BizPati

  • Janata Bank

  • आज : २०७५ माघ ७ गते
    Headlines :

    अमेरिकामा रहेकी शकुन ज्ञवालीको ‘भन्दिनु है बा’ नेपालमा विमोचित

    संसार न्यूज संवाददातापौष १७, २०७५

    १७ पुस । अमेरिकी प्रवासमा रहेर पनि नेपाली साहित्य सृजनामा क्रियाशील कवि शकुन ज्ञवालीको पछिल्लो कवितासंग्रह ‘भन्दिनु है बा’ अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) बागमती समितिको आयोजनामा गत डिसेम्बर मा नेपाल प्रज्ञा प्रतिष्ठानमा एक भव्य समारोहका बीच विमोचन भएको छ ।

    नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति एवम् सो विमोचन कार्यक्रमका प्रमुख अतिथि गंगाप्रसाद उप्रेतीले पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रम शुभारम्भ गर्नुका साथै विमोचित कृतिका बारेमा बोल्ने क्रममा उनले कवि शकुन ज्ञवालीले विदेशमा रहँदा आफ्नो विवशता र व्यस्तताबाट श्रृजित अनुभव र अनुभूतिलाई कवितामा अभिव्यक्त गर्न सफल हुनुभएको मन्तव्य प्रकट गरे । उक्त कविता सङ्ग्रहको बारेमा साहित्यकार दामोदर पुडासैनी र नेपाल श्रष्टा समाजका अध्यक्ष विधान आचार्यले समालोचना गरेका थिए । त्यसैगरी प्राध्यापक डा खगेन्द्रप्रसाद लुइँटेल र अनेसासका केन्द्रिय अध्यक्ष राधेश्याम लेकालीले कवि शकुन ज्ञवालीको कवितामाथि समालोचना सहित शुभकामना मन्तव्य प्रकट गरे ।

    मन्तव्यको क्रममा उनले नेपालभित्र अनेसासको विभिन्न अञ्चल समितिहरू सक्रिय रहेको र अब निकट भविष्यमा ती अञ्चल समितिहरूलाई सात वटा प्रदेशमा रुपान्तरण गर्ने जानकारी पनि गराउनु हुँदै अनेसासद्वारा एउटा प्रकाशनगृह स्थापना गर्ने कार्य भैरहेको जानकारी गराएका थिए।

    शुभकामना मन्तव्यको क्रममा नेपाल सरकारका शिक्षा सचिव मोहनकृष्ण सापकोटाले कवि शकुन ज्ञवाली आफ्नै भाई बुहारी भएको जानकारी गराउनुका साथै कवि ज्ञवालीको कविता लेखनको प्रशंसा गरे ।
    उक्त समारोहमा अनेसासका आजीवन सदस्यहरू उषा तिवारी, बुद्धि तिमिल्सिना र ललिता दोषलाई आजीवन सदस्यताको प्रमाण–पत्र वितरण गरिनुका साथै नेपाल प्रज्ञा प्रतिष्ठानका नवनिर्वाचित कुलपति गंगाप्रसाद उप्रेती, सदस्य प्राध्यापक दिनेशराज पन्त, प्राज्ञ डा। उषा ठाकुरलाई सम्मान गरिएको थियो ।

    अनेसास बागमती समितिका उपाध्यक्ष दिव्य गिरीको सभापतित्वमा सम्पन्न उक्त विमोचन समारोहमा कवि शकुन ज्ञवालीका भाई कमल ज्ञवाली सहित नेपाल प्रज्ञा प्रतिष्ठानकी भुपु सदस्य गीता केशरी, नेपाल श्रष्टा समाजका पूर्व अध्यक्ष पवन आलोक, सामाखुसी साहित्य समाजका सभापति भाग्यशाली अधिकारी, साहित्यकारहरू पुष्कर लोहनी, सरू सुवेदी, नरेन्द्रराज पौडेल, लव गाउँले, प्रकाश घायल, रंगकर्मी कलाकार हरिबहादुर थापा, नेपाल चलचित्र कलाकार संघका संस्थापक अध्यक्ष रविन्द्र खड्का, चलचित्रकर्मी रमेश के।सी।, गायक जुजुकाजी रन्जित लगायत करीव एकसय भन्दा बढी साहित्यकारहरूको भव्य उपस्थिति रहेको थियो ।

    घरवास (नेपाल) मा आफ्नो कृति विमोचन हुदै गर्दा प्रवासमा रहेकी कवि शकुन ज्ञवाली आफुसंग साना नानी भएको र अन्य कार्यब्यस्तताको कारण विमोचन कार्यक्रममा सहभागी हुन ‌सकेनन् भने बालाई सम्बोधन गरी लेखिएको पुस्तकको विमोचनमा कविका बा ७४ वर्षिय निशाकर ज्ञवाली पनि स्वास्थ्यको कारणले उपस्थित हुन सकेनन् ।

    ३९ वटा कविताहरु समेटिएको यो कृति शकुन ज्ञवालीको तेश्रो प्रकाशित पुस्तक हो । यसअघि उनका दुई कविता संग्रह क्रमशः ‘पालुवा र मंजरी’, तिमी र म’ न्यूयोर्कमा विमोचन भैसकेको छ ।

    रु २५१ मूल्य रहेको सो कविता संग्रह ‘भन्दिनु है बा’ को पहिलो प्रतिहरु विमोचनको बखत नै बिक्री भैसकेकोले अन्य पाठकहरुको निम्ति छिट्टै अर्को संस्करण प्रकाशित गरी बजारमा उपलब्ध गराईने भएको छ । सो विमोचन कार्यक्रम सुमन वर्षाले संचालन गरेकी थिइन् ।

    २३१ पटक
    प्रतिकृया दिनुहोस्