BizPati

आज : २०७५ मंसिर २६ गते
Headlines :

काठमाडौं ७ मा उपचुनाव, राज्यको १० करोड खर्च

संसार न्यूज संवाददाताआश्विन २५, २०७५

फाइल : फोटो

२५ असोज, काठमाडौं । कठमाडौं ७ मा उपनिर्वाचन गर्दा निर्वाचन आयोग र सुरक्षा निकायको खर्च मात्रै १० करोड भन्दा बढी हुने देखिएको छ । उम्मेदवारले गर्ने खर्च अझै छुट्टै छ । गत मंसिरमा भएको प्रतिनिधिसभाको एउटा निर्वाचन क्षेत्रमा करिब १० करोड खर्च भएको थियो । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा १० प्रतिशत खर्च बढ्न सक्छ ।
काठमाडौं ७ मा ५७ हजार पाँचसय ५८ मतदाता रहेका छन् । निर्वाचन आयोगका आयुक्त ईश्वरी प्रसाद पौडेलका अनुसार एक मतदाताका लागि ०७५ को प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं ७ मा निर्वाचनमा काठमाडौं ७ मा निर्वाचन आयोगको तर्फबाट २ करोड ९१ लाख २४ हजार ३४८ रुपैयाँ खर्च भएको देखिन्छ । यो खर्च ०७० को निर्वाचनमा भएको खर्चको ३ प्रतिशत बढी हो । आजको नयाँपत्रिका दैनिकबाट

७५ पटक
प्रतिकृया दिनुहोस्