BizPati

  • आज : २०७५ पौष ३ गते
    Headlines :

    लोकसेवामा आकर्षणः मागभन्दा ९५ गुणा आवेदन

    संसार न्यूज संवाददाताआश्विन २६, २०७५

    २६ असोज, काठमाडौँ । युवाहरूबीच सरकारी सेवा प्रवेशका लागि अत्यधिक आकर्षण देखिएको छ ।
    लोकसेवा आयोगले आवेदन मागेका पद संख्याभन्दा ९५ गुणा धेरै दरखास्त परेका छन्। आयोगले गत वर्ष ५ हजार ९ सय ७० पदका लागि दरखास्त आह्वान गरेको थियो । त्यति पदका लागि ५ लाख ६७ हजार ८ सय ५३ जनाले आवेदन दिए ।

    ‘मागिएको पद संख्याभन्दा ९५ गुणा बढी युवाले दरखास्त दिए। यसले सरकारी सेवाप्रति आकर्षण चुलिएको अनुभूति गरेका छौं’, आयोगका प्रवक्ता किरणराज शर्माले भने। जानकारहरू निजामती सेवामा आकर्षण बढ्नुको कारण उच्च तहमा पुगेका अधिकांश कर्मचारीको आर्थिक स्थिति राम्रो र जीवनशैली विलासितापूर्ण रहनु बताउँछन्। उनीहरूमध्ये कतिपयले शक्ति केन्द्रसँग सीधा पहुँचसमेत राख्छन्। ‘सरकारी जागिरमा सुरक्षा छ, सेवानिवृत्त भए पनि पेन्सन आउँछ भने सामाजिक प्रतिष्ठा पनि राम्रै छ’, आयोग प्रवक्ता शर्माले भने। उनले सरकारी जागिरमा वृत्ति विकासको अवसर र सामाजिक प्रतिष्ठाका कारण आकर्षण बढ्दै गएको बताए । अन्नपुर्ण पोष्टमा समाचार छ ।

    ७५ पटक
    प्रतिकृया दिनुहोस्