BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ३ गते
    Headlines :

    हच्किए गौतम

    संसार न्यूज संवाददाताआश्विन २६, २०७५

    २६ असोज, काठमाडौँ । चौतर्फी आलोचनापछि वामदेव गौतम उपचुनावमार्फत संसदमा छिर्ने योजनाबाट पछि हटेका छन् । पार्टीभित्र र बाहिरबाट आफूमाथि तीब्र आलोचना भएपछि केहि शीर्ष नेता र आफू निकट नेतासँगको परामर्शपछि गौतम सांसद बन्ने योजनाबाट पछि हट्ने मनस्थिति बनाएका हुन् । उनले सम्भवतः शुक्रबार विज्ञप्तीमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने छन् । ‘समय , परिस्थिति र भूगोल छनोट समेत उपयुक्त नभएको चर चुनाव लड्ने योजनाले पार्टी र स्वंय वामदेवमाथि आक्रमण तीब्र भएकाले अब उहाँ प्रतिनिधसभामा जाने विषयमा पुनर्विचार गर्ने मनस्थितिमा पुग्नुभएको छ’, गौतम निकट एक नेताले भने, ‘उहाँले अब वक्तव्यमार्फत आफ्ना कुरा सार्वजनिक गर्नुहुन्छ ।’
    पार्टी एकताको सुत्रधार आफू र प्रतिनिधिसभामा नहुँदा सरकारको काम प्रभावकारी नभएको बन्दै गौतमले सासंद बन्ने विषयलाई महत्व दिएका थिए । अन्नपुर्ण पोष्टमा समाचार छ ।

    ४० पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad