BizPati

  • Janata Bank

  • आज : २०७५ माघ ७ गते
    Headlines :

    टोपी

    संसार न्यूज संवाददातापौष १७, २०७५

    टोपी हो सब मर्द पुरुषको शोभा अनि सौरभ
    टोपी हो हिमशैल आश्रित सबै नेपालीको गौरव
    टोपी हो पहिचान शान जानको हिमालको भिरमा
    टोपी हो अभिमान मान जनको तराईको तिरमा ।।

    टोपी हो शिर ढाक्ने र बच्न जाडो अनि स्याँठमा
    टोपी हो शिर रक्षक पनि हुने हावाहुरी माथमा
    टोपीले पनि छेक्छ केही सहसा काँढा किला चोटमा
    टोपीले पनि थप्छ सुन्दर छटा हाँसो भए ओठमा ।।

    टोपीको महिमा छ गाउन सके स्वराष्ट्रको गौरव
    टोपीको महिमा छ लाउन सके सुस्वास्थय भै कौरब
    मान्छे सभ्य बनि हटाई शिरको टोपी मुडुलो बन्यो
    टोपीहिन पुरुषलाई जनले हे ! मुरकुट्टा भन्यो ।।

    टोपी लाउनुमा छ बन्धन कुनै मानेर लाऊ तिमी
    मर्दा पितृ त झिक्नु पर्छ शिरको टोपी र फटा तिमी
    पुजामा किन झिक्नु टोपी शिरको टोपी जसै शुद्ध छ
    टोपीको महिमा र सार सरिता बुझि नसक्नुको छ ।।

    टोपीको इतिहास गम्भ गहिरो छ रङ्गऔ नापले
    कालैले अनि नामले पनि छ यो बनोटमा छापले
    यसमा भिन्न पनि छ है प्रयोगले जाडो अनि गर्मीको
    आफै टोपी खुल्यो सुशोभित बन्यो शिरमाबसी कर्मीको ।।

    टोपी ताज बनि रहन्छ शिरमा हाँस्तै सगर्मा पनि
    जसको माथि अनत गगन छन् को छुन सक्ला कुन्नि
    उँचोको प्रतिमान मान गरिमा चोखो शिरमै बसे
    नेपाली हुनुमा छ गौरब भने टोपी लगाउ सखे ।।
    ३० डिसेम्बर २०१८, पेरिस ।

    १३४ पटक
    प्रतिकृया दिनुहोस्