BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ३० गते
    Headlines :

    ‘सखी’ मेरो जीवनकी वास्तविक सखी हुन्’

    संसार न्यूज संवाददाताआश्विन ३१, २०७५

     

     

    मलाई लाग्छ लेखनका लागि मोफसल र केन्द्र भन्ने हुँदैन । तर, यहाँ चर्चा, परिचर्चा र वाहवाही केन्द्रमा बस्नेहरुकै बढी भएको जस्तो लाग्छ । मोफसलका श्रष्टाहरुलाई देशभरिका पाठक समक्ष पुग्न नै गाह्रो छ । यसकारण मोफसलका श्रष्टाहरुलाई उठ्न गाह्रो त छ नै। तर, पनि शक्तिशाली लेखन र लेखक केन्द्रको दवदवा तोडेर एकदिन न एकदिन आम पाठकका मनमा बस्ने छन् ।

    रामलाल जोशी मोफसलमा रहेर पनि लेखनमा शसक्त रुपमा उदाएका साहित्यकार हुन् । डेढवर्ष अघि ‘ऐना’ कथा सङ्ग्रह ल्याएर देश तथा विदेशमा रहेका तमाम पाठकहरुको मन जित्न मात्र सफल भएनन् मदन पुरस्कार विजेता समेत बने । यसअघि पश्चिमको परिवेशषलाई लिएर समाजमा हुने सकारात्मक नकारात्मक बास्तविकतालाई ऐनामा छर्लङ देखाएर समाजको आँखा खोल्न केही हदसम्म प्रयास गरेका लेखक जोशीले हाल पनि पश्चिमकै परिवेशमा आधारीत रहेर थारु समुदायको जिवन्त इतिहास पाठक सामु ल्याउने प्रयास गरेका छन् । कल्पनामा आधारीत नभएर आफूले देखेर भोगेर अनि अनुभुत गरेर लेखिएको तथा आफ्नै कथा रहेको बताउने उनको ‘सखी’ उपन्यासमा लामो संघर्षपूर्ण इतिहास बोकेको र आफ्नै गहन र विशाल सास्कृतिक जीवन शैलीमा बाचेको भूमिपुत्र, भूमिपुजक थारु जातिको दुख, पीडा र संघर्षलाई उतारिएको छ । उनै लेखकसँग संसारन्युजका लागि चन्दा थापा (चन्द्रिका) ले गरेको कुराकानी

    ऐनाको चर्चा नसकिदै अर्को उपन्यास ल्याउनु भएछ नि ?
    हजुर, ऐनालाई पाठकहरुले धेरै मन पराउनु भयो । ऐनाको चर्चा परिचर्चा र ऐनामाथी धेरै कोणबाट शोध (थेसिस) पनि भैरहेकै छन् । ऐना आएको अढाई वर्षपछी सखी आएको छ । मलाई लाग्छ यो ठिकै समय हो । चाडै होइन ।

    ऐना र सखीमा भिन्न के पाउछन् पाठकले ?
    ऐना कथा सङ्ग्रह हो । विविध विषयका कथाहरु छन् । भिन्न–भिन्न स्वादका कथाहरु छन् । तर, सखी उपन्यास हो । एकै विषय र एउटै कथानकमा लेखिएको छ । तर, पनि दुबै कृती पश्चिमकै परिवेशमा लेखिएका छन ।

    यत्ति छिटो यति शसक्त उपन्यास लेख्नु भए छ कसरी सक्नुहुन्छ ?
    मेरो मानसपटलमा अगाडिदेखी बसिरहेको विषय हो यो । ऐनापछि यसैमा मन्थन गरे । एक वर्षको अवधिमा सखी लेखेर सके । यो लेख्दा आनन्द आइरह्यो । शिलशिला टुट्ला कि भनेर लेख्ने बेला लामो समयको ग्याप राखिन् ।

    सखीमा के छ त्यस्तो पाठकको मनमा बस्नका लागि, ऐनामा जस्तै हाँसो, रोदन, साहस, रमाइलो महसुस गर्न पाउछन् त पाठकले ?
    पश्चिम तराईको थारु जनजीवनको संघर्ष सास्कृतिक चित्रण र विषेश गरि थारु कमलरी केटीको दुख, पीडा, संघर्ष र सफलताको कथा हो यो । नलेखिएको नयाँ विषय भएका कारणले पनि पाठकले नयाँ स्वादले यसलाई आनन्दसाथ पढ्नुहनेछ भन्ने मलाई विश्वास छ ।

    कम्लरी प्रथालाई लिएर लेख्नु भएको छ रे नि वास्तविक पात्र हुन् कि लेखकको कल्पनामा मात्र हो ?
    सखी मेरो जीवनकी वास्तविक सखी हुन । मैले भोगेको, देखेको र मेरै जीवनबाट गुज्रेको कथा हो सखी ।

    मोफसलमा रहेर पनि लेखनमा एकपछि अर्को सफलता पाउनु भएको छ ऐनापछि सखीको पनि त्यत्तिकै चर्चा छ नि ?
    मलाई लाग्छ लेखनका लागि मोफसल र केन्द्र भन्ने हुँदैन । तर, यहाँ चर्चा, परिचर्चा र वाहवाही केन्द्रमा बस्नेहरुकै बढी भएको जस्तो लाग्छ । मोफसलका श्रष्टाहरुलाई देशभरिका पाठक समक्ष पुग्न नै गाह्रो छ । यसकारण मोफसलका श्रष्टाहरुलाई उठ्न गाह्रो त छ नै। तर, पनि शक्तिशाली लेखन र लेखक केन्द्रको दवदवा तोडेर एकदिन न एकदिन आम पाठकका मनमा बस्ने छन् ।

    सखीको भविष्य कस्तो देख्नु भएको छ ?
    मेरी सखीले दुख, पीडा र संघर्षमय जीवन झेल्दै सफलताको कथा बोकेकी छिन् । त्यसैले मेरी सखीको भविस्य सुन्दर देख्छु । पाठकको मनमा बस्न मेरी सखी अवश्य सफल हुनेछिन् भन्ने विस्वास छ ।

    तत्कालै अर्को कृति ल्याउने सोँचमा हुनुहुन्छ कि ? ल्याउनु भयो भने कुन क्षेत्रलाई लिएर लेख्नुुहुन्छ ?
    लेख्ने काम त जारी रहन्छ नै । तर, अर्को कृति नै कहिले आउँछ त्यो त भन्न सक्दिन । तर यति भन्छु अर्को कृति पनि आख्यानकै आउनेछ ।

    सखी बाहिर ल्याएपछि कस्तो महसुस गर्नु भएको छ, एउटी आमाले नौ महिना शिशु गर्भमा राखेर बाहिर ल्याउनु जत्तिकै पीडा हुन्छ भन्छन् नि कृति बाहिर ल्याउन ?
    त्यस्तो त मलाई लाग्दैन् । त्यो त लेखकहरुको भनाइ मात्र हो जस्तो लाग्छ । एउटी आमाले नौ महिनासम्म पेटमा बच्चा बोक्नु पर्दाको र बच्चा जन्माउनु पर्दाको जस्तो प्रशव पीडा लेखकले कहाँ भोग्छ र ? लेखकले त हरेक कुरा रमाएर र आनन्द लिएर लेख्छ । लेख्दा खेरी लेखक आफै रमाएको छैन भने त्यो कृति पढ्दा मान्नुस् पाठक पनि रमाउन सक्दैन ।

    ऐना बाहिर ल्याउँदा र सखी बाहिर ल्याउदाका अनुभुति कस्तो रह्यो ?
    मैले दुबै कृति लेख्दा रमाएरै लेखे । तर, प्रकाशन गर्ने क्रममा ऐनाको सुरुवातको चरणमा धेरै झमेला र अप्ठ्याराहरु भए । अलि तनाब पनि भयो । तर सखी को प्रकाशन सहजै भयो ।

    केहीले त तपाइको सखी उपन्यास थारु समुदायको दस्तावेज पनि भनेका छन् नि ?
    हजुर । लामो संघर्षपूर्ण इतिहास बोकेको र आफ्नै गहन र विशाल सांस्कृतिक जीवन शैलीमा बाचेको भूमिपुत्र, भूमिपूजक थारु जातिको दुख, पीडा र संघर्ष जीवन मैले आफ्नै आखाले देखे । अनुभूत गरे र लेखे । त्यसैले थारु जनजीवनको चित्रण गर्ने कोसिस चाहिँ गरेको छु । मैले कल्पनामा लेखेको उपन्यास होइन । थारु जनजीवनको प्रत्यक्ष अवलोकन र अनुसन्धान गरेर लेखेको उपन्यास हो ।

    २५२ पटक
    प्रतिकृया दिनुहोस्
    Ad
    Ad
    Ad
    Ad