BizPati

आज : २०७५ मंसिर २६ गते
Headlines :

यस्तो छ नोबेल शान्ति पुरस्कार विजेता मुक्वेको कहानी, जसले आँसुनै खसालिदिन्छ

संसार न्यूज संवाददाताआश्विन २०, २०७५

यस वर्षको नोबेल शान्ति पुरस्कार कंगोका स्त्रीरोग विशेषज्ञ डाक्टर डेनिस मुक्वेगे र महिला अधिकार कार्यकर्ता नादिया मुरादले पाएका छन् ।

डेनिस मुक्वेगे डेमोक्रेडिक रिपब्लिक अफ कंगोमा कार्यरत एकस्त्री रोग विशेषज्ञ हुन् । मुक्वेगे र उनका सहकर्मीहरुले ३० हजार भन्दा बढी बलात्कार पीडितहरुको उपचार गरेका छन् र यौन हिंसाका शिकार भएका महिलाहरुको उपचारमा उनले विशेषज्ञता हासिल गरेका छन् । मुक्वेगेको कहानीले बलात्कार, युद्धमा हतियारको रुपमा प्रयोग गरिएको विवरण दिन्छ ।

नोवेल शान्ति पुरस्कार विजेता मुक्वेकै भनाइमा
जब युद्ध सुरुभयो, पूर्वि डेमोक्रेटिक रिपब्लिक अफ कंगोको लेमेरा स्थित मेरो अस्पतालमा ३५ विरामीको मृत्यु भयो । म बुकाबुमा भागेर आए । र यहाँ मैले टुंटमा अस्पताल सुरु गरे । मैले प्रसुति गृह सुरु गरे । जसमा अपरेशन थियटर पनि थियो ।

तर, १९९८ मा फेरि सबै बिग्रियो । मलाई एकवर्ष (१९९९) मा सबै नयाँ तरिकाबाट जोड्न सुरु गर्नुपर्यो । त्यसवर्ष पहिलोपटक बलात्कार पीडित महिला हाम्रो अस्पतालमा आइन् । बलात्कार गरेपछि उनको यौनांगमा र जाँघमा गोली हानिएको थियो ।

मलाई लाग्यो, यो युद्धका बेला गरिएको बर्बर क्रुरता हो । तर, मलाई तीन महिनापछि यस्तो झट्का लाग्यो कि, ती महिलाको जस्तै ४५ अन्य पीडित महिला हाम्रो अस्पतालमा आए । उनीहरुको कहानी पनि यस्तै थियो । उनीहरु सबैले यहि बताए कि ‘मानिसहरु हाम्रो गाउँमा आए, बलात्कार गरेर हामीलाई यातना दिए ।’

केही महिला यस्ता पनि आएका थिए कि, उनीहरुको शरीर जलेको थियो । उनीहरुले बताए, बलात्कारपछि उनीहरुको यौनांगमा रसायन हालिदिएका थिए ।

मलाई उनीहरुको कुरा सुन्दा लाग्यो, आखिर यो सब के भइरहेको छ, यो सिर्फ युद्धमा गरिएको हिंस्रक कार्य थिएन, कुनै रणनीतिको हिस्सा थियो ।

धेरैपटक महिलाहरुको समुहमा सार्बजनिकरुपमा बलात्कार गरिएको छ । एक रातमा पूरै गाउँका महिलाहरुको बलात्कार हुन्छ । यस्तो गरेर बलात्कारीहरुले महिलाहरुमा मात्र नभएर परिवार, समुदायमा समेत चोट पु¥याएका थिए । उनीहरुका परिवारमा रहेका पुरुषलाई समेत बलात्कार गरेको हेर्नका लागि बाध्य पारिन्थ्यो ।

यस्तो रणनीतिको नतिजा यो भयो कि, मानिसहरु आफ्नो गाउँ छाडेर भाग्न थाले । उनीहरुले आफ्नो जमिन छोडिदिए । आफ्नो संसाधन तथा बाँकी सबै छोडिदिए । यो एक प्रभावशाली रणनीति थियो ।

हामी महिलाहरुको उपचार धेरै चरणमा गर्दछौं । अपरेशन गरेपछि पहिला हामी उनीहरुको मनोबैज्ञानिक परीक्षण गर्दछौं । यसले हामी बुझ्दछौ कि सर्जरीका बेला हुने पीडाको सहन सक्छन कि सक्तैनन् ।

त्यसपछि हामी अर्को चरणमा पुग्छौ, जसमा महिलाको अपरेशन गर्छौ यात फेरि चिकित्सकीय हेराचाह मात्र गर्छौ । त्यसपछि महिलाको सामाजिक र आर्थिक अवस्थाको बारेमा विचार गर्छौ ।

धेरै महिलाहरु जो हामी कहा आउँछन्, उनीहरुको साथमा केही हुँदैन । कतिपयको त शरीर छोप्नका लागि कपडा समेत हुँदैन ।

