BizPati

  • Janata Bank

  • आज : २०७५ माघ ७ गते
    Headlines :

    मेरो मृत्युको अवसरमा

    हरि पौडेल मंसिर २३, २०७५

    आफनै घरको आङन होस
    अर्धांगिनीको काख सिरान होस
    अस्ताउँदो सूर्यको किरण होस
    उच्चारण वेदको मंत्र होस
    यमलाई न पठाउनु प्रभु
    आफै लिन आउनु प्रभु
    मेरो मृत्युको अवसरमा

    किरिया कर्म नगर्नु अरु
    असहायलाई हेर्नु बरु
    खानु लाउनु नबार्नु कतै
    रुने कराउने नगर्नु कुनै
    यमलाई न पठाउनु प्रभु
    आफै लिन आउनु प्रभु
    मेरो मृत्युको अवसरमा

    हाँसी हाँसी जान मिलोस
    रोग ब्याद कुनै न लागोस
    वरिपरि फूलको वासना होस
    धुप दियो सबै बली रहोस
    यमलाई न पठाउनु प्रभु
    आफै लिन आउनु प्रभु
    मेरो मृत्युको अवसरमा

    इष्ट मित्र सबै वरिपरि हुन
    कृष्ण भक्तिको बजी रहोस धुन
    कसैको बाँकी नरहोस गुन
    तिरेको होस सबै ऋनको नून
    यमलाई न पठाउनु प्रभु
    आफै लिन आउनु प्रभु
    मेरो मृत्युको अवसरमा

    मनमै मेरो गंगा होस
    तीर्थस्थान आङनमै होस
    चरा चुरुंगी सबै गाइ रहोस
    मंद-मंद बतास चलोस
    यमलाई न पठाउनु प्रभु
    आफै लिन आउनु प्रभु
    मेरो मृत्युको अवसरमा ।

     

    २१७ पटक
    प्रतिकृया दिनुहोस्