BizPati

  • आज : २०७५ चैत्र १२ गते
    Headlines :

    गजल ९४

    शान्ता अधिकारी घिमीरे, न्युजर्सी अमेरिकाकार्तिक ७, २०७५

     

    दशैंमा आएन भनी,आँशु नझार्नु बाबा आमा
    सगुन दिउँला भनी, फुल नटार्नु बाबा आमा ।

    नमरी बाँचेमा, अर्को साल आउँला घर,
    दुःखी भई आँशु गहभरि नपार्नु बाबा आमा ।

    पसिना बगाई एक दिन तिरौंला ऋण नि,
    मरेको छैन यो छोरी हिम्मत नहार्नु बाबा आमा ।

    सम्हाल्नु त्यो मन,रातो टीका जमरा संगै,
    छोरीको यादमा,आँशु तल नसार्नु बाबा आमा ।

    बिदेश छोरी,अर्को साल अवश्य आउँला,
    म नफर्के सम्म,सुख–दुःख बढार्नु बाबा आमा ।

     

    ३९५ पटक
    प्रतिकृया दिनुहोस्