मीलाई उनीहरुका लागि खानाको व्यवस्था लगायत उनीहरुको ध्यान गर्नुपर्दछ । अस्पतालबाट निस्किएर उनी आफ्नो जीवन अगाडि बढाउन सक्षम हुदिनन् । जसका कारण फेरि खतरा आइलाग्छ उनीमाथि । यसकारण हामी सामाजिक र आर्थिकस्तरमा नै ध्यान दिएर आर्थिक रुपमा सहयोग गर्दछौं । उदाहरणका लागि कतिपय महिलालाई सीप सिकाउन र युवतीहरुलाई पढाइ सुरु गर्नका लागि सहयोग गर्दछौं ।

अनि अन्तमा उनीहरुलाई कानुनी मदत दिनका लागि कोशिष गर्दछौं । महिलाहरु आफूमाथि आक्रमण गर्नेलाई चिन्न सक्छन् र हामी अदालती कारबाहीमा उनीहरुको सहयोग गर्दछौं ।


२०११ मा यस्ता घटनाहरु कम संख्यामा आउन थाले । हामीलाई लाग्यो कंगोमा महिलाहरुमाथि हुने यसप्रकारका गम्भीर खतरनाक र दर्दनाक स्थितिको अन्त्य हुने अवस्थामा रहेको छ । तर, अघिल्लो वर्ष फेरि युद्ध भयो, अनि यस्ता घटनामा बढोत्तरी आयो ।

कंगोमा चलिरहेको युद्ध केही धर्मालम्बी समुहहरु बीचको लडाइ होइन, न त यो कुनै प्रांत या देश बीचको लडाइ हो । यो युद्ध आर्थिक कारणले चलिरहेको छ, यस युद्धमा कंगोका महिलाहरु बर्बाद भइरहेका छन् ।

एकपटक जब म विदेश यात्राबाट फर्किरहेको थिए, तब मैले देखें पाँच जना मलाई पर्खिरहेका थिए । उनीहरुमध्ये चारजनासँग ऐके ४७ र एकजनाको साथमा पेस्तोल थियो । उनीहरु मेरो गाडीभित्र घुसें र मलाई बन्दुक ताके । उनीहरुले मलाई गाडीबाट उतारे, मेरो गार्डले मलाई बचाउने कोशिष गरे । उनलाई तीनिहरुले गोली हानिदिए । उनको मृत्यु भयो ।

म लडे, आक्रमण गर्नेहरुले गोली चलाइ रहें । मलाई थाहा छैन म कसरी बाँचे । फेरि उनीहरु मेरो गाडि लिएर भागे । पछि मलाई थाहा भयो कि मेरा दुई छोरी र भतिजी घरमा थिए । आmमणकारीले मलाई पर्खिरहेका थिए । उनीहरुले छोरीहरु माथि पनि बन्दुरका ताकेका थिए । त्यो बडो भयावह स्थिति थियो । मैले उनीहरुलाई थोरै समय मात्र देखेकोले उनीहरुको पहिचान गर्न सकिन । मैले यो पनि भन्न सक्तिन कि, उनीहरुले म माथि किन आक्रमण गरे । यसको जवाफ उनीहरुलाई नै थाहा छ । आक्रमण पछि हाम्रो परिवार भागेर स्वीडेन गयो । त्यपछि फेरि ब्रसेल्स ।

तर, २०१३ सालमा म फेरि आफ्नो देश फर्किए । कंगोका महिलाहरुले देखाएको यस्तो शोषणका विरुद्धमा लड्ने हिम्मतले नै मलाई देश फर्किन प्रेरित गर्यो ।

म माथि आक्रमण भएपछि महिलाहरुले सरकार सामु प्रर्दशन गरे । उनीहरुले मेरो घर फिर्तीका लागि टिकट र पैसा जम्मा गरेका थिए । उनीहरु ती महिला थिए की, जसको साथमा केही थिएन । उनीहरु गरिवीको सबैभन्दा तल्लो स्तरमा थिए । खर्च गर्नका लागि उनीहरुको साथमा एक डलर पनि थिएन ।

मुक्वे देश फर्किएकोमा मनाइएको खुसीयाली

महिलाहरुको यस्तो कोशिष पछि मैले फर्कन सक्तिन भन्नै सकिन । साँचो त यो हो कि, म स्वं पनि यस्तो अत्याचारको विरुद्धमा लडिरहन चाहान्थे ।

फर्किएपछि मेरो जीवनमा परिवर्तन आयो । मलाई अस्पतालमै रहनु पर्यो र सुरक्षा पनि लिनु पर्यो । बीस स्वयम्सेवी महिलाको समूह पटक पटक मेरो हेरचाहमा लागिरहे । उनीहरुको साथमा न हतियार थियो न अन्य केही ।

तर उनीहरुको साथमा हुनु मलाई सुरक्षाको गहिरो अनुभुति भयो । म ती महिलाहरुको साथ थिए जसका लागि मैले काम गरिरहेको थिए । ती महिलाहरु मलाई आफ्नो काम जारी राख्नका लागि प्रेरणा दिइरहे म आफ्नो काम गरिरहें ।

बीबीसी

३३० पटक
प्रतिकृया दिनुहोस्