BizPati

  • आज : २०७५ चैत्र १० गते
    Headlines :

    समाज विकासका अनुकरणिय उदाहरण – मित्रलाल पार्दे

    संसार न्यूज संवाददाताकार्तिक १३, २०७५

    हामीले  बिगत केही समयदेखि  विभिन्न क्षेत्र र पेशामा आबद्ध व्यक्तिको  जिबनका अन्तरङ्ग पाटाहरु उकेल्दै आयौ।समय र पावन्दीको दरारमा बाधिएको आम मानिसको जीवन सारमा पारिबारिक उन्नति र प्रगतिको द्दारमा व्यतित  हुन्छ। कति सामाजिक जिबनको परिदृश्यमा पौठेजोरी खेल्दै भिमकाय यात्रा तय गर्छन् भने कति  कुनै स्वार्थलाइ स्वामिप्य अङ्गालेर रङ्गमन्च तृष्णा  गर्छन्। आफ्नो व्यक्तिगत  स्वार्थलाइ तिलान्जली दिएर सामाजिक बिकासमा जिबनको सकृय र नामांकिन  समय सुचिकृत गर्ने महान व्यक्ति गणनासंख्यामा  न्यून हुन्छन् । तिनै सामाजिक बिकासका प्रणेता मध्य  एक अनुकरणीय सामाजिक चिन्तन गर्ने व्यक्तित्व हुन्  मित्रलाल पार्दे।

    नबयुग नाट्य सास्कृतिक समुहका पुर्ब  सस्थापक,पुर्ब प्रकृति मासिक भित्ते पत्रिकाका  सम्पादक, खोजी मासिक पत्रिकाको सम्पादन गरेका एवम हाल पोल्यान्ड नेपाल डटकमका संरक्षक एवम प्रधान सम्पादक   अन्तरास्ट्रिय नेपाली कलाकार समाज(इनास)का पुर्ब सस्थापक महासचिव,तत्कालिन इनास बिधान मस्यौदा समिती सम्योजक, रापती  समाज काठमाडौका पुर्ब  सस्थापक अध्यक्ष , रापती  समाज काठमाडौका संस्थापक बिधान मस्यौदा समिति संयोजक ,त्रिशुली सुरक्षा  पर्खाल अभियानको परिकल्पनाकार एवम अन्य बिभिन्न संघ संस्थाबाट मनोनित व्यक्तित्व हुन्, मित्र लाल पार्दे ।

    यति मात्र कहाँ हो र उनी उपन्यासकार,गीतकार,कवि,दाङ्ग बिद्यार्थी समिती त्रि बि किर्तिपुरका पुर्ब अध्यक्ष ,गैर आबासिय  नेपाली संघ  पोल्यान्ड (एन आर एन ए)का पुर्ब सस्थापक महासचिव तथा पुर्व वरिष्ठ  उपाध्यक्ष हाल सल्लाहकार , हाल इनास ग्लोबलका केन्द्रिय उपाध्यक्ष एबम पानी अभियानकर्ता मित्रलाल पार्देको जिबनका अन्तरङ्ग पाटाको सन्दर्भमा हामिले विशेष चर्चा-परिचर्चा गरेका छौ। नेपालको सुन्दर र प्राकृतिरुपमा मनोमहक जिल्ला दाङ्गको स्युजामा बुवा   प्रेम नारायण पार्दे  र आमा  यमा देबि पार्देको  कोखबाट १९८० फेब्रुअरी २९ तारीखमा धर्तिमा पाइला टेकेका पार्दे बाल्यकालदेखि हुने बिरुवाको चिल्लो पात भनेझै अध्ययनमा  तेजस्वी र तिक्ष्ण  थिए।बाल्य उमेरमा पनि खेल्नुको अलवा भद्रभलादमी व्यक्ती  सङ्ग भालाकुसारी गर्ने,सामाजिक कामलाइ निकै चासो पुर्बक जिज्ञासा् राख्ने स्वभाबका पार्देलाइ छिमेकीहरुले पनि भबिस्यमा देश बिकासको लागि एक ध्वजाबाहक  कर्णधारको रुपमा प्रस्फुटन हुने आकलन गरेका थिए।  एसएलसि लालमटिया देउखुरी दाङ  बिए  महेन्द्र बहुमुखी क्याम्पस दाङबाट  उत्तीर्ण गरेका पार्दे उच्च शिक्षाको लागि सपनाको शहर,हरतरहले तुलनात्मकरुपमा अन्य जिल्लाभन्दा सुबिधासम्पन्न देशकै केन्द्रिय राजधानी काठमाडौ प्रवेश गरे। उनको घरपरिवार आर्थिकरुपमा सम्पन्नशालीको  रेखांकनमा थिएन  अझै पनि उनका माता पिता कृषि कर्म गरेर जिविकोपार्जन गरिरहेका उनको गाउँका जानकारहरु बताउछन् ।

    उनी १५ बर्षको उमेरमै पढाइको लागि घर छोडेर हिडे जसको परिणाम स्वरुप हरेक संघर्ष र पिडाका मोडहरुमा उनी हड्बडाएनन् । हरेक नयाँ यात्राहरु   उनका लागि समुन्द्रको मोडहरुमा समुन्द्रको आधिबेहरीमा  डुङ्गा पार गर्नु सरह हुन पुग्यो । कहिले कसैको घरमा भात पकाएर पढे , कहिले इन्डियन शिक्षकको भात पकाएर पढे ।कहिले होस्टेलमा बसेर पढे ।कहिले फुपुका बच्चाहरु पढाएर पढे कहिले ट्युसन पढाएर पढे कहिले स्कुल पढाएर पढे आखिर १ होइन २ होइन एम ए पढे ।

    दुब्लो पातलो शरीर बच्चा उमेरमा बिरामी भैरहने छोराको आश मारेका उनका बुवाआमाको अर्को छोराको आशमा  पाच   छोरी भए । यता दुब्लो पातलो समय समयमा मुटु दुख्यो भनेर हालत खराब पार्ने बिरामी मित्र लाल  पार्दे आफ्नो सपनामा सानैदेखी  निरन्तर कुरै नसुनेर लागिरहे लागिरहेका छन्    ।सपनका बन्दना शिरमा शिरोधार्य गरि निरन्तर एम ए पढाइ सम्म  पार्देलाइ पुर्ण बिन्दुमा पुग्नु अपरिहार्य थियो परिणामस्वरुप आफन्ती फुपुको  घरमा बसेर हुन्छ कि कसैको बच्चा पढाएर हुन्छ कि बोर्डिङ पढाएर हुन्छ कि  इन्डियन गुरु सित बसेर हुन्छ कि ट्युसन पढाएर हुन्छ कि  आर्थिक गर्जो टारेर अध्यनलाई निरन्तरताको डोरिमा कसिरहे।

    जहाँ गए आखिर एक्लै गए तर त्यहा समुदाय बनाइहाले उनले काठमाडौ पनि हात बाधेर बसेनन् काठमान्डौ जस्तो भिडहरुको शहरमा उनी हराएनन् बरु केही न केही गरिरहे । दाङबाट काठमान्डौ छिरेको दुब्लो पातलो युवा पार्दे   सकृय बिद्यार्थी मात्र नभएर जागरुप बिद्यार्थीको भुमिका निर्बाह गरे चिन्तन गरे आफ्नै जिल्लाको चिन्तन गरे सधै सामाजिक सोचको । काठमाडौमा पनि धेरैले वास्ता गरेनन्  । राप्ती समाज काठमाडौ गठन गर्दा अहिले जस्तो सजिलो फेसबुक वा अन्य केही सूचना माध्यम थिएन निरन्तर कलेज कलेज गएर पर्चा टास्दै हिडे र चौथो पटकमा केहि झन्डै सय जनाको समुह भेला गरे    जसको अथक प्रयासले रापती  समाज काठमाडौको  शुत्रपात भयो  उनै पार्देको उपज हो राप्ती समाज काठमाडौ उनै पार्दे मैतिदेबी ज्ञानेश्वर बानेश्वर किर्तिपुर गर्दै चप्पल फटाल्दै हिडेको उपज हो आजको रापती समाज काठमाडौ जुन राष्ट्रिय स्तरकै सकृय संस्थाको रुपमा दर्ज भएको छ र यो लेखकले पनि अनुभुत गरेकै छ । अहिले पनि राप्ती समाज काठमाडौ दौडेकै छ  बर्तमान सम्म सक्रिय छ पनि । अध्यनकै शिलशिलामा बिगतमा दर्जनौंपटक पहिरो गएर अधिक जनधनको क्षति भएको असुरक्षित कृस्णभिर सडकलाइ पर्खालद्वारा ढाडस दिनुपर्छ भन्ने परिकल्पनाकार पनि हुन्  ।

    उनले अध्यनलाइ सामर्य गर्ने क्रममा अङ्ग्रेजी एबम साहित्यमा त्री.बि कृतिपुरबाट स्नातकोत्तर गरे । उनले न त बोर्डिङ पढे पढे सरकरी स्कूल पढे ।   सायद उनको जिबनमा तत्कालीन समय एक दरब्य शैलिको हुटहुटि चल्यो  जुन तिरङ्गनाले २००७ सालमा पोल्यान्डको वार्सवामा थप अध्ययन  गर्न बिद्यार्थी भिषामा उनी आइपुगे।नेपाली भाषा ,आफ्नो दिलब्य सस्कृतिमा जवानी मोक्ष तारब्य गरेको एक युबा बिल्कुल पृथक भाषा,रहनसहन प्रयोजित ठाउमा एकाएक समाहित हुनुपर्दाको  तरङ्ग सायद कल्पना भन्दा बाहिरको थियो यद्दपी साहासिक,बहुआयामिक एबम अदितिय क्षमताका मिदृभाशी युबाले तद क्षणको परिदृस्यलाइ केहि हदसम्म अगाल्न पुगे तर बिडम्बना एक बर्षसम्म यहाको चैतन्य  कालब्य परिस्थितिमा उनले जागिर पाउनको लागि अलब्य कहालीलाग्दो संघर्समा होमिन पुगे । नत पोल्यान्डमा जागिर पाउन सके न त कसैले उनको कुरा सुने शुरुका दिनहरुमा कसैले सुने पनि ती हावामा हराए  बरु आफूसित  आएका साथीहरु कोहि कुन देश गए कोहि कुन देश गए उतै सेटल भए कोही नेपाल पनि फर्के तर पार्दे संघर्ष  गरिरहे  ।

    जुन बेला पोल्यान्डमा बिद्द्यार्थीलाई काम गर्न दिईएको थिएन त्यस्तो अवस्थामा पार्देले गरेको संघर्षको कथा सुन्दा आँखाबाट आसु आउछ ।  जुन बेला पोल्यान्डमा बिद्द्यार्थीलाई काम गर्न दिईएको थिएनत्यस्तो अवस्थामा पार्देले गरेको संघर्षको कथा सुन्दा आँखाबाट आसु आउछ । उनी  पढाइसङ्गै हरेक कम्पनी र संघ -सस्थामा अनुनयका साथ आबेदन दिदा पनि माधुर्यतामा सुनिदिने र त्यो  काबिल युबाको दक्षता ग्रहण गर्ने चिन्तन कोहि सित पनि  साबार भएन। मलाई फालेको बियरको बोत्तल टिप्न देउ मात्र मैले युरोपको पढाइ सक्छु र देश फर्कन्छु भन्दा पनि कुनै कम्पनिले सुनेनन् त्यो दर्दनाक परिवेशमा  भौतारिएका पार्दे छुट्टीको समयमा डेनमार्क पुगे जहाँ उनको अपेक्षाको बिम्ब पनि बिपरित दिशामा ठोकियो।

    उनलाई पोल्यान्ड युरोप हो युरोपमा छुट्टै नया सोच अनुसार पढाइ हुन्छ भन्ने सोचेका थिए तर त्यो सोच भेटाउन सकेनन्  । यद्यपि आफ्नो सोचलाई बिस्तार गर्ने क्रममा अगाडि बढिरहे । हार खाएनन् ।

    डेनमार्कको सुन्दर शहरमा पार्देका लागि छहारी सहजरूपमा प्राप्त त भएन तर त्यो दर्दनाक परिस्थितिका बाबजुत सडकमा रहेका बोतल र पलास्टिक झोलामा राखेर पसल -पसलमा बेचेर जीवन गर्जो पनि टारे ।भिमकाय अबस्थामा कत्ती पनि बिचलित नभई समुन्द्रझै अटल रहे।पोल्यान्डमा स्नातकोत्तर त गरे तर बिबिध कारणबस थेसिस पूरा गर्न सकेनन् थेसिस पुरा गर्न नसक्नुका कारणहरुले जो कोहिको पनि आसु आउछ   तथापि राजधानी वार्सवामा आएर पुर्ण गरेर नेपाल फर्कन्छु भन्ने भाबमा आए ।   उनी  ५०० किलोमिटर टाढाबाट काम गर्न आए ।  ५ किलोमीटर टाढा मान्ने  युगलाई चुनौती दिदै ५०० किलोमिटरको कलेज रातभर ट्रेन्मा जान्थे हप्तामा तीन दिन पढ्थे ४ दिन काम गर्दथे । ५०० किलोमीटरको टाढा कलेज यो रित ६ महिना चल्यो । वारसवा पनि बसाइ ५०० किलोमिटर टाढा कालेज भएको ठाउमा  स्तेचिन पनि बसाइ भो यसै क्रममा पोल्यान्डको एक रेस्टुरेन्ट  स्फिनिक्स कम्पनिले उनलाइ कामदार अनुमती पत्र दिएर औपचारिक अनुबन्ध गर्यो।  परिणामस्वरूप नेपाल फर्केर जान्छु भनेका एक सकृय युबा पोल्यान्डमै आसिन हुन पुगे ।

    अदितिय सर्बाङ्गिण बिचारका धनी पार्देको पनि विश्वव्यापी संस्था  इनास ,अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज(इनास)को गठन प्रक्रियाले २०१२ अगस्त २६ गते पोल्यान्डमै उद्घाटन गराउन सफल भएर  मुर्तरुप लिएको थियो ।  जुन गठन गर्दा पार्देले पनि  पोल्यान्डमा विभिन्न देशबाट व्यक्तिहरु जुटाउन विशेष भुमिका खेलेका थिए ।  जुन इनास  बर्तमान अबस्थामा विश्वका ७२ भन्द बढी  क्षेत्रमा कृयाशिल छ।उनको सकृयता  केबल इनासमा मात्र सिमित भएन उच्च बिचारका गतिशिल खम्बा पार्दैको सकृयता  गैर आबासिय नेपाली सघ (एन आर एन ए )  पोल्यान्डमा  पनि उत्तिकै भो  ।   जुन अहिले सम्म तदारुक्ताका  साथ अस्तित्वमा छ। त्यसो त पार्देलाइ एन आर एन केन्द्रले विभिन्न टास्कफोर्समा स्वस्फूर्त रुपमा मनोनित गरेको घाम जत्तिकै छर्लङ छ । उनैले तयार पारेर आप्रसान नीति सम्बन्धी रिपोर्ट  एन आर एन युरोपियन सम्मेलनमा परराष्ट्र मन्त्री , पोल्यान्डमा उपप्रधानमन्त्री समक्ष  र बेल्जियममा पनि राजदूत एवं परास्ट्र तथा मन्त्री  समक्ष   पेश गरिएको घाम जत्तिकै छर्लङ्ग छ ।

    व्यक्तिगत जिबनमा कुनै अखाप्य सपना बर्जित नगरेका पार्दे हरेक पल सामाजिक सोचहरुको सामाजिक विचारहरुको ,सामाजिक प्रायहरुको  सेवामा तल्लिन रहे।उनको गाउका  बासिन्दा हरेक दिन पानीको असह्य  प्यासमा मुर्छित हुदा दुर्दर्शी पार्देलाई आफ्नै मनको बहको रुपमा हरेक मन -तनमा पिडाको शंखध्वनी  बज्यो फलस्वरूप सामाजिक अभियानका सारथी पार्देले “हरेक घरमा एक धारा ,हरेक गाउँ सिचाइ”  नारा  बुलन्द गरेर सामाजिक बिकासको बिगुल फुके। कतिपयलाइ लागेको थियो यो केबल लालायित  सपनामा मात्र सिमित हुनेछ तर ती द्रव्यवाचक युबाले मिसनलाइ जुनसुकै परिस्थितिमा पनि सफलताको उचाईमा पुर्याउने अठोट लिए अनि  २०१६ फेब्रुअरी २९ तारिख आफ्नो जन्मदिनको पुनित अबसरमा बैक खातामा रु ५० हजार जम्मा गरेर करोड पानी अभियानको औपचारिक अध्याय सुरु गरे।उनको भीष्म प्रतिज्ञा नै जब सम्म पानी अभियानबाट सुनपुरमा पानी पुगेर त्यहाका जन्ताले बर्षौदेखिको प्यासी तृष्णा तृप्त हुने अबस्था हुदैन तब सम्म न  घरमा जाने न भोट हाल्ने न पदमा उठ्ने घोषणा गरे  ।  पानी अभियानको उद्देश्य भीष्म प्रतिज्ञा यथावत थियो । करुणामय दार्शनिक घोषणा गरेका पार्देले अभियानलाइ सफल बनाउन रत्तिभर अडान छाडेनन्  । जसको परिणाम अधिकांश  देशका नेपाली नागरिकले स्वतस्फूर्त पानी अभियानको खातामा रकम जम्मा गरेर होस्टेमा हैसे गरेर एकलब्यरुपमा साथ दिए। लाखौ लाख  रकम गाउको पानी बिकासमा खर्च गर्नका खातिर पोल्यान्ड बाट निरन्तर संघर्ष  गरे  फेसबुक मा हरेक दिन पानी नारा वकालत गरे । हरेक घर धारो हरेक गाउँ सिंचाइ गायत्री मन्त्रै झै  मन्त्रोच्चारण गरिरहे  । उनको कल्याणकारी योजनालाइ मुर्तरुप दिन स्थानीय  जनसमुदाय र नेपाल सरकार पनि केही  बजेट निर्धारण गरेर साथ दिइरहेको पृष्ठभुमिलाई मध्यनजर गर्दै केही भीष्म प्रतिज्ञालाई समायोजन गर्दै स्थगित गरेंंता पनि पार्दे  पानीको बृहत्तर योजनामा तल्लिन रहेका छन्  ।पार्देको भनाइ छ”एउटा सामान्य बिषय  उठान गर्दा त सरकारी अधिकारीले  उपहास गर्छन् जहाँ उनिहरुलाइ बिकासका कार्यक्रममा  मनाउन दिनरात पाउ पर्नु पर्छ, अनुनय बिनय गर्नु पर्छ। धेरै आग्रह र नमस्कार पछि अन्तमा खोक्रो आश्वावासन लिएर नतमस्तक हुनु पर्ने बिबशतालाइ मनन गर्दै समान्य व्यक्तिले  पनि रास्ट्रको कुनै क्षेत्रको बिकाश्को लागि योगदान सकिन्छ भन्ने मान्यताका साथ यो पेचिलो तर अत्यावश्यक पानी अभियान सुरु गरेको हु। आज हरेक पेशा र क्षेत्रका  व्यक्तिलाई  कम्तिमा पनि पानी अभियानलाइ सार्थक बनाउनु पर्छ भन्ने भावना बुलन्द भएको छ यो नै हार्दै गरेको लडाइ जितेको अनुभव भएको छ।”

    पार्दे केबल सन्कुचित धारमा रमाउने व्यक्ती  हैनन् ।उनी आफैमा दुरदर्शि, अभुतपुर्ब कलाका मुल हुन्  भन्दा अतियुक्ती नहोला।उनी साहित्यिक  एबम नाट्य फाटमा पनि उत्तिकै अब्बल दर्जामा गनिएका थिए ।उनी नबयुग नाट्य सास्कृतिक समूह दाङका सस्थापक सदस्य समेत हुन् ।२०५७ सालमा शान्तिको खोजी नामक नाट्य दृश्य प्रदर्शन  गर्दा हरेक नेपालीको मन -मनमा रङ्गिन छाप छोड्न सफल भएको थियो जुन नेपाल प्रज्ञाप्रतिष्ठानको अभिलेखमा उत्कृष्ट नाटकमा दर्ज भएको छ।उनी साहित्य बिधाका पनि कलम चलाइरहने  पात्र थिए किनकी १७ बर्षको उमेरमै “प्रेम भित्रको युद्ध” -सानो लघु उपन्यास र २५ बर्षको उमेरमा “तडपाइएका मनहरु”  कृतिहरु प्रकाशित भएका थिए । उनले लेखेको नाटक ” के बुद्द जन्मदैन ”  किर्तिपुर अडिटरियम हलमा अङ्ग्रेजी डिपार्ट्मेन्टको कार्यक्रममा अङ्ग्रेजीमा उल्था गरि प्रदर्शन गरिइएको थियो । धेरै पत्रपत्रिकामा उनका,लेख रचना,कबिता र नाटक प्रकाशित छन।उनी  गीतकार पनि हुन् किनकी उनको रचनामा प्रकाशित गीत हिमाल पहाड तराइ कोहि छैन पराइ र एक पटकको नेपाली सधैको नेपाली बिश्वको अग्लो चादीको चुच्चो  नेपालकै काखमा   नामक गीतहरु  रास्ट्रिय भाबनाले ओतप्रोत छन् ।

    त्यसो त उनि त्यति मात्र सिमित भएनन्  बिबाह गर्दा लाग्ने खर्च  समेत कटौती गरेर बचेको २० हजार रकम सुनपुर स्थित तत्कालीन निम्नमाध्यमिक विद्द्यालयमा  हस्तान्तरण गरेर अँध्यारो कोठामा पढ्नबाट बन्चित बालबालिकालाई शिक्षाको उज्यालो ज्योती दिलाउने शैक्षिक सम्बाहाक समेत बने। उनको बिवाहले समाजमा नया आयाम थप्न सफल भएको र कान्तिपुर लगायत दर्जनौ मिडियामा प्रकाशित भए । त्यसो त उनको बिवाहको बारेमा समाचार ” बिवाह र मृत्यु संस्कारमा नाटकीय परिवर्तन भनेर नेपाल साप्ताहिकमा प्रकाशित भएको थियो ।   यसरी हरेक बिधा र दर्जामा पार्देलाइ विश्लेषण गर्दा उनी रास्ट्रका अमुल्य निधि र बहुमुल्य गहना हुन् । देशले के दियो मलाई भनेर सोध्नु भन्दा म देशलाई के दिन सक्छु भन्ने सोचले नै समग्र समाजको उन्नति हुने हो ।

    उनको एक एक  सोचको प्रेरणा र एक  एक थोपा सोचले रास्ट्रको बिकास सागरमा बदल्न सकिन्छ  । बहुआयामिक, रास्ट्रप्रेमी, पानी अभियानका नायक पार्देको जिबनका पाटाहरुबाट प्रेरणा  लिन सके जिबन्त फलदायी हुने देखिन्छ ।

    प्रस्तुती: कलश खरेल

    ४७९ पटक
    प्रतिकृया दिनुहोस्