BizPati

  • Janata Bank

  • आज : २०७५ माघ ७ गते
    Headlines :

    मध्यरातमा चौधरीको हत्या

    रासस मंसिर २६, २०७५

    २६ मङ्सिर, गौशाला । महोत्तरीको औरही नगरपालिका–२ फुलबरियाका बेचु चौधरीको गएराति हत्या भएको छ । चौधरीको शव घर नजिकैको उखुबारीमा फेला परेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

    घाँटीमा निलडाम र शरीरको अन्य भागमा चोटपटक लागेको अवस्थामा चौधरीको शव फेला परेकाले उनको हत्या गरिएको हुनसक्ने कार्कीले बताए । घटनाबारे अनुसन्धान भइरहेको छ ।

    ३७ पटक
    प्रतिकृया दिनुहोस्