BizPati

  • आज : २०७५ चैत्र १२ गते
    Headlines :

    यसरी सुमधुर बनाउन सकिन्छ बैवाहिक सम्बन्ध

    संसार न्यूज संवाददातामंसिर २५, २०७५

    जहाँ माया त्यहाँ झगडा हुन्छ । तर, कहिलेकाँही स–सानो झगडा पनि सम्बन्धमा समस्या ल्याउने हुन्छन् । त्यसकारण झगडाका क्रममा पनि यस्ता कुरा ख्याल गरेर सम्बन्ध बचाउन सकिन्छ । यसले तपाइको सम्बन्धमा पनि समस्या नआउने र लामो सयमसम्म दुवैजना खुसी रहन सकिन्छ ।

    हरेक झगडामा म तिमीलाई छोड्न चाहान्छु, तिमीबाट पिछा छुटाउन चाहान्छु भन्नु राम्रो होइन । यसले मायामा कमी आउने तथा यसैका कारण हरेक समय झगडा हुने बानी हुन्छ ।
    कमजोरी दोहो¥याइरहनु–तपाइको जीवन साथीमा भएको कमजोरीहरु हरेक झगडामा निकाल्नु राम्रो होइन । कोही पनि मान्छे सबैकुरामा ससक्त हुँदैन । त्यसकारण यस्ता कुरा झगडामा नल्याउँदा नै राम्रो हुन्छ । यसले दुवैजनाको वीचमा नकारात्मकता बढ्ने हुन्छ । जसको नतिजा भविष्यमा बढी झगडा हुने सम्भावना बढी रहन्छ ।
    गाली-झगडाका समयमा बढी गल्ती विषयवस्तु भन्दा बाहिर गएर सबैभन्दा बढी आफ्नो जीवनसाथीलाई गाली दिएर झगडा । चाहे त्यो मजाकमै गाली गरेको किन नहोस् यसले लामो समयसम्म सम्बन्धमा समस्या पार्दछ । झगडाका बेला शान्त बस्ने श्रीमान वा श्रीमतीले केही नबोलेपनि त्यस्ता कुराहरु मनमा राखिरहने हुनाले अर्कोपटक फेरि लडाइको कारण बन्न सक्छ ।

    ३२५ पटक
    प्रतिकृया दिनुहोस्