्र चन्दलागयतले पुरस्कार प्रदान गरेका थिए ।

    फाइनल खेल हेर्न पुगेको युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले दुवै टोलीलाई जितको शुभकामना दिएका थिए ।

    ३५ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad