BizPati

  • Ad
  • आज : २०७५ कार्तिक १ गते
    Headlines :

    हुम्लामा दसैंका नयाँ नोट अभाव

    संसार न्यूज संवाददाताआश्विन २६, २०७५

    २६ असोज, हुम्ला । नेपालीको ठूलो चाड बडादशँै लागेसँगै जिल्ला सदरमुकाम सिमकोटमा रहेको एक मात्र राष्ट्रिय वाणिज्य बैंकमा खुद्रा पैसाको अभाव भएको छ । यस वर्ष दशैँमा राष्ट्र बैंकले पैसा नपठाउँदा खुद्रा पैसाको अभाव देखिएको हो ।

    दशैँको घटस्थापना शुरु भएपछि ग्राहक नयाँ नोटको खोजीमा बैंकमा लिन आए पनि बैंकसँग पर्याप्त मात्रामा नोट नहुँदा दिन नसकिएको वाणिज्य बैंक सिमकोट शाखाका निमित्त प्रबन्धक मानबहादुर शाहीले बताएका छन् । नयाँ नोटका लागि लागि राष्ट्र बैंकसँग माग गरिएको भए पनि हालसम्म नपठाएकाले समस्या भएको बैंककै कर्मचारी भक्त बोहराको भनाइ छ ।

    बैंकको सिमकोट शाखासँग रु २० का नोट केही मात्रामा भएको र नयाँ पैसा साट्न आउने ग्राहकलाई एकदेखि दुई हजार मात्र दिने गरेको बोहराले बताए । रु ५, १०, ५० र १०० का नयाँ नोट नभएर ग्राहकलाई दिन नसकिएको उनले बताए । अहिले बैंकसँग भएका पैसा गत वर्षकै भएको र त्यो पैसा पनि सकिन लागेकाले अबको दिनमा नयाँ नोट साट्न आउने ग्राहकलाई दिन नसकिने बोहराले बताए ।

    १२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad