BizPati

  • Ad
  • आज : २०७५ कार्तिक १ गते
    Headlines :

    नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ३ प्रतिशत रहेको विश्व बैंकको अनुमान, आगामी वर्ष घट्ने

    संसार न्यूज संवाददाताआश्विन २३, २०७५

    २३ असोज, काठमाडौँ । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ३ प्रतिशत कायम रहेको विश्व बैंकले अनुमान गरेको छ । अर्धवार्षिक क्षेत्रीय आर्थिक अपडेटमा विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर केन्द्रीय तथ्यांक विभागले गरेको अनुमानभन्दा बढी हो । विभागले गत आवको ८ महिनाको तथ्यांकमा आधार रहेर नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ९ प्रतिशत हुने अनुमान गरेको थियो ।
    अर्धवार्षिक क्षेत्रीय आर्थिक अपडेटमा विश्व बैंकले पछिल्लो ६ महिनामा दक्षिण एसियाको आर्थिक अवस्थाको विश्लेषण गरेको हो । अपडेटमा नेपालको उच्च वृद्धिदर कायमै रहेको निष्कर्ष निकालिएको छ । विश्व बैंकका अनुसार सन् २०१७ मा नेपालले ७ दशमलव ९ को वृद्धिदर हासिल गरेको थियो ।

    यसैगरी विश्व बैंकले मध्यावधिमा नेपालको औसत आर्थिक वृद्धिदर ६ प्रतिशत हुने अनुमान गरेको छ । तर, संघीयता कार्यान्वयनमा राजनीतिक संक्रमण कायम रहे पूर्वाधार विकास र सेवा प्रवाह भने असर पर्न सक्ने चुनौती रहेको औंल्याएको छ । यसैगरी चालु आर्थिक वर्ष सरकारले ८ प्रतिशतको वृद्धिदरको लक्ष्य लिएकोमा विश्व बैंकले भने ५ दशमलव ९ प्रतिशतमात्र हुने प्रक्षेपण गरेको छ भने सन २०२० मा नेपालले ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान विश्व बैंकको छ ।

     

    ४९ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad