BizPati

  • आज : २०७५ चैत्र १० गते
    Headlines :

    पत्रकार सापकोटालाई मस्तिष्काघात

    संसार न्यूज संवाददाताकार्तिक २८, २०७५

    २८ कात्तिक, काठमाडौँ । पत्रकार राजेश सापकोटालाई मस्तिष्काघात भएपछि चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार शुरु गरिएको छ ।

    कात्तिक २३ गते भाइटीकाको दिन अपराह्न अकस्मात् शरीरको दाहिने भाग नचलेपछि परिवारका सदस्यले उहाँलाई शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी पु¥याएका थिए । मुटुमा कुनै समस्या नदेखिएपछि गङ्गालालले तत्कालै न्युरो अस्पताल बाँसबारी स्थानान्तरण गरेको थियोे । न्युरो अस्पतालले मस्तिष्काघात भएको पत्ता लगाई उपचार शुरु गरेको थियो । यो समस्या देखिएको ९० मिनेटमा यसविरुद्धको खोप नलगाए रोगीको मृत्यु सम्भावना रहन्छ । पत्रकार सापकोटा ४० मिनेटमै चिकित्सकको सम्पर्कमा पुगेपछि उपचार सम्भव भएको उनले जानकारी दिए ।

    न्यूरो सर्जनको प्रयासपछि उपचार सफल भएको छ । कात्तिक २८ गतेदेखि चिकित्सकको प्रत्यक्ष निगरानीमा घरमै राखेर उपचार भइरहेको छ । सापकोटा दुई दशक अघिदेखि पत्रकारितामा संलग्न हुनुहुन्छ । केही वर्ष यतादेखि उहाँ सत्याग्रह साप्ताहिकको सम्पादकका रूपमा कार्यरत छन् ।

    ६० पटक
    प्रतिकृया दिनुहोस्