BizPati

  • Janata Bank

  • आज : २०७५ माघ ७ गते
    Headlines :

    ‘संघर्षले नै जीवनमा सफलता मिल्छ’

    अनिल वाग्ले, विर्तामोडपौष ४, २०७५

    जिन्दगीमा आफू चिनिनका लागि धेरैले प्रयास गर्छन् । थोरैले मात्र आफूलाई ठूलो भिडमा चिनाउन सक्छन् । अर्कोकुरा, आफूलाई चिनाउनका लागि जीवनभर सफल व्यक्तिले गरेको मेहनतलाई धेरै थोरैले मात्र मसिनो ढंगले जानकारी लिने गर्छन् । सफल व्यक्तिहरुको सफलतामा दंगपर्नेहरु ऊ कसरी सफल बन्न सक्यो भन्ने कुराको चाहिँ त्यति धेरै ख्याल गर्दैनन् । तर सफल व्यक्तिले आफूलाई सफल बनाउन यति मेहनत गरेको हुन्छ कि उसले प्राप्त गरेको सफलतामा स्वयम् भने पूर्ण सन्तुष्ट हुँदैन । झापा बिर्तामोडका फडेन्द्र ढुंगाना पनि जिन्दगीमा सफलता हासिल गर्न संघर्ष गरिरहेका छन् । उनको संघर्षबारे साह्रै थोरैले मात्र नजिकबाट नियालिरहेका होलान् । तर उनी आफूलाई जीवनमा सफल व्यक्तिका रुपमा समाजले लिओस्, धेरैलाई मेरो क्षमता देखाउन सकूं भनेर लागि परेका छन् ।

    २५ बर्षीय ढुंगानाले चारवर्षकै उमेरमा बुबाको साथ गुमाउनु प¥यो । बुबाको माया, स्नेह र हौसलाको कुनै पनि अनुभूति लिन सकेनन् उनले । बुबाको वियोगले उनलाई अझैपनि सताउने गरेको छ । उनि भन्छन् ‘बुबाको माया कस्तो हुन्छ अनुभव लिन सकिन तर दाजु बेदप्रसादको माया र अभिभावकत्वले मेरो जीवनमा हौसला थप्ने काम भयो ।’ उनले थपे ‘दाजुले मेरो निम्ति धेरै गर्नुभएको छ, उहाँ मेरो हौसलाको पात्र मात्र होइन मेरा निम्ति रियल हिरो हो ।’ उनले संगीतको क्षेत्रमा दरिलो साथ दिएर डोहो¥याइरहेका किरण खतिवडालाई भुल्ने नसक्ने बताएका छन् ।

    बुबा देहप्रसाद तथा आमा चन्द्रकला ढुंगानाको कोखबाट कान्छा छोराका रुपमा जन्मिएका फडिन्द्रले जीवनमा आफूलाई चिनाउन यतिबेला ठूलो संघर्ष गरिरहेका छन् । सानै देखि गीत संगीतमा रुचि राख्ने उनी यतिबेला त्यहि गीत संगीतमा करियर खोजिरहेका छन् । ¥यापर र गीत लेखनमा लागेका उनी आफूलाई सफल ¥यापर र गीतकारका रुपमा चिनाउन दिनरात मेहनत गरिरहेको बताउँछन् । उनले दर्जनौ ¥याप गीत लेखिसकेका छन् । उनी लेख्नमा जति माहिर छन् गाउनमा पनि त्यतिनै सिपालु पनि छन् । उनका विभिन्न ¥याप गीतहरु युट्युवमा पाउन सकिन्छ । हरेक ¥याप गीतमा जीवनको यथार्थ भोगाइलाई दुरुस्तै उतार्न सिपालु फडेन्द्र आफूलाई निखार्न लागिपरेका छन् ।

    जीवन संघर्ष हो भन्ने कुरा राम्ररी बुझेका उनले संघर्षबाट आफू अलिकति पनि बिचलित नहुने बताउँछन् । ‘संघर्षले नै जीवनमा सफलता मिल्छ ।’ उनी भन्छन् ‘ कुनै दिन पाउने सफलतालाई मनमस्ष्तिकमा राखेर मेहनत गरिरहेको छु ।’ आफू संगीतप्रति समर्पित भएको बताउने उनले पारिवारिक दुःखलाई पनि त्यहि संगीतका माध्यमबाट भुलाइरहेको पीडा सुनाए । संगीतमा कुनै दिन सफल व्यक्तिका रुपमा चिनिएर त्यहि सफलता आमा र परिवारलाई दिन आफु मेहनत गरिरहेको बताउँछन् फडेन्द्र ।

    १३५ पटक
    प्रतिकृया दिनुहोस्