BizPati

  • Janata Bank

  • आज : २०७५ माघ ४ गते
    Headlines :

    अस्ति हातै चलेन, आज नलेखी सकिन

    नीलकण्ठ तिवारी आश्विन २२, २०७५

    हार्दिक श्रदान्जली

    अस्ति शनिबार बिहान भरत दाइ (भरत शर्मा) सँग काम विशेषले काठमाडौंको धर्मस्थली गएर फर्किदा चढेको लोकलबसभित्र मोबाइलको डाटा मुस्किलले खुलेको थियो । डाटा खोल्नासाथ तिलक अधिकारीको फेसुुबुक वालमा लेखिएको थियो ‘कसरी बोलम् फेसबुकमा’ तीलकले कहिलेकाँही सामान्य कुरा पनि गंभीर बनाएर लेख्छन् भन्ने कुरा मनमा एकातिर खेल्यो भने अर्कोतिर केही घटना त पक्कै भएको हुनुपर्छ भन्ने लाग्यो । ‘के भएको हो तिलक ?’ यति सोध्दासाथ डाटाले काम गरेन । करिब आधाघण्टापछि फेरि डाटा खोल्दा तीलकको जवाफ आएको त देखिन्, तर, फेसबुकका वालहरुमा ‘अलविदा आशिष’ भनेर लेखिएको देखे ।

    पर्वत बेहुलीवासको गुोहपुकमा आजभन्दा ४१ वर्ष अगाडि प्रभाकर–गोमाताको सुपुत्रको रुपमा जन्मेका कुश्माखर भुसाल आशिषसँग मेरो आफ्नो व्यक्तिगत भौतिकसंगत लामो हुन त पाएन । तर, विद्यार्थीकालदेखि उनको राजनैतिक चेतना, सक्रियता र जनयुद्धको उत्तरार्धमा आइपुग्दा उनले खेलेको भुमिका र सचेत विद्रोहका बारेमा म पूरा जानकार थिए । अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष हुँदा नै बौद्धिक, लगनशील र उत्प्रेरक व्यक्तिको रुपमा उनका बारेमा मैले सुनेको थिए । मेरो ठुल्दाइ जयनारायण तिवारी र पैञ्यूको क्रान्तिकारी आन्दोलनका एक बैचारिक खम्बा रेशम सापकोटासँग लामो समयसम्म एउटै टिममा रहेर काम गरेको पनि मैले पाएको थिए ।

    उनले भौतिक शरीरलाई हाम्रा बिच छोडेर गइरहँदा उनी देशभक्त गणतान्त्रिक मोर्चाको गण्डक प्रदेश सदस्य तथा नेकपा (क्रान्तिकारी माओवादी) को पर्वत जिल्ला सेक्रेटरीको भूमिकामै थिए । उनी सक्रिय रहेको पार्टी र म आवद्य रहेको पार्टीका बीचमा यसअघि नै दूरी टाढिदैं गएको थियो । उनले राजनैतिक छलफल र संवादमा जिद्धी कहिल्यै गरेनन्, बरु तथ्य र तर्कका आधारमा क्रान्तिकारीे आन्दोलनलाई धरापबाट जोगाउनु पर्छ भन्ने चिन्ता बढी गरेको पाइन्थ्यो ।

    गतवर्ष मलाई उनले गरेका केही प्रश्न निकै महत्वका थिए र अहिले पनि उत्तिकै महत्वका छन् । मैले सम्झेसम्म ऐक्यबद्धताको कार्यालयमौ राती बास बस्दा उनले मलाई सोधेका थिए, ‘नेपाली क्रान्तिको कार्यदिशा’ बारेकोे नेकपाको धारणामा तपाइको सहमति रहेको हो ?’ विचार र व्यवहारका श्रृखंलामा नेताहरुको रुपान्तरण संभव देख्नु भएको छ ? सरकारलाई साध्य की साधन मान्ने ?’

    उनले सरकारबारे गरेको प्रश्न अहिले निकै खड्केको छ । राम्रो काम घोषणा गर्ने तर काम हुनै नदिने परिस्थितिबारे उनको मत अहिले व्यवहारमा पनि देखिएकै छ । उनका यी प्रश्नको मेरा उत्तर पछि मैले पनि उनलाई प्रश्न गरे । क्रान्तिको नेतृत्व गर्न लायक पार्टी कसरी बन्ला भन्ने ठान्नुहुन्छ ? क्रान्तिका ३ जादुगरी हतियार क्रान्तिकारी पार्टी, संयुक्त मोर्चा र जनसेनाको गठन, व्यवस्थापनमा अबको स्वरुप कस्तो हन्छ ? यी मेरा प्रश्नको उत्तर उहाँले सैद्धान्तिक रुपमा केही राख्नु भयो तर, अन्ततः एउटा निष्कर्ष के रह्यो भने, जडशुत्रवादबाट पनि बच्नुपर्ने र भद्दा संशोधनवादबाट पनि आन्दोलनलाई जोगाउनु पर्ने दायित्व क्रान्तिकारीहरुको हो ।

    आफ्नो विचार र आस्थामा यति अडिग रहने युवा विरलै हुन्छन् । उपचार खर्चको जोहोका लागि मैले केही प्राविधिक सल्लाह दिए र सहयोग गर्न तत्पर समेत रहे । उहाँ निर्वाचनमा पनि देशमोबाट उम्मेदवार बन्नु भयो, मैले उम्मेदवारी नदिएको भए हुने भनें तर उहाँले पार्टीको आदेश र आवस्यकता भनेपछि उम्मेदवार बनेको भन्नु भयो । उहाँप्रतिको माया र सद्भावले केही प्राविधिक कुरा पनि गरें ।

    संस्मरणहरु मध्ये गतवर्षको तीजको दरखाने दिन काठमाडौंमा हाम्रो घरमा सुत्ने ठाउँ नपुगेपछि उहाँ र म नजिकैरहेको विक्रम बाबुको डेरामा गएर सुत्यौं । त्यहाँ उहाँले मलाई राजनीतिमा स्वत ः न्याय हुँदैन भन्ने कुरो केहि दृष्टान्त दिनुभयो । सिद्यान्तको रटान भन्दा अलिकति व्यवहारिक हिसाबले हाम्रै विनय दाइको हालत ( स्वास्थ्य स्थिति) र अबको पार्टीले गर्ने रेस्पौन्सका बारे चिन्ता गर्नु भयो । उहाँले आफूलाई भन्नु भयो ‘ विनय सरको जनशैली, रेशमसरको बैचारिक अडान, र कृष्ण गौतम सरको व्यवहारिक कौशलता एवं शोभाकान्तसर लगायत अग्रजबाट मैले केही त सिके । तर म आफैं पनि लगातार विरामी छु । स्वास्थ्यले कति साथ दिन्छ हेरौं ।’ उहाँले मलाई आग्रह गर्नुभयो, ‘ पैञ्यूमा तपाइको खाँचो छ ।’ मैले उहाँलाई सलाम गरे र विवशता पनि सुनाए ।
    व्यवहारिक कौशलतामा उहाँ कृष्ण गौतमको भाइ नै हुनुहुन्थ्यो । सरल–मिलनसार र मिजासिलो स्वभावले उहाँलाई परिपक्व नेताका रुपमा समयले स्थापित गर्दै लगेपनि उहाँको भौतिक शरीरलाई हामीले बचाउन सकेनौं । मुत्युको विज्ञान राम्रोसँग बुझेका आशिषले आफूर्लाइ असन्तुलित कहिल्यै बनाउनु भएन ।

    यसबिचमा काठमाडौं आउँदा उहाँले लेखनाथ न्यौपानलगायत ेसँग भेटेर छलफल गरेको तथा अन्य साथीहरुसँग गरेको भेटघाटको विषय पनि संप्रेषण गर्नुहुन्थ्यो । दहरो बैचारिक अडानभित्र उहाँको संकीर्णता कतै भेटिदैनथ्यो । ‘अरु ब्लड क्यान्सर भएर त बाँचेका छन्, तपाई त निमोनिया र छातिको समस्या न हो । यसलाई नियन्त्रणमा राख्न र औषधि उपचारको व्यवस्था गर्न तपाइ अलिकति खुकुलो हुनुस् ।’ मैले भनेको पनि थिए ।धेरै साथीहरुको माया र सद्भाव मलाई सुनाउनुहुन्थ्यो आशिषले । उहाँको स्वाभिमान बाँचिरहेको अनुभुत मैले गरेको छु ।

    श्रदान्जली व्यक्त गर्दै कसले के भने ?

    कृष्ण पराजुली पुर्ब अध्यक्ष नेकपा माओबादी पर्बत
    काल सतिसाल भएर खडा भएपछि उमेर कामको जिम्बेवारी आफन्त साथिभाई कसैको केहि लाग्दो रहेनछ नचाहादा नचाहादैपनी अन्तीम सलामी अर्पण गर्न बाध्य भईदो रहेछ ।

    शंकर गीरी युवा नेता नेकपा पर्बत

    प्रिय कमरेड तपाईकाप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्न समेत मैले कुनै शब्द भेटिन । म निशव्द छु । मृत्यु अवश्यमभावी छ । तर तपाईलाई अल्पायुमै हामी माझ रहन दिएन । कमरेड तपाईले मृत्युको समाजशास्त्र बुझ्नु भएको थियो । वर्गिय आन्दोलनको अभिभारा बोकेको तपाईको असामयिक निधनले नेपाली समाज र कम्युनिष्ट आन्दोलनलाई गम्भिर क्षति पुगेको छ ।

    गुप्त बहादुर हमाल केन्द्रिय सदस्य नेकपा

    आज अत्यन्तै दुखद खबर सुन्नु पर्यो होनाहार क्रान्तिकारी जुझारू युवा नेता नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी पर्वतका सेक्रेटरी कमरेड आसिसको निधनले दुखी र स्तव्ध बनायो

    भोज बहादुर राना बेउलीबास

    जन्मसंग मृत्यु सास्वत सत्य भएर आउँछ तर यति चाडैं यो अल्पआयुमै केहि गर्नु छ गाँउ समाजको लागी भन्ने दृढृ बिश्वास र अठोटलाइ पुरा गर्न नदिइ यो युवा अवस्थामै टप्प टिपेर लान आयो बिश्वास गर्नै गाह्रो भइरहेछ ।

    सृजनशिल कुँवर, नेता नेकपा पर्बत

    दाइ नेपाली क्रान्ती संकटमा परेको छ तपाईं हामि गम्भीर हुनुपर्छ । तिम्रो यो भनाइ अनि यस्तो दुखद खबर खै कसरी पत्याउ भाइ !

    अभिषेख भुसाल

    पर्बतका होनहार युवानेता ,सरल जिवनशैलि भएका परिवर्तनका संवाहक कुशमाखर भुसाल आषिश हार्दिक श्रद्धाञ्जलि
    शोभाकान्त रीजाल

    मन कसरी सम्हालु, विश्वास कसरी गरु? एउटै पृष्ठभूमिबाट उठेर एउटै बाटो रोजेको पृय योध्दा,शसस्त्र विद्रोहमा लोभ लालच छोडेर होमिएको अविचलित ,जुझारु,क्रान्तिकारी ,राजनैतिक निष्ठा र सदाचारको नमुना ,बौद्धिक र सशक्त विश्लेषण क्षमताका धनी क कुश्माखर भुसाल आशिष भौतिकरुपमा हामी बीचबाट सधैको लागि अस्ताउनु भएको छ ।अत्यन्तै नजिक रहेर काम गरेका क्षणहरु ताजै छन । हरेक अप्ठ्याराहरुमा भेट्ने छलफल विश्लेषण गर्ने र कार्यान्वयनमा जाने अनन्य मित्रलाई गुमाउनु परेको छ।साच्चै अत्यान्तै व्यक्तिगत तथा राजनीतिक तनाबबाट गुज्रिएको जीवन संग अनवरत संघर्ष गर्दै अल्पायुमै अस्ताउनु भएको पैयु एवं पर्वते मुक्तिकामी जनताको आंखाको नानी क आशिष प्रति हार्दिक श्रध्दाञ्जलि एवं मर्माहत स्तब्ध मनहरुमा समवेदना
    किसान रेग्मी, पर्बत
    मलाइ यो खबर होकि होइन जस्तो लाग्दा लाग्दै कम्ररेड आशिष कुश्माखर भुसाल जनयुध्द १ को सहयोदा हालका कयौनेता हरु युध्दको मैदान छाडि भाग्दा तपाइ जस्तो नीडर खम्बा लाई सलाम

    तीलक अधिकारी, जिल्ला नेता नेकपा क्रान्तिकारी माओबादी

    नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी पर्बत जिल्ला सेक्रेटरी आदरणीय दाजु एवम आत्मिय मित्र स्वाभिमानी पहिचान गराउन सफल कम्युनिस्ट आन्दोलन एवम बर्गियमुक्ती आन्दोलनको अग्र मोर्चा मा परिचित नेता हुनुहुन्थ्यो ।

    बिष्णु सुबेदी
    जन्मेपछि मर्नैपर्छ । मृत्यु शाश्वत सत्य हो । मृत्यु सहज होस् तर अल्पआयुमा नहोस भन्ने सबैको चाहना हुन्छ तर यहाँ त्यस्तो भएन हार्दिक श्रद्धाञ्जली कुसुमाकर भुषाल ूआसीषू जी ती तपाईंका सपना व्यक्तिगत होइनन ।।।।।।।।उफ् छैनन र आएनन शब्दहरु ।।।। विस्वास नलागेर अझै पनि तपाईंले नै कमेन्ट गरेर बेस्सरी मलाई गाली गरिदिए हुन्थ्यो जस्तो लागिरहेछ

    फर्शुराम भुर्तैल

    पर्बत जिल््लाले असल व्यक्ति गुमायो

    अशोक कीरण न्यौपाने
    कक्षा ९ माँ पड्दै गर्दाको कुरा हो स्कूलमाँ माओबादी आए भन्दै सब जना हतोसाहीत भएका थिए, तेसपछी सबै कक्षामाँ प्रशिक्क्षण दिन सुरु गरियो , म भने तेती बेला ताकालीन माओबादी सँग आफ्नो बिचार मिल्ने भयर होला माओबादीहरू सँग सिदा प्रस्न गर्दै थिए तेसै बखत साथीहरू भन्दै यसरी प्रस्न नगर अहीले बाहीर अपरणमाँ पर्लास है भन्दै थिए मैले सरल भाषामा जबाफ दिदै थिए यिनीहारूँनी मानिसनै हून देश परीवर्तनका लागीहिडेका हुन हाम्रो जबाफ दिन सक्नू पर्छ, यस्तै हुदै प्रशिक्क्षण सकियो अनी घर जाने बेला दाईले मलाई भनेको अझै नी सम्जेको छू, “भाई तपाई जस्तो परीवर्तनशील बिचार भयका साथीहरूको सायोगले हाम्रो जीत हून्छ तेसैले तपाई बिध्यार्थी संघठनमा बसेर हामीलाई कमुनिस्ट बनाउन तपाईका ती प्रत्यक सब्दहरू को भूमिका कैले बिर्शने छैन दाई

    लक्ष्मण भुसाल, बुटवल
    दाइसङ्गको अन्तिम भेट यहि फोटो लिनेबेलामै सिमित रह्यो। सादा जीवन र आस्थामा अडिग तपाईं एक महान क्रान्तिकारी योद्धा अस्ताएको खबरले एकदमै मर्माहत तुल््याएको छ ।

    सुदिप कुँवर, नेता नेकपा,पर्बत

    क आशिशको असामयिक निधनको खवरले स्तव्ध वनायो क आशिश प्रती हार्दिक श्रद्धान्जली साथै संपूर्ण परिवारमा पर्न गएको विर्सन नसक्ने वेदना प्रती हार्दिक समवेदना

    लोकेश बिश्वकर्मा, नेता अखिल क्रान्तिकारी
    जिवन र आस्थामा अडिग युवा अस्ताएको खबरले निकै दुखी छु

    पूर्णचन्द्र काफ्ले, अध्यक्ष  unt0  पर्बत

    १० बर्से जनयुद्धमा पुर्णकालिन भै जिवनका हरेक मोडहरुमा परिवर्तन लाई आत्मसाथ गर्दैसमाज बिकास र रुपान्तरण सघर्स नै जीवन सम्झने पैयुका ढुक्ढुकी कम्रेड कुसुमाकर भुसाल आशिष को ४१ बर्सको अल्पायुमा भएको असामयिक निधनले सिङ्गो पैयु स्तब्ध भएको छ ।एक निडर ,कुसल सगठक एवम योद्धाको अवसानले कम्युनिस्ट आन्दोलनमा अपुरणीय क्षति भएको छ शोकको यश दुखद घडिमा स्वं क प्रती भावपूर्ण श्रद्दान्जली, शोकाकुल परिवारजनमा हार्दिक समबेदना !

    ५४८ पटक
    प्रतिकृया दिनुहोस